Skip to main content

नयाँ तृष्णा

एक अर्ब ५७ करोड बढीको हुण्डी कारोबार आशंका, विराटनगरका दुई जना पक्राउ

[adsforwp id="2511"]

विराटनगर । सुनसरी प्रहरीले एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको शंकास्पद हुण्डी कारोबारको अनुसन्धान अघि बढाउँदै विराटनगरका दुई जनालाई पक्राउ गरेको छ ।

बैंकिङ कारोबारको विश्लेषणका क्रममा ठूलो रकम हुण्डीमार्फत कारोबार भएको देखिएपछि उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले बताए । उनका अनुसार केही व्यक्तिले हुण्डी कारोबार गर्दै आएको विशेष सूचनाका आधारमा शंकास्पद व्यक्तिहरुको बैंकिङ कारोबारमाथि निगरानी र विश्लेषण सुरु गरिएको थियो ।

त्यसक्रममा व्यक्तिगत तथा विभिन्न फर्मका नाममा रहेका बैंक खातामार्फत अन्य व्यक्तिसँगको मिलेमतोमा ठूलो परिमाणमा रकम कारोबार भएको देखिएको दाबी प्रहरीको छ । प्रहरीले हालसम्मको अनुसन्धानबाट एक अर्ब ५७ करोड ६४ लाख ३९ हजार तीन सय ४० रुपैयाँ ८१ पैसा बराबरको रकम हुण्डीको माध्यमबाट कारोबार गरेको देखिएको जनाएको छ ।

बैंक खातामा देखिएको कारोबारको प्रकृति, रकमको प्रवाह तथा सम्बन्धित व्यक्तिहरुसँगको सम्पर्कका आधारमा प्रहरीले थप अनुसन्धान अघि बढाएको हो । डीएसपी खड्काका अनुसार पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१५ रानीका ५६ वर्षीय शम्भुप्रसाद साह र विराटनगर–१७ का ३५ वर्षीय सुरजप्रसाद साह रहेका छन् ।

प्रहरीले उनीहरुमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत हुण्डीसम्बन्धी कारोबार गर्न नहुने, संगठीत अपराध निवारण ऐन, २०७० तथा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाएको छ । सुनसरी जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले दुवै जनालाई बिहीबार पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर कारोबारमा संलग्न अन्य व्यक्ति, प्रयोग भएका बैंक खाता, रकमको स्रोत तथा गन्तव्य र हुण्डी कारोबारको सम्भावित सञ्जालका बारेमा थप अनुसन्धान अघि बढाइएको सुनसरी प्रहरी प्रमुख एसपी पुष्पराज मल्लले बताए । उनका अनुसार दुवै जनालाई विराटनगरबाट पक्राउ गरिएको हो ।

ठूलो रकम बैंकिङ प्रणालीबाट कारोबार भएको देखिए पनि त्यसलाई मात्र आधार बनाएर सम्बन्धित व्यक्ति दोषी प्रमाणित हुने अवस्था भने हुँदैन । अनुसन्धानबाट रकमको वास्तविक स्रोत, प्रयोजन र कारोबारको कानुनी प्रकृति खुलेपछि मात्र कसुर स्थापित हुने विषय अदालतको न्यायिक प्रक्रियासँग सम्बन्धित हुने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक अर्ब ५७ करोड बढीको हुण्डी कारोबार आशंका, विराटनगरका दुई जना पक्राउ

एक अर्ब ५७ करोड बढीको हुण्डी कारोबार आशंका, विराटनगरका दुई जना पक्राउ

विराटनगर । सुनसरी प्रहरीले एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको शंकास्पद हुण्डी कारोबारको अनुसन्धान अघि बढाउँदै विराटनगरका दुई जनाल...
आजदेखि चलनचल्तीमा आउँदै नयाँ डिजाइनको ५० रूपैयाँको नोट

आजदेखि चलनचल्तीमा आउँदै नयाँ डिजाइनको ५० रूपैयाँको नोट

काठमाडौं, नेपाल राष्ट्र बैंकले नयाँ विशेषता समेटिएको ५० रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याउने भएको छ। राष्ट्र बैंकले साव...
विश्वकर्मा पूजा ः धार्मिक आस्था, वैदिक इतिहास र यसको वास्तविक अर्थ

विश्वकर्मा पूजा ः धार्मिक आस्था, वैदिक इतिहास र यसको वास्तविक अर्थ

हरेक वर्ष सेप्टेम्बर महिनामा नेपाल तथा भारतका विभिन्न ठाउँमा विश्वकर्मा पूजा श्रद्धापूर्वक मनाइन्छ। विशेषगरी कारखाना, वर्कसप, ग्य...
प्रधानमन्त्री राहत कोषमा १ हजार भुक्तानी गर्दा १ लाख उपहार

प्रधानमन्त्री राहत कोषमा १ हजार भुक्तानी गर्दा १ लाख उपहार

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा १ हजार रुपैयाँ भुक्तानी गरेका एक ग्राहकले करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत १ लाख रुपै...