हिमालको काखमा अवस्थित सुरम्य गाउँहरूमा असोजको शीतसँगै उल्लासको बास्ना छाउनुपर्ने थियो। पाखा-पखेरामा फुलेका सयपत्री, घर-घरमा ठडिने लिङ्गे पिङ र परदेशिएका पाइलाहरू गाउँ फर्किँदा छाउने खुसीले पहाडका बस्तीहरू गुञ्जयमान हुनुपर्ने समय हो यो। तर, यसपालि रसुवाका थुप्रै बस्तीहरूमा उल्लास होइन, केवल मृत्युतुल्य नीरव सन्नाटा र कहालीलाग्दो शोक व्याप्त छ। एकैछिनको भीषण बाढी र पहिरोले आँखै अगाडिको घरबार, लहलहाउँदा खेतबारी र पुस्तौंदेखिको चिनारी मात्र बगाएन— कैयौँको सिङ्गो संसार र खुसीका आधारहरू समेत सदाका लागि खोसेर लग्यो। चाडपर्वले प्रायः पुराना घाउहरू भुलाएर खुसी साट्ने अवसर ल्याउँछ। तर, सर्वस्व गुमाएका पीडितहरूका लागि भने यो दशैं उत्सव होइन, एउटा गहिरो र कारुणिक दशा बनेर आएको…
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ७ काली खोला सुर्के झोलुंगे पुल नजिक मदन भण्डारी लोकमार्गमा दिउँसो ३.३० बजे भएको सवारी दूर्घटनामा एक जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार त्रियुगा न.पा. वडा नं ७ कालीखोला सुर्के स्थित मदनभण्डारी लोकमार्गमा काठमाण्डौबाट धरान तर्फ आउँदै गरेको बा.प्र—.०१—००६ ख ८५२२ नम्बरको ओखलढुंगे बस आफै अनियन्त्रित भई रोडको साइडमा पल्टेका थियो । दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १५ जना घाईते भएका छन् । जिल्ला उदयपुर चौदण्डीगढी नंपां वडा न ४ बसाहा बस्ने वर्ष १८ की सोनु बसेल गम्भीर घाईते भई उपचारको…
काठमाडौं। अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीका लागि स्थानीय समयअनुसार विजया दशमी–२०८३ को टीका लगाउने शुभसाइत सार्वजनिक गरेको छ । समितिको २०८३ असोज २० गते बसेको बैठकको निर्णयअनुसार नेपालसहित विभिन्न देशका प्रमुख शहरमा स्थानीय मानअनुसार टीकाको साइत निर्धारण गरिएको हो । समितिका अनुसार काठमाडौंमा कात्तिक ४ गते बिहान १०ः२६ बजे विजयादशमीको टीका लगाउने शुभसाइत रहेको छ । भारतको दिल्लीमा बिहान ९ः११ बजे, भुटानको थिम्पुमा १०ः१४ बजे, अमेरिकाको न्युयोर्कमा १०ः११ बजे, फ्र्याङ्कफर्टमा १०ः४७ बजे, भ्यानकुभरमा ११ः४५ बजे, टेक्सासमा १०ः२७ बजे, वासिङ्टन डिसीमा १०ः२१ बजे, क्यालिफोर्नियामा ९ः५१ बजे र क्यानडाको टोरोन्टोमा १०ः४१ बजे टीका लगाउने शुभसाइत तोकिएको छ…
काठमाडौं । पशुपतिनाथ मन्दिरको धार्मिक परम्परा तथा प्रवेश व्यवस्थाको उल्लङ्घन भएको भन्दै विश्व हिन्दु परिषद् नेपालअन्तर्गत रहेको मठ–मन्दिर, अर्चक, पुरोहित विभागले आपत्ति जनाएको छ। विभागका राष्ट्रिय प्रमुख दीपक आचार्यले प्रेस विज्ञप्ति जारी गर्दै पशुपतिनाथ मन्दिरको धार्मिक मर्यादा, परम्परा तथा प्रवेश व्यवस्थाको संरक्षणमा सम्बन्धित निकाय गम्भीर हुनुपर्ने बताएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा मुस्लिम समुदायका केही व्यक्तिहरू पशुपतिनाथ मन्दिरमा प्रवेश गरेको देखिएको उल्लेख गर्दै विभागले उक्त घटनालाई गम्भीर विषयका रूपमा लिएको जनाएको छ। धार्मिक आस्था र परम्परासँग जोडिएको संवेदनशील स्थलमा प्रचलित नियमलाई चुनौती दिने गरी प्रवेश गर्नु तथा त्यससम्बन्धी भिडियो सार्वजनिक गर्नु उचित नभएको विज्ञप्तिमा उल्लेख छ। विश्व हिन्दु…
हाेमराज राई,आज फेरि रातलेमेरो ढोका ढकढक्यायो,मैले सोधेँ.....“के लिएर आयौ ?”उसले बिस्तारै भन्यो—“तिमीले दिनभरि लुकाएकाकेही अधुरा भावनाहरू।” म चुप लागेँ। किनकि केही पीडाहरूसुनाउनका लागि हुँदैनन्,केही आँसुहरूदेखाउनका लागि झर्दैनन्।ती त मनभित्रै बगिरहन्छन्,नदीजस्तै,जसको किनारआफू स्वयं बन्नुपर्छ। समयसँग धेरै कुरा मागेको थिएँ,उसले अनुभव दियो।मान्छेसँग अपनत्व खोजेको थिएँ,कतिले सम्झना दिए,कतिले घाउ। अनि थाहा पाएँ..हरेक हात समाउने मान्छेयात्राभरि साथ दिन आउँदैन रहेछ,कोही त केवलजीवनको एउटा मोडसम्म आएरहिँड्न सिकाउन आउँदा रहेछन्। अब छुटेकाहरूसँग गुनासो छैन,न त टाढिएकाहरूसँग प्रश्न। किनकि रूखले पनिहरेक शरदमा पात गुमाउँछ,तर वसन्त आउने विश्वासमाआफ्नो जरा कहिल्यै छोड्दैन। म पनि त्यही रूख हुँ... केही सपना झरेका छन्,केही सम्बन्ध छुटेका छन्,केही विश्वास टुटेका छन्,तर जरा अझै…
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधनप्रति जेनजी नेतृत्व तहका युवाहरूले सकारात्मक प्रतिक्रिया जनाएका छन्। उनीहरूले नेपालको राष्ट्रिय हित, जलवायु न्याय, विपद् तथा विश्वव्यापी शासन प्रणालीका विरोधाभासलाई अन्तर्राष्ट्रिय मञ्चमा स्पष्ट रूपमा उठाइएको भन्दै अब त्यसलाई व्यवहारमा रूपान्तरण गर्नुपर्ने बताएका छन्। जेनजी नेता रवि किरण हमालले प्रधानमन्त्रीका रूपमा संयुक्त राष्ट्रसंघको महासभामा उठाउनुपर्ने विषयवस्तुहरू सम्बोधनमा समेटिएको भन्दै प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन्। “विश्वको सबैभन्दा कान्छो सरकार प्रमुखको रूपमा नेपालको प्रतिनिधित्व गर्नु युवाहरूका लागि सुखद र आनन्ददायक कुरा हो,” हमालले भनेका छन्। उनले नेपालले विश्वमञ्चमा उठाएका मुद्दालाई अब ठोस कूटनीति, संस्थागत सुधार, आर्थिक विकास र राष्ट्रिय क्षमतामा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन्। “कुरा राखियो, सकियो भन्ने होइन। अब बल्ल काम सुरु भएको छ। यो सुरुवात मात्रै हो। हामी परिणाम पर्खिरहेका छौँ,” हमालले भनेका छन्। त्यस्तै, जेनजी नेता मिराज ढुङ्गानाले प्रधानमन्त्री विदेश जाँदा देशको प्रतिनिधित्व गर्ने भएकाले विदेशमा रहँदा आफूहरूको शुभकामना रहने बताएका छन्। उनले भाषणको शैलीभन्दा त्यसमा उठाइएका विषयवस्तु महत्वपूर्ण रहेको उल्लेख गरेका छन्। ढुङ्गानाका अनुसार प्रधानमन्त्रीले नेपालको विपद्को मर्म र देशको वर्तमान अवस्थालाई गहिराइका साथ अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरेका छन्। “घरमा आलोचना गरौँला, प्रश्न पनि गरौँला, तर घरमा मात्र गरौँला, बाहिर नगरौँला। हाम्रो देशको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री विदेश जानुहुँदा हृदयदेखि नै शुभकामना रहन्छ,” ढुङ्गानाले भनेका छन्। जेनजी नेतृ तनुजा पाण्डेले प्रधानमन्त्री शाहले राष्ट्रिय हित र राष्ट्रिय स्वाभिमानलाई प्राथमिकतामा राख्दै नेपालको वास्तविक भावना र आवाज अन्तर्राष्ट्रिय मञ्चमा जोडदार रूपमा प्रस्तुत गरेको बताएकी छन्। उनले जलवायु न्यायको साझा यात्रालाई निष्कर्षमा पुर्याउन निरन्तर अन्तर्राष्ट्रिय संवाद आवश्यक रहेको उल्लेख गर्दै नेपालले आफ्ना आन्तरिक नीति, योजना र कार्यहरूलाई समेत सोहीअनुरूप सशक्त बनाउनुपर्ने बताएकी छन्। यसैबीच, अर्का जेनजी नेता माजिद अन्सारीलेशाहको सम्बोधन स्पष्ट, संयमित र सन्तुलित रहेको टिप्पणी गरेका छन्। उनका अनुसार प्रधानमन्त्रीले विश्वव्यापी शासन प्रणालीमा रहेको विरोधाभासलाई निकै विनम्र भाषामा सूक्ष्म ढंगले उजागर गरेका थिए। विशेषगरी जलवायु सुरक्षाको विषयलाई बेवास्ता गरेर गरिने विश्वव्यापी सुरक्षाको दाबीमा रहेको दोहोरोपनलाई प्रधानमन्त्रीले प्रभावकारी रूपमा प्रस्तुत गरेको उनको भनाइ छ। “जलवायु सुरक्षाको विषयमा छलफल नगरी गरिने विश्वव्यापी सुरक्षाको दाबीमा रहेको दोहोरोपनलाई मिठो शैलीमा उदांगो पार्नुभयो। उत्कृष्ट कार्य, सम्माननीय प्रधानमन्त्रीज्यू,” उनले भनेका छन्। जेनजी नेताहरूका प्रतिक्रियामा समग्रमा प्रधानमन्त्रीको अन्तर्राष्ट्रिय सम्बोधनलाई सकारात्मक रूपमा लिँदै अब सम्बोधनमा उठाइएका विषयलाई कूटनीतिक पहल, राष्ट्रिय नीति, संस्थागत सुधार र ठोस परिणाममा रूपान्तरण गर्नुपर्ने साझा धारणा देखिएको छ। उनीहरूले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाज प्रस्तुत हुनु महत्वपूर्ण भए पनि त्यसको वास्तविक मूल्यांकन अब त्यसपछि सरकारले गर्ने काम र प्राप्त हुने परिणामबाट हुने बताएका छन्।
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाइ कारवाही गर्ने भएको छ । शिक्षक राजनीतिक गतिविधिमा लागेके विषय सामाजिक सन्जालबाट हाहिरिएपछि शिक्षामन्त्री सस्मित पोखरेलले कुनैपनि राजनीतिक गतिविधिमा संलग्न हुने शिक्षकलाई कारवाही गर्न निर्देशन दिनुभएको हो । साथै उहॉले देशभरका विद्यालयमा शिक्षकको राजनीतिक गतिविधिलाइ निगरानी गर्न पनि निर्देशन दिनुभयो । यसैबिच शिक्षा विकास तथा समन्वय एकाइ, बैतडीले जिल्लाका विद्यालयमा कार्यरत शिक्षकहरूको राजनीतिक दलका कार्यक्रममा सहभागिताबारे निगरानी गर्न स्थानीय तहहरूलाई निर्देशन दिएको छ। एकाइले जिल्लाका १० वटै स्थानीय तहलाई पत्राचार गर्दै सामाजिक सञ्जालमा सार्वजनिक भएका समाचार तथा सूचनाअनुसार केही विद्यालयका शिक्षकहरू विभिन्न राजनीतिक दलका कार्यक्रममा सहभागी भएको पाइएको जनाएको छ।पत्रमार्फत…
विराटनगर । सुनसरी प्रहरीले एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको शंकास्पद हुण्डी कारोबारको अनुसन्धान अघि बढाउँदै विराटनगरका दुई जनालाई पक्राउ गरेको छ । बैंकिङ कारोबारको विश्लेषणका क्रममा ठूलो रकम हुण्डीमार्फत कारोबार भएको देखिएपछि उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले बताए । उनका अनुसार केही व्यक्तिले हुण्डी कारोबार गर्दै आएको विशेष सूचनाका आधारमा शंकास्पद व्यक्तिहरुको बैंकिङ कारोबारमाथि निगरानी र विश्लेषण सुरु गरिएको थियो । त्यसक्रममा व्यक्तिगत तथा विभिन्न फर्मका नाममा रहेका बैंक खातामार्फत अन्य व्यक्तिसँगको मिलेमतोमा ठूलो परिमाणमा रकम कारोबार भएको देखिएको दाबी प्रहरीको छ । प्रहरीले हालसम्मको अनुसन्धानबाट एक अर्ब ५७ करोड ६४ लाख…
काठमाडौं । प्रधानमन्त्री राहत कोषमा १ हजार रुपैयाँ भुक्तानी गरेका एक ग्राहकले करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत १ लाख रुपैयाँ प्राप्त गरेका छन् । आन्तरिक राजस्व विभागले आज करदाता प्रोत्साहन कार्यक्रमको भदौ महिनाका विजेता घोषणा गरेको छ । सो क्रममा प्रधानमन्त्री राहत कोषमा एक हजार रुपैयाँ दिएका ग्राहकलाई १ लाख रुपैयाँ उपहार परेको हो । उनको कुपन नम्बर ०४२६१८४७७६२० रहेको छ । सरकारले हरेक १५/१५ दिनमा घोषणा गर्नुपर्ने यो कार्यक्रमको विजेता यस पटक मासिक रुपमा घोषणा गरिएको हो । १० भदौको बाढीका कारण १६ भदौको कार्यक्रम धकेलिएको थियो ।
१९ भाद्र २०८३, शुक्रबार, काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म एक हजार २९३ जनाको शव फेला परेको छ । केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार रसुवामा १४०, नुवाकोटमा १८६, धादिङमा ६५, चितवनमा ३५९, गोरखामा ७२, तनहुँमा ३८, नवलपरासीपूर्वमा २२१ र नवलपरासीपश्चिममा १९४ र भारतमा भेटिएको (नवलपरासी पश्चिममा बुझाएको) १८ गरी एक हजार २९३ शव फेलापरेको हो । घाइते भएकामध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ । जसमध्ये एक जनाको टिचिङ अस्पताल र एक जनाको राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो । फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमूना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म २२२…