Skip to main content

नयाँ तृष्णा

अन्तर्राष्ट्रिय

नेपाल–भारत क्रस बोर्डर समन्वय बैठक सम्पन्न

नेपाल–भारत क्रस बोर्डर समन्वय बैठक सम्पन्न

काँकरभिट्टा । नव अभियान नेपाल शाखा कार्यालय काँकरभिट्टाको आयोजनामा नेपाल–भारत क्रस बोर्डर कोर्डिनेशन मिटिङ सम्पन्न भएको छ। कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक सबिना श्रेष्ठको अध्यक्षता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी निशेष चापागाई रहेका थिए भने विशिष्ट अतिथिका रूपमा मेचीनगर वडा नं. ६ का अध्यक्ष ललित बहादुर तामाङ तथा कञ्चनजंघा उद्धार केन्द्र, सिलगुरीका प्रभात पाठकको उपस्थिति रहेको थियो। त्यस्तै अतिथिहरूमा सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायव निरीक्षक भरत धमला, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रहरी नायव निरीक्षक मिलन कुमारी राई, कञ्चनजंघा उद्धार केन्द्रका रंगु शौरिया, राजु नेपाली तथा तेजकुमार थापाले आफ्ना धारणा राखेका थिए। कार्यक्रममा…
Read More
मालीमा विद्रोहीको भीषण हमला: आत्मघाती ट्रक बम विस्फोटमा रक्षामन्त्रीको मृत्यु

मालीमा विद्रोहीको भीषण हमला: आत्मघाती ट्रक बम विस्फोटमा रक्षामन्त्रीको मृत्यु

काठमाडौं । पश्चिम अफ्रिकी देश मालीमा विद्रोही समूहले गरेको भीषण आत्मघाती हमलापछि देशको सुरक्षा अवस्था झनै तनावपूर्ण बनेको छ। पछिल्लो अपडेट अनुसार राजधानी नजिकै सैन्य मुख्यालय लक्षित गरी ट्रक बम विस्फोट गराइएको थियो, जसमा मालीका रक्षामन्त्रीको मृत्यु भएको पुष्टि गरिएको छ। स्थानीय सुरक्षा अधिकारीहरूका अनुसार विस्फोट अत्यन्त शक्तिशाली थियो, जसले भवनका संरचनामा ठूलो क्षति पुर्‍याउनुका साथै दर्जनौं सैनिक घाइते भएका छन्। केही घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतक संख्या अझ बढ्न सक्ने आशंका गरिएको छ। प्रारम्भिक अनुसन्धानले घटनामा इस्लामिक उग्रवादी समूहहरूको संलग्नता हुन सक्ने संकेत गरेको छ। मालीमा पछिल्ला वर्षहरूमा यस्ता समूहहरूको गतिविधि बढ्दै गएको छ, विशेष गरी उत्तरी र मध्य…
Read More
भारतको तमिलनाडुस्थित पटाका फ्याक्ट्रीमा विस्फोट, २३ जनाको मृत्यु

भारतको तमिलनाडुस्थित पटाका फ्याक्ट्रीमा विस्फोट, २३ जनाको मृत्यु

एजेन्सी , काठमाडौँ । भारतको तमिलनाडु प्रदेशस्थित विरुधुनगर जिल्लाको एक पटाका फ्याक्ट्रीमा भएको विस्फोटमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ । घटनामा अन्य ६ जना घाइते भएका छन्, उनीहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । पटाका फ्याक्ट्री विरुधुनगर जिल्लाको वाचक्करपट्टी प्रहरी थाना अन्तर्गत पर्ने कट्टानारपट्टी इलाकामा रहेको छ । ५० भन्दा बढी कोठाहरू रहेको यस फ्याक्ट्रीमा १०० भन्दा बढी कामदार कार्यरत थिए । आइतबार दिउँसो फ्याक्ट्रीको अगाडिको बरन्डामा अचानक विस्फोट भएको थियो, जसको चपेटमा त्यहाँ काम गरिरहेका मजदुरहरू परेका थिए । जिल्ला अग्नि नियन्त्रण अधिकारी गणेशले बीबीसी तमिललाई बताएअनुसार, दुर्घटनापछि पनि पटाकाहरू निरन्तर पड्किरहेकाले उद्धार कार्यमा कठिनाइ उत्पन्न…
Read More
हराएका बालक रोहन थारुको सुरक्षित उद्धार, भारतबाट नेपाल ल्याई परिवारसँग पुनर्मिलन

हराएका बालक रोहन थारुको सुरक्षित उद्धार, भारतबाट नेपाल ल्याई परिवारसँग पुनर्मिलन

१९ चैत्र २०८२, बिहीबार, मेचीनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर निवासी १६ वर्षीय सोहन उर्फ रोहन थारु हराएपछि भारतमा फेला परेका थिए। उनलाई भारतको कोलकातास्थित “सिनी कलकत्ता होम”मा संरक्षणमा राखि काँकरभिट्टामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा खटिएका संस्था नव अभियान नेपालको समन्वयमा उनको पहिचान र उद्धार प्रक्रिया अगाडि बढाइएको थियो। बालकको उद्धारका लागि नव अभियान नेपाल र कोलकातास्थित नेपाली दूतावासले संयुक्त पहल गर्दै उनलाई सुरक्षित रूपमा नेपाल ल्याएका हुन्। काँकरभिट्टा नाकामार्फत नेपाल भित्र्याइएका रोहनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याई आवश्यक कानुनी प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाइएको छ। बुबा सन्तोष थारुका छोरा रोहन सुरक्षित रूपमा घर फर्किएपछि परिवारमा खुशी छाएको छ।…
Read More
इरान र अमेरिकाबिच महत्त्वपूर्ण सहमति भएको दाबी, इरान आणविक कार्यक्रम त्याग्न तयार भएको हो ?

इरान र अमेरिकाबिच महत्त्वपूर्ण सहमति भएको दाबी, इरान आणविक कार्यक्रम त्याग्न तयार भएको हो ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबिच धेरै मुख्य बुँदाहरूमा सहमति जुटेको दाबी गरेका छन्। वेस्ट पाम बिचमा सोमबार एयरफोर्स वान विमान चढ्नुअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले इरानसँगको वार्ता धेरै राम्रो भएको दुवै पक्ष सम्झौताको नजिक पुगेको बताएका हुन् । राष्ट्रपति ट्रम्पले इरानले शान्तिका बदलामा आफ्नो आणविक हतियार कार्यक्रम त्याग्न तयार रहेको सङ्केत दिएको दाबी गरे। उनले भने, ’हामीबिच महत्त्वपूर्ण सहमति भएको छ । म त भन्छु लगभग सबै बुँदामा सहमति जुटेको छ। इरान सम्झौता गर्न निकै उत्सुक छ र हामी पनि तयार छौँ।’ ट्रम्पले यो सम्झौताको मुख्य सर्त नै अब युद्ध नहुने र इरानले आणविक हतियार राख्न…
Read More
इरानका सर्वोच्च नेता     खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा

इरानका सर्वोच्च नेता  खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा

काठमाडौँ, १७ फागुन  – इरानका सर्वोच्च नेता अली खामेनीको मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ। उनको निधनमा ४० दिन राष्ट्रिय शोक घोषणा गरिएको जनाइएको छ। यसअघि अमेरिकी राष्ट्रपतिले आफ्नै सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत खामेनी मारिएको दाबी गरेका थिए। तर त्यतिबेला इरानबाट औपचारिक पुष्टि भएको थिएन। इरानका विदेशमन्त्री अब्बास अराघचीले एनबीसी समाचार सँगको कुराकानीमा सर्वोच्च नेता सुरक्षित र स्वस्थ रहेको बताएका थिए। तर पछि इरान राज्य टेलिभिजनका एक प्रस्तोताले भावुक हुँदै खामेनीको निधन भएको र ४० दिन शोक मनाइने घोषणा गरेको जानकारी दिएको BBCले जनाएको छ। यसैबीच अलजजिराका  अनुसार इरानको फार्स न्युज एजेन्सीले पनि खामेनी शनिबार बिहान सबेरै मारिएको जनाएको छ। समाचारमा उनी…
Read More
इरानले भन्यो- छात्राहरूको विद्यालयमा भएको आक्रमणमा मृत्यु हुनेको संख्या ५३ पुग्यो

इरानले भन्यो- छात्राहरूको विद्यालयमा भएको आक्रमणमा मृत्यु हुनेको संख्या ५३ पुग्यो

१६ फाल्गुन २०८२, शनिबार. काठमाडौं । इरानको सरकारी समाचार एजेन्सी ‘इस्लामिक रिपब्लिक न्युज एजेन्सी’ (आईआरएनए) का अनुसार, एउटा छात्राहरूको विद्यालयमा भएको आक्रमणमा मृत्यु हुनेको संख्या ५३ पुगेको छ । एजेन्सीले देशको शिक्षा मन्त्रालयका एक प्रवक्तालाई उद्धृत गर्दै यो जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ । यसअघि एजेन्सीले यो आक्रमण इरानको दक्षिणी होर्मोज्गान प्रान्तको मिनाब काउन्टीमा रहेको छात्राहरूको एउटा प्राथमिक विद्यालयमा भएको बताएको थियो । शिक्षा मन्त्रालयका प्रवक्ताले एजेन्सीलाई बताएअनुसार शनिबार उक्त विद्यालयमा ‘तीनवटा क्षेप्यास्त्र आक्रमण’ भएका थिए । यस आक्रमणमा ६३ जना घाइते भएको पनि उनले बताए । अहिले अन्य सम्भावित पीडितहरूको खोजी गर्न विद्यालयबाट भग्नावशेष हटाउने काम भइरहेको प्रवक्ताले…
Read More
१० वर्षभित्र चन्द्रमामा ‘सेल्फ ग्रोइङ सिटी’ बनाउने एलन मस्कको घोषणा, मंगलभन्दा अघि चन्द्रमा प्राथमिकतामा

१० वर्षभित्र चन्द्रमामा ‘सेल्फ ग्रोइङ सिटी’ बनाउने एलन मस्कको घोषणा, मंगलभन्दा अघि चन्द्रमा प्राथमिकतामा

झापा । विश्वका सबैभन्दा धनी व्यक्ति तथा स्पेसएक्सका संस्थापक एलन मस्कले मंगल ग्रहभन्दा अघि चन्द्रमामा मानव बस्ती बसाल्ने योजना सार्वजनिक गरेका छन्। आगामी १० वर्षभित्र चन्द्रमामा आफैँ विस्तार हुँदै जाने ‘सेल्फ ग्रोइङ सिटी’ स्थापना गर्ने लक्ष्य राखिएको मस्कले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत जानकारी दिएका हुन्। मस्कका अनुसार स्पेसएक्सको दीर्घकालीन उद्देश्य मानव जीवनलाई पृथ्वीबाहिर विस्तार गर्नु हो। तर रणनीतिक र प्राविधिक कारणले मंगलभन्दा चन्द्रमालाई पहिलो प्राथमिकतामा राखिएको उनले उल्लेख गरेका छन्। उनका अनुसार चन्द्रमामा पुग्न केवल दुई दिन लाग्छ र हरेक १० दिनमा प्रक्षेपण सम्भव हुन्छ। मंगल ग्रहका लागि भने प्रक्षेपणको अवसर हरेक २६ महिनामा एक पटक मात्र मिल्ने र…
Read More
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको मृत्यु

विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको मृत्यु

१४ माघ २०८२, बुधबार, काठमाडौं । भारतमा बुधबार बिहान भएको विमान दुर्घटनामा भारतको महाराष्ट्र राज्यका उपमुख्यमन्त्री तथा भारतीय राष्ट्रिय कांग्रेस पार्टी (एनसीपी) का प्रमुख अजित पवारको मृत्यु भएको छ । महाराष्ट्रको बारमतीमा ल्यान्ड गर्ने क्रममा एक चार्टर्ड विमान दुर्घटनामा परेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतीय डाइरेक्टरेट जनरल अफ सिभिल एभिएसन (डीजीसीए) ले सो विमानमा रहेका पाँचै जनाको मृत्यु भएको जनाएको भारतीय सञ्चार माध्यम द हिन्दुलगायतले जनाएका छन् । समाचारअनुसार विमान बिहान नेपाली समयअनुसार ९ बजे दुघर्टनामा परेको हो । विमान पूरै जलेको जनाइएको छ । दुर्घटनाको कारणबारे भने केही खुलाइएको छैन ।
Read More
भद्रपुरलाई २–० ले हराउँदै तराई प्रेस क्लब दार्जिलिङले उपाधि कब्जा

भद्रपुरलाई २–० ले हराउँदै तराई प्रेस क्लब दार्जिलिङले उपाधि कब्जा

मेचीनगर, झापा । मेचीनगर प्रेस क्लबद्वारा आयोजना गरिएको इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप–२०८२ को उपाधि तराई प्रेस क्लब दार्जिलिङले जितेको छ । सोमबार सम्पन्न फाइनलमा दार्जिलिङले भद्रपुर प्रेस क्लबलाई २–० को अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो। पहिलो हाफ गोलरहित रहे पनि दोस्रो हाफ सुरु भएको दुई मिनेटमै दार्जिलिङका प्रवेश भुजेलले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि ४४ औँ मिनेटमा दावा लामाले दोस्रो गोल थपेपछि विजय दार्जिलिङतर्फ उन्मुख बन्यो। विजेता दार्जिलिङले उपाधिसहित ५० हजार रुपैयाँ नगद र सिल्ड प्राप्त गर्‍यो भने उपविजेता भद्रपुरले २५ हजार रुपैयाँ र ट्रफि हात पारेको छ । अन्तिम गोलकर्ता दावा लामा फाइनल खेलको…
Read More