Skip to main content

नयाँ तृष्णा

कोशी प्रदेश

एक अर्ब ५७ करोड बढीको हुण्डी कारोबार आशंका, विराटनगरका दुई जना पक्राउ

एक अर्ब ५७ करोड बढीको हुण्डी कारोबार आशंका, विराटनगरका दुई जना पक्राउ

विराटनगर । सुनसरी प्रहरीले एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको शंकास्पद हुण्डी कारोबारको अनुसन्धान अघि बढाउँदै विराटनगरका दुई जनालाई पक्राउ गरेको छ । बैंकिङ कारोबारको विश्लेषणका क्रममा ठूलो रकम हुण्डीमार्फत कारोबार भएको देखिएपछि उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले बताए । उनका अनुसार केही व्यक्तिले हुण्डी कारोबार गर्दै आएको विशेष सूचनाका आधारमा शंकास्पद व्यक्तिहरुको बैंकिङ कारोबारमाथि निगरानी र विश्लेषण सुरु गरिएको थियो । त्यसक्रममा व्यक्तिगत तथा विभिन्न फर्मका नाममा रहेका बैंक खातामार्फत अन्य व्यक्तिसँगको मिलेमतोमा ठूलो परिमाणमा रकम कारोबार भएको देखिएको दाबी प्रहरीको छ । प्रहरीले हालसम्मको अनुसन्धानबाट एक अर्ब ५७ करोड ६४ लाख…
Read More
किरात राई यायोक्खा झापाको अध्यक्षमा गणेशबहादुर राई पुनः निर्वाचित

किरात राई यायोक्खा झापाको अध्यक्षमा गणेशबहादुर राई पुनः निर्वाचित

बिर्तामोड । किरात राई यायोक्खा झापाको नवौँ जिल्ला अधिवेशनबाट गणेशबहादुर राई पुनः अध्यक्षमा निर्वाचित हुनुभएको छ। अधिवेशनले राईको नेतृत्वमा १७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो। २०८३ भदौ २० गतेदेखि सुरु भई २१ गते सम्पन्न अधिवेशनले गणेश बा राईलाई पुनः अध्यक्षमा चयन गरेको हो। यसैगरी, यसअघि कार्यवाहक सचिवको जिम्मेवारी सम्हाल्दै आउनुभएका गौरिमान राई पुनः सचिवमा निर्वाचित हुनुभएको छ। अन्य पद तथा सदस्यहरूमा भने फेरबदल गरिएको जनाइएको छ। किरात राई यायोक्खा झापा जिल्ला कार्यसमितिको आयोजनामा तथा किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताचोको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो। बिर्तामोडस्थित आदर्श ब्याङ्क्वेटमा आयोजित कार्यक्रममा झापाका विभिन्न पालिकाबाट प्रतिनिधिहरूको सहभागिता रहेको…
Read More
काँकरभिट्टामा २०औँ मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस, जिल्लास्तरीय भेला हुँदै

काँकरभिट्टामा २०औँ मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस, जिल्लास्तरीय भेला हुँदै

काँकरभिट्टा, २०८३ भदौ १९ गते ।‘प्रविधिको सही प्रयोग : मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने नाराका साथ २०औँ मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय दिवसका अवसरमा झापाको काँकरभिट्टामा जिल्लास्तरीय कार्यक्रम तथा भेला आयोजना गरिने भएको छ। मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति, झापाको आयोजना तथा कारितास नेपाल प्रादेशिक कार्यालय दमकको संयोजनमा कार्यक्रम हुन लागेको हो। दिवसका अवसरमा भदौ २० गते बिहान ७ः३० बजे काँकरभिट्टामा प्रभातफेरी (र्‍याली) निकालिनेछ। विभिन्न सरकारी तथा गैरसरकारी संस्था, सुरक्षा निकाय, संघ–संस्था, स्थानीयवासी र सरोकारवालाको सहभागितामा र्‍याली गरिने आयोजकले जनाएको छ। प्रभातफेरीपछि काँकरभिट्टा खानेपानी सरसफाइ तथा उपभोक्ता संस्थाको सभा हलमा बिहान ८ बजेबाट जिल्लास्तरीय मूल कार्यक्रम सुरु…
Read More
गोप्रो क्यामेरासहित सीमामा सशस्त्र प्रहरीको निगरानी

गोप्रो क्यामेरासहित सीमामा सशस्त्र प्रहरीको निगरानी

१७ भाद्र २०८३, बुधबार, झापा । सशस्त्र प्रहरी बल, नेपालले झापाको सीमावर्ती क्षेत्रमा निगरानी तथा सूचना संकलनलाई थप प्रभावकारी बनाउन ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ। सशस्त्र प्रहरीका अनुसार गोप्रो क्यामेराको प्रयोगले सीमा क्षेत्रमा हुने गतिविधिको निगरानी, सूचना संकलन तथा कुनै घटना भएमा प्रमाण सुरक्षित राख्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। हाल झापास्थित सशस्त्र प्रहरी गणसँग रहेका दुई वटा गोप्रो क्यामेरा परिचालन गरिएको छ। विशेषगरी नेपाल–भारत सीमाको काकडभिट्टामा परिचालित बोर्डर इन्टरएक्सन टिम (बीआईटी) ले क्यामेराको प्रयोग गरिरहेको छ। सशस्त्र प्रहरीका अनुसार सीमा सुरक्षाका लागि बीआईटीमार्फत गोप्रो क्यामेरा प्रयोग गरिएको यो अभ्यास नेपालमै पहिलो हुनसक्ने बताइएको छ। झापामा सशस्त्र प्रहरी उपरीक्षक…
Read More
प्याब्सन जिल्ला स्तरीय अंग्रेजी हिज्जे प्रतियोगितामा ४७ विद्यालयलाई पछि पार्दै विराटनगरको एभरेष्ट प्रथम

प्याब्सन जिल्ला स्तरीय अंग्रेजी हिज्जे प्रतियोगितामा ४७ विद्यालयलाई पछि पार्दै विराटनगरको एभरेष्ट प्रथम

७ भाद्र २०८३, आईतवार, विराटनगर / विराटनगरस्थित एभरेष्ट स्कुलले प्याब्सन जिल्ला स्तरीय अंग्रेजी हिज्जे प्रतियोगिताको उपाधि जितेको छ । प्याब्सन मोरङद्वारा आज विराटनगरमा आयोजित फाइनल प्रतिस्पर्धामा ४७ विद्यालयलाई पछि पार्दै एभरेष्टले लगातार दोस्रो पटक उपाधि आफ्नो पोल्टामा पारेको हो । गत वर्ष पनि सोही प्रतियोगिताको विजेता बनेको एभरेष्टले यस पटक उपाधिसहित नगद १५ हजार रुपैयाँ र आकर्षक ट्रफी प्राप्त गरेको छ । प्रतियोगितामा विराटनगरकै दिल्ली पब्लिक स्कुल (डिपिएस) द्वितीय भएको छ । डिपिएसले नगद १० हजार रुपैयाँ प्राप्त गर्‍यो । त्यसैगरी, सुन्दरहरैंचाको बाल प्रतिभा स्कुल तृतीय घोषित हुँदै नगद ५ हजार रुपैयाँ प्राप्त गर्न सफल भयो । प्रतियोगितामा सुन्दरहरैंचाकै बालसदन…
Read More
विराटनगरमा शेरधनले बोलाए मुख्यमन्त्रीसहित प्रदेश सांसदहरूलाई छलफलमा

विराटनगरमा शेरधनले बोलाए मुख्यमन्त्रीसहित प्रदेश सांसदहरूलाई छलफलमा

विराटनगर । नेकपा एमालेका कोशी प्रदेश इन्चार्ज शेरधन राईले प्रदेशका सांसदहरुलाई छलफलमा बोलाएका छन्। सोमबार दिउँसो विराटनगरस्थित पार्टी कार्यालयमा मुख्यमन्त्री हिक्मत कार्की, संसदीय दल उपनेता तिलकुमार मेन्याङ्बो र प्रदेश अध्यक्ष घनश्याम खतिवडा सहितलाई छलफलमा बोलाएका हुन्। प्रदेश इन्चार्जले छलफलमा बोलाएपछि सांसदहरू विराटनगर पुगेका छन्। एमाले सचिवसमेत रहेका राई प्रदेश सरकारलाई लिएर पार्टी भित्रको विवाद समाधान गर्न अध्यक्ष ओलीको सन्देश लिएर कोशी पुगेका हुन्। एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच सहमति अनुसार कोशी प्रदेशको नेतृत्व एमालेले गर्ने भए पनि अध्यक्ष ओली हालका मुख्यमन्त्री हिक्मत कार्कीलाई हटाएर तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने कसरतमा छन्। तर कार्कीले भने मुख्यमन्त्रीबाट राजीनामा नदिने अडानमा छन्। यही…
Read More
सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

  काठमाडौं । सिन्धुलीस्थित मध्यपहाडी राजमार्गबाट सुकोशी नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा नाम नखुलेका कार चालक, कारमा सवार सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ का गणेश थापा र नाम नखुलेका एक जना हेल्पर छन् । फिक्कल गाउँपालिका–२ नवलपुरमा काठमाडौंबाट ओलखढुंगातर्फ जाँदै गरेको हेमबहादुर तामाङले चलाएको बा. प्र. ०८–००१ ख ०१४४ नम्बरको बसले उक्त खोटाङबाट खुर्कोटतर्फ आउँदै गरेको कारलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट कार नदीमा बसेको हो । कारको नम्बर खुलेको छैन ।
Read More
कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीकै निरन्तरता

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीकै निरन्तरता

  १४ साउन, काठमाडौं । नेकपा एमालेले कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई नै निरन्तरता दिने भएको छ । अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलबीच आज (बिहीबार) दिउँसो गुन्डुमा भएको छलफलले कार्कीलाई निरन्तरता दिने निर्णय गरेको हो । ‘राजनीतिक स्थायित्वमा असर पार्नेगरी निर्णय लिनु हुन्न भन्ने भयो,’ उच्च स्रोत भन्छ, ‘अब हिक्मत कार्कीकै नेतृत्वमा मन्त्रिपरिषद् पुनर्गठन हुन्छ ।’ संविधानको धारा १६८ (५) बमोजिम कार्की मुख्यमन्त्री नियुक्त भएकाले पनि उनैलाई निरन्तरता दिने सहमति जुटेको स्रोत बताउँछ । अध्यक्ष ओली कार्कीलाई हटाएर ताप्लेजुङबाट निर्वाचित सांसद तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन चाहन्थे । त्यसैअनुसार मेन्याङ्बोसँग ओलीले कुरा गरेका थिए ।…
Read More
विश्व मानव बेचबिखन विरुद्ध दिवस: नव अभियान नेपालको घरदैलो सचेतना कार्यक्रम

विश्व मानव बेचबिखन विरुद्ध दिवस: नव अभियान नेपालको घरदैलो सचेतना कार्यक्रम

  काँकरभिट्टा। विश्व मानव बेचबिखन विरुद्ध दिवसको अवसरमा नव अभियान नेपालले मेचीनगर नगरपालिका–७ स्थित सतीघट्टा चिया बगान क्षेत्रमा घरदैलो सचेतनामूलक अभियान सञ्चालन गरेको छ। "Trapped Behind the Scam" (ठगीको जालमा नफसौँ) भन्ने मूल सन्देशसहित आयोजित घरदैलो कार्यक्रममा स्थानीय समुदाय, चिया बगानका श्रमिक, महिला, युवा तथा सर्वसाधारणलाई मानव बेचबिखनका जोखिम, झुटा प्रलोभन, सुरक्षित वैदेशिक रोजगार तथा सुरक्षित आप्रवासनसम्बन्धी जानकारी प्रदान गरिएको थियो। अभियानका क्रममा नव अभियान नेपालका प्रतिनिधिहरूले घरदैलो गर्दै मानव बेचबिखन रोकथामसम्बन्धी पर्चा, पुस्तिका (ब्रोसर), जानकारीमूलक सामग्री (लिफलेट) तथा पोस्टर वितरण गरेका थिए। साथै, झुटा रोजगारीका प्रस्ताव, अनलाइन ठगी, सामाजिक सञ्जालमार्फत हुन सक्ने शोषण तथा शंकास्पद गतिविधिको जानकारी समयमै सम्बन्धित…
Read More
देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

  \ काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा अधिकांश क्षेत्रमा सामान्यदेखि पूर्ण बदली भएको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई तथा विभिन्न पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा भइरहेको छ। आज हिमाली र पहाडी क्षेत्रका केही स्थान तथा तराईका विभिन्न भागमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।
Read More