झापा । मंगलबार बिहान ७ बजेर १७ मिनेटको समयमा झापासहित पूर्वी नेपालका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ।
काठमाडौंमा समेत धक्का महसुस भएको भूकम्पको केन्द्रविन्दु कोशी प्रदेशको लेलेपबाट करिब ९ किलोमिटर टाढा रहेको गुगलको विवरणमा देखिएको छ।
भूकम्पको तीव्रता, केन्द्रविन्दु र क्षतिबारे भने अहिलेसम्म आधिकारिक विवरण सार्वजनिक भएको छैन।