Skip to main content

नयाँ तृष्णा

नयाँ तृष्णा

नयाँ तृष्णा

909 Posts
प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुने प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। महासभामा प्रधानमन्त्री शाहले नेपालमा हालै आएको भोटेकोशीको विनाशकारी बाढी र त्यसले पुर्‍याएको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने भएका छन् । प्रधानमन्त्रीको भ्रमणअघि परराष्ट्रमन्त्री शिशिर खनाल र प्रधानमन्त्रीका निजी सचिव प्रदीप परियारको टोली प्रधानमन्त्रीको भ्रमणको तयारी गर्न न्यूयोर्क जाने अधिकारीहरूले बताएका छन्। ३ भदौको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री खनाललाई महासभामा पठाउने निर्णय गरेको थियो । तर १० भदौमा सयौंको ज्याने जाने गरी र लाखौं परिवार प्रभावित…
Read More
अर्जेन्टिनाको समुद्र सुकेको होइन: भाइरल भिडियोको वास्तविकता के हो ?

अर्जेन्टिनाको समुद्र सुकेको होइन: भाइरल भिडियोको वास्तविकता के हो ?

काठमाडौँ — सामाजिक सञ्जालमा पछिल्लो समय अर्जेन्टिनाको समुद्र अचानक सुकेको, समुद्रको पानी हराएको तथा ठूलो प्राकृतिक विपत्ति आउन लागेको दाबी गर्दै विभिन्न भिडियोहरू तीव्र रूपमा फैलिरहेका छन्। यस्ता भिडियोले सर्वसाधारणमा त्रास र अन्योल सिर्जना गरिरहेका छन्। तर उपलब्ध तथ्य तथा घटनासम्बन्धी रिपोर्टहरूको अध्ययन गर्दा “अर्जेन्टिनाको समुद्र सुकेको” भन्ने दाबी सही होइन। केही भिडियोमा देखिएको समुद्रको पानी पछाडि हटेको दृश्य वास्तविक घटनासँग सम्बन्धित भए पनि त्यसलाई सामाजिक सञ्जालमा अतिरञ्जित र गलत सन्दर्भमा प्रस्तुत गरिएको देखिन्छ। वास्तवमा के भएको थियो ? अर्जेन्टिनाको ब्युनस आयर्स प्रान्तअन्तर्गतको Mar del Plata तथा आसपासको तटीय क्षेत्रमा समुद्रको पानी असामान्य रूपमा पछाडि हटेको दृश्य देखिएको थियो। पानी…
Read More
किरात राई यायोक्खा झापाको अध्यक्षमा गणेशबहादुर राई पुनः निर्वाचित

किरात राई यायोक्खा झापाको अध्यक्षमा गणेशबहादुर राई पुनः निर्वाचित

बिर्तामोड । किरात राई यायोक्खा झापाको नवौँ जिल्ला अधिवेशनबाट गणेशबहादुर राई पुनः अध्यक्षमा निर्वाचित हुनुभएको छ। अधिवेशनले राईको नेतृत्वमा १७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो। २०८३ भदौ २० गतेदेखि सुरु भई २१ गते सम्पन्न अधिवेशनले गणेश बा राईलाई पुनः अध्यक्षमा चयन गरेको हो। यसैगरी, यसअघि कार्यवाहक सचिवको जिम्मेवारी सम्हाल्दै आउनुभएका गौरिमान राई पुनः सचिवमा निर्वाचित हुनुभएको छ। अन्य पद तथा सदस्यहरूमा भने फेरबदल गरिएको जनाइएको छ। किरात राई यायोक्खा झापा जिल्ला कार्यसमितिको आयोजनामा तथा किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताचोको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो। बिर्तामोडस्थित आदर्श ब्याङ्क्वेटमा आयोजित कार्यक्रममा झापाका विभिन्न पालिकाबाट प्रतिनिधिहरूको सहभागिता रहेको…
Read More
काँकरभिट्टामा २०औँ मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस, जिल्लास्तरीय भेला हुँदै

काँकरभिट्टामा २०औँ मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस, जिल्लास्तरीय भेला हुँदै

काँकरभिट्टा, २०८३ भदौ १९ गते ।‘प्रविधिको सही प्रयोग : मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने नाराका साथ २०औँ मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय दिवसका अवसरमा झापाको काँकरभिट्टामा जिल्लास्तरीय कार्यक्रम तथा भेला आयोजना गरिने भएको छ। मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति, झापाको आयोजना तथा कारितास नेपाल प्रादेशिक कार्यालय दमकको संयोजनमा कार्यक्रम हुन लागेको हो। दिवसका अवसरमा भदौ २० गते बिहान ७ः३० बजे काँकरभिट्टामा प्रभातफेरी (र्‍याली) निकालिनेछ। विभिन्न सरकारी तथा गैरसरकारी संस्था, सुरक्षा निकाय, संघ–संस्था, स्थानीयवासी र सरोकारवालाको सहभागितामा र्‍याली गरिने आयोजकले जनाएको छ। प्रभातफेरीपछि काँकरभिट्टा खानेपानी सरसफाइ तथा उपभोक्ता संस्थाको सभा हलमा बिहान ८ बजेबाट जिल्लास्तरीय मूल कार्यक्रम सुरु…
Read More
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १२ सय ९३ पुग्यो

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १२ सय ९३ पुग्यो

१९ भाद्र २०८३, शुक्रबार, काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म एक हजार २९३ जनाको शव फेला परेको छ । केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार रसुवामा १४०, नुवाकोटमा १८६, धादिङमा ६५, चितवनमा ३५९, गोरखामा ७२, तनहुँमा ३८, नवलपरासीपूर्वमा २२१ र नवलपरासीपश्चिममा १९४ र भारतमा भेटिएको (नवलपरासी पश्चिममा बुझाएको) १८ गरी एक हजार २९३ शव फेलापरेको हो । घाइते भएकामध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ । जसमध्ये एक जनाको टिचिङ अस्पताल र एक जनाको राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो । फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमूना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म २२२…
Read More
चीनले नेपालसँग आपतकालीन मौसम सूचना निरन्तर आदानप्रदान गर्ने

चीनले नेपालसँग आपतकालीन मौसम सूचना निरन्तर आदानप्रदान गर्ने

१९ भदौ, काठमाडौं । जलस्रोत मन्त्रालयले उद्धार तथा विपद् राहत कार्यमा सहयोग पुर्‍याउन चीनले नेपालसँग आपतकालीन जलविज्ञानसम्बन्धी निगरानी सूचना निरन्तर आदानप्रदान गर्ने भएको छ । यसमा नदीमा बनेका अवरोध (ब्यारियर) तथा हिमतालबाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी जानकारीसमेत समेटिने चिनियाँ दूतावासले जानकारी दिएको छ । चीनको मौसमसम्बन्धी अधिकारीहरूले चीन–नेपालको केरुङ –रसुवा सीमा नाकामा भीषण पहिरो गएपछि नेपाललाई मौसम निगरानी, मौसम पूर्वानुमान, पूर्वसूचना तथा प्रभावसम्बन्धी सेवाहरू उपलब्ध गराउँदै आएको थियो । विपद्पछि चीनको मौसम प्रशासनले तत्कालै नेपालको मौसम विज्ञान विभागसँग भिडियोमार्फत मौसमसम्बन्धी परामर्श गरेको थियो।
Read More
सरकारलाई सभामुखको ध्यानाकर्षण- महिला तथा बालबालिकाको सुरक्षा सुनिश्चित गर्नू

सरकारलाई सभामुखको ध्यानाकर्षण- महिला तथा बालबालिकाको सुरक्षा सुनिश्चित गर्नू

१७ भदौ, काठमाडौं । सभामुख डोलप्रसाद अर्याल (डीपी)ले प्रतिनिधिसभाको बैठकमा विशेष सम्बोधन गरेका छन् । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीको अवस्थामा उनले प्रतिनिधिसभाको बैठकमा विशेष सम्बोधन गरेका हुन् । उक्त बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ र चितवन जिल्लामा ठूलो मानवीय र भौतिक क्षति पुर्‍याएको छ । यसबारे विशेष सम्बोधन गर्दै सभामुख अर्यालले महिला तथा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गरेका हुन् । ‘विपद्बाट प्रभावित नागरिकको मानसिक स्वास्थ्य तथा मनोसामाजिक अवस्थाप्रति संवेदनशील हुँदै महिला तथा बालबालिकाको सुरक्षा, संरक्षण र आवश्यक सेवामा सहज पहुँच सुनिश्चित गर्न सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँछु’, सभामुख अर्यालले भने । सभामुख…
Read More
गोप्रो क्यामेरासहित सीमामा सशस्त्र प्रहरीको निगरानी

गोप्रो क्यामेरासहित सीमामा सशस्त्र प्रहरीको निगरानी

१७ भाद्र २०८३, बुधबार, झापा । सशस्त्र प्रहरी बल, नेपालले झापाको सीमावर्ती क्षेत्रमा निगरानी तथा सूचना संकलनलाई थप प्रभावकारी बनाउन ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ। सशस्त्र प्रहरीका अनुसार गोप्रो क्यामेराको प्रयोगले सीमा क्षेत्रमा हुने गतिविधिको निगरानी, सूचना संकलन तथा कुनै घटना भएमा प्रमाण सुरक्षित राख्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। हाल झापास्थित सशस्त्र प्रहरी गणसँग रहेका दुई वटा गोप्रो क्यामेरा परिचालन गरिएको छ। विशेषगरी नेपाल–भारत सीमाको काकडभिट्टामा परिचालित बोर्डर इन्टरएक्सन टिम (बीआईटी) ले क्यामेराको प्रयोग गरिरहेको छ। सशस्त्र प्रहरीका अनुसार सीमा सुरक्षाका लागि बीआईटीमार्फत गोप्रो क्यामेरा प्रयोग गरिएको यो अभ्यास नेपालमै पहिलो हुनसक्ने बताइएको छ। झापामा सशस्त्र प्रहरी उपरीक्षक…
Read More
रसुवाका बाढीपीडितलाई अमेरिकाबाट ४० टन राहत

रसुवाका बाढीपीडितलाई अमेरिकाबाट ४० टन राहत

१७ भाद्र २०८३, बुधबार, काठमाडौं । रसुवा बाढीपीडितका लागि अमेरिकाबाट ४० टनभन्दा बढी आपत्कालीन राहत सामग्री नेपाल आइपुगेको छ। अमेरिकी संस्था सामारिटन्स पर्सले पठाएको राहत सामग्रीमा पानी फिल्टर, त्रिपाल, कम्बल, सरसफाइ किट र सौर्य बत्ती रहेका छन्। यी सामग्रीबाट बाढी प्रभावित २ हजार ६ सय परिवार लाभान्वित हुने जनाइएको छ। अमेरिकी दूतावासले राहत वितरण तथा थप जीवनरक्षक सहायता उपलब्ध गराउन नेपाल सरकार र साझेदार संस्थासँग समन्वय भइरहेको जनाएको छ।
Read More
बाढीमा परी मृत्यु हुनेको संख्या ९०३ पुग्यो, ४२४७ जना सम्पर्कविहीन

बाढीमा परी मृत्यु हुनेको संख्या ९०३ पुग्यो, ४२४७ जना सम्पर्कविहीन

काठमाडौं, तिब्बतबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ९०३ पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार बिहान ९ बजेसम्म ९०३ जनाको शव फेला परेको हो। प्राधिकरणका अनुसार रसुवामा २४ जना, नुवाकोटमा ९५ जना, धादिङमा ५५ जना, गोरखामा ६२ जना, नवलपरासी पूर्वमा २०७ जना, नवलपरासी पश्चिममा १५१ जना, तनहुँमा ३७ जना  र चितवनमा २७२ जनाको शव फेला परेको हो। बाढीमा परी हालसम्म सम्पर्कविहीन हुनेको संख्या ४ हजार २४७ पुगेको पनि प्राधिकरणले जनाएको छ। नेपाल प्रहरीका २५ जना, नेपाली सेनाका ४५ जना, सशस्त्र प्रहरी बलका १३ जना, भन्सार कार्यालयका १५ जना, अध्यागमन कार्यालयका ३…
Read More