Skip to main content

नयाँ तृष्णा

कला

बगर बनेको जिन्दगी, नीरव सन्नाटा र आँसुको दशैं

बगर बनेको जिन्दगी, नीरव सन्नाटा र आँसुको दशैं

हिमालको काखमा अवस्थित सुरम्य गाउँहरूमा असोजको शीतसँगै उल्लासको बास्ना छाउनुपर्ने थियो। पाखा-पखेरामा फुलेका सयपत्री, घर-घरमा ठडिने लिङ्गे पिङ र परदेशिएका पाइलाहरू गाउँ फर्किँदा छाउने खुसीले पहाडका बस्तीहरू गुञ्जयमान हुनुपर्ने समय हो यो। तर, यसपालि रसुवाका थुप्रै बस्तीहरूमा उल्लास होइन, केवल मृत्युतुल्य नीरव सन्नाटा र कहालीलाग्दो शोक व्याप्त छ। एकैछिनको भीषण बाढी र पहिरोले आँखै अगाडिको घरबार, लहलहाउँदा खेतबारी र पुस्तौंदेखिको चिनारी मात्र बगाएन— कैयौँको सिङ्गो संसार र खुसीका आधारहरू समेत सदाका लागि खोसेर लग्यो। चाडपर्वले प्रायः पुराना घाउहरू भुलाएर खुसी साट्ने अवसर ल्याउँछ। तर, सर्वस्व गुमाएका पीडितहरूका लागि भने यो दशैं उत्सव होइन, एउटा गहिरो र कारुणिक दशा बनेर आएको…
Read More
पृथ्वीकै सबैभन्दा दुर्लभ, अनौठो प्राणी — साओला (Saola)

पृथ्वीकै सबैभन्दा दुर्लभ, अनौठो प्राणी — साओला (Saola)

साओला (Saola), जसलाई "एशियन युनिकोर्न" (Asian Unicorn) पनि भनिन्छ, पृथ्वीकै सबैभन्दा दुर्लभ, अनौठो र रहस्यमयी स्तनधारी प्राणीहरूमध्ये एक हो। यो जीव वैज्ञानिक जगत्मा यति ढिलो पत्ता लाग्यो कि सन् १९९२ मा मात्रै भियतनामको भूभागमा पहिलोपटक यसको अस्तित्व फेला परेको थियो। पछिल्लो ५० वर्षमा पत्ता लागेको यो सबैभन्दा ठूलो र नयाँ स्तनधारी जीव हो। यस अनौठो प्राणीका मुख्य विशेषता र रोचक तथ्यहरू यस प्रकार छन्: १. शारीरिक बनावट र स्वरूप सिङ: साओलाको टाउकोमा सीधा, लामा र आपसमा समानान्तर परेका दुईवटा सिङहरू हुन्छन्, जुन झन्डै ५० सेन्टिमिटर (२० इन्च) सम्म लामा हुन सक्छन्。 यही सिङका कारण यसलाई 'युनिकोर्न' उपनाम दिइएको हो。 तौल…
Read More
मौनताले बोलेको रात

मौनताले बोलेको रात

हाेमराज राई,आज फेरि रातलेमेरो ढोका ढकढक्यायो,मैले सोधेँ.....“के लिएर आयौ ?”उसले बिस्तारै भन्यो—“तिमीले दिनभरि लुकाएकाकेही अधुरा भावनाहरू।” म चुप लागेँ। किनकि केही पीडाहरूसुनाउनका लागि हुँदैनन्,केही आँसुहरूदेखाउनका लागि झर्दैनन्।ती त मनभित्रै बगिरहन्छन्,नदीजस्तै,जसको किनारआफू स्वयं बन्नुपर्छ। समयसँग धेरै कुरा मागेको थिएँ,उसले अनुभव दियो।मान्छेसँग अपनत्व खोजेको थिएँ,कतिले सम्झना दिए,कतिले घाउ। अनि थाहा पाएँ..हरेक हात समाउने मान्छेयात्राभरि साथ दिन आउँदैन रहेछ,कोही त केवलजीवनको एउटा मोडसम्म आएरहिँड्न सिकाउन आउँदा रहेछन्। अब छुटेकाहरूसँग गुनासो छैन,न त टाढिएकाहरूसँग प्रश्न। किनकि रूखले पनिहरेक शरदमा पात गुमाउँछ,तर वसन्त आउने विश्वासमाआफ्नो जरा कहिल्यै छोड्दैन। म पनि त्यही रूख हुँ... केही सपना झरेका छन्,केही सम्बन्ध छुटेका छन्,केही विश्वास टुटेका छन्,तर जरा अझै…
Read More
प्याब्सन जिल्ला स्तरीय अंग्रेजी हिज्जे प्रतियोगितामा ४७ विद्यालयलाई पछि पार्दै विराटनगरको एभरेष्ट प्रथम

प्याब्सन जिल्ला स्तरीय अंग्रेजी हिज्जे प्रतियोगितामा ४७ विद्यालयलाई पछि पार्दै विराटनगरको एभरेष्ट प्रथम

७ भाद्र २०८३, आईतवार, विराटनगर / विराटनगरस्थित एभरेष्ट स्कुलले प्याब्सन जिल्ला स्तरीय अंग्रेजी हिज्जे प्रतियोगिताको उपाधि जितेको छ । प्याब्सन मोरङद्वारा आज विराटनगरमा आयोजित फाइनल प्रतिस्पर्धामा ४७ विद्यालयलाई पछि पार्दै एभरेष्टले लगातार दोस्रो पटक उपाधि आफ्नो पोल्टामा पारेको हो । गत वर्ष पनि सोही प्रतियोगिताको विजेता बनेको एभरेष्टले यस पटक उपाधिसहित नगद १५ हजार रुपैयाँ र आकर्षक ट्रफी प्राप्त गरेको छ । प्रतियोगितामा विराटनगरकै दिल्ली पब्लिक स्कुल (डिपिएस) द्वितीय भएको छ । डिपिएसले नगद १० हजार रुपैयाँ प्राप्त गर्‍यो । त्यसैगरी, सुन्दरहरैंचाको बाल प्रतिभा स्कुल तृतीय घोषित हुँदै नगद ५ हजार रुपैयाँ प्राप्त गर्न सफल भयो । प्रतियोगितामा सुन्दरहरैंचाकै बालसदन…
Read More
‘मायालु’मा कबीरको जोडी बन्दै आकृति

‘मायालु’मा कबीरको जोडी बन्दै आकृति

६ भाद्र २०८३, शनिबार, प्रवेश पौडेलको निर्देशनमा बन्न लागेको फिल्म ‘मायालु’मा मुख्य अभिनेत्रीको टुंगो लागेको छ । शुक्रबार निर्माण पक्षले आकृति बुढाथोकीलाई फिल्ममा अनुबन्धित गरेको हो । अभिनयको हिसाबले उनको यो दोस्रो फिल्म हुनेछ । उनले फिल्म ‘मुक्तिपुर’बाट अभिनेत्रीको रूपमा डेब्यू गरेकी हुन् । उनले केही नाटकमा समेत अभिनय गरेकी छन् ।  फिल्ममा आकृतिको जोडी अभिनेता कबीर खड्कासँग बाँधिनेछ । कबीर केही महिनाअघि नै फिल्ममा अनुबन्धित भएका हुन् । उनले यसअघि ‘लम्फू’, ‘गुञ्जन’, ‘एक भागवत गीता’ र ‘लण्डन टू पेरिस’सहित केही म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् । ‘लम्फू’पछि उनी पहिलो पटक मुख्य अभिनेताको रूपमा देखिन लागेका हुन् ।  नेपाल र…
Read More
असार १५: राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिन

असार १५: राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिन

  नेपाल कृषिप्रधान देश हो। यहाँको अधिकांश जनसंख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषि पेशामा निर्भर छ। कृषिको मेरुदण्ड मानिने धान खेतीको सुरुवात हुने विशेष दिन असार १५ लाई नेपालभर राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिन का रूपमा हर्षोल्लासका साथ मनाइन्छ। यो दिन किसानको मेहनत, पसिना र आशाको सम्मान गर्ने दिन हो। असार महिनामा मनसुन सक्रिय भएसँगै धान रोपाइँको मुख्य समय सुरु हुन्छ। खेतमा किसानहरू हिलोमा रमाउँदै धान रोप्ने, गीत गाउने र एकअर्कालाई सहयोग गर्ने दृश्यले गाउँघरलाई उत्सवमय बनाउँछ। यसले नेपाली समाजमा सहकार्य, एकता र श्रमको महत्वलाई झल्काउँछ। यस दिन दही र चिउरा खाने परम्पराको आफ्नै सांस्कृतिक तथा स्वास्थ्यसम्बन्धी महत्व…
Read More
धादिङमा इसाई समुदायको धार्मिक प्रतीक क्रस तोडफोड, निष्पक्ष छानबिन र कारबाहीको माग

धादिङमा इसाई समुदायको धार्मिक प्रतीक क्रस तोडफोड, निष्पक्ष छानबिन र कारबाहीको माग

  धादिङ, चैत १० धादिङ । धादिङ जिल्लाको रुबीभ्याली गाउँपालिका–१ स्थित प्याल्दोर पिक क्षेत्रमा स्थापना गरिएको इसाई धर्मावलम्बीहरूको आस्थाको प्रतीक फलामे क्रस तोडफोड गरिएको घटनाप्रति विभिन्न संघसंस्थाले गम्भीर ध्यानाकर्षण जनाएका छन्। धादिङ इसाई समाजले जारी गरेको अनुरोधपत्रमा उल्लेख भएअनुसार उक्त क्रस २०७६ साल असोज १९ गते स्थापना गरिएको थियो। हालै अज्ञात व्यक्तिहरूद्वारा क्रस ढालिएको र फालापारिएको अवस्थामा भेटिएको जनाइएको छ। घटनामा संलग्न व्यक्ति वा समूहको पहिचान अझै खुल्न नसकेको समाजले जनाएको छ। धादिङ इसाई समाजले घटनाको निष्पक्ष छानबिन गरी दोषी पहिचान गर्न तथा इसाई समुदायलाई उचित न्याय दिलाउन सम्बन्धित निकायहरू—वडा कार्यालय, गाउँपालिका कार्यालय तथा इलाका प्रहरी कार्यालय—समक्ष आग्रह गरेको छ।…
Read More
‘गौँथली’को टिजरलाई दर्शकले भने ‘भावुक र यथार्थपरक’

‘गौँथली’को टिजरलाई दर्शकले भने ‘भावुक र यथार्थपरक’

काठमाडौं ।  गीतकार, निर्माता तथा लेखक डा. भोला रिजालका छोरा डा. कपिल रिजालको निर्देशन बनेको नयाँ फिल्म ‘गौँथली’ आगामी साउन १ गतेबाट प्रदर्शनमा आउँदैछ । यो फिल्म दुई दशकअघि बनेको ‘गौँथली’को ‘कन्सेप्ट’मा निर्माण भएको हो । अर्थात् पढ्ने इच्छा भएकी युवतीको विवाह भएपछि सासुले गर्ने चरम अत्याचारलाई फिल्मले मुख्य विषयवस्तु बनाएको छ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले टिजर र एक गीत सार्वजनिक गरिसकेको छ । दुवै सामग्रीलाई युट्युबमा लोभलाग्दो प्रतिक्रिया मिलेको छ । टिजरलाई दर्शकले ‘भावुक र यथार्थपरक’ भन्दै प्रशंसा गरेका छन् । कतिले निकै महत्त्वपूर्ण विषय उठाएकोमा निर्मातालाई धन्यवाद दिएका छन् । टिजरका संवाद र कलाकारको…
Read More
बुटवलमा चौथो राष्ट्रिय मिडिया सम्मेलन सुरु, सञ्चार क्षेत्रले भोगेका समस्या वारे मन्थन हुदै

बुटवलमा चौथो राष्ट्रिय मिडिया सम्मेलन सुरु, सञ्चार क्षेत्रले भोगेका समस्या वारे मन्थन हुदै

  बुटवल । प्रकाशन तथा प्रसारण संघ, लुम्बिनी नेपालद्वारा आयोजित चौथो राष्ट्रिय मिडिया सम्मेलन–२०८३ शनिवार देखि बुटवलमा सुरु भएको छ। \बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डे सम्मेलनको उद्घघाटन दुई तिहाई नजिकको सरकारले ल्याएको मिडिया नीतिले स्थानिय तह निकै समस्यामा परेको भन्दै सच्चाउन माग गर्नु भयो । उहांले सरकारले मिडियालाई समाप्त गदै लोकतन्त्रलाई कमजोर बनाउन खोजेको आरोप लगाउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सरकार लोकतन्त्र समाप्त वनाउने खेलमा लागेकोले आम नागरिकको स्वतन्त्रताको हक कुन्ठितका लागि मिडियालाई समाप्त पार्ने रणनीतिमा लागेको धारणा राख्नु भयो । प्रेसकाउन्शील नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले मिडियाहरुले आफूलाई पनि समयानुकुल परिष्कृत गदै अगाडी…
Read More
ईजलास दैनिकको १०औँ वार्षिकोत्सव तथा स्मारिका विमोचन सम्पन्न

ईजलास दैनिकको १०औँ वार्षिकोत्सव तथा स्मारिका विमोचन सम्पन्न

  झापा । बिर्तामोडबाट प्रकाशित ईजलास दैनिकको १०औँ वार्षिकोत्सव तथा स्मारिका (म्यागजिन) विमोचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा निर्मला शर्मा प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रमको उद्घाटन प्रमुख अतिथिबाट पानसमा दीप प्रज्वलन गरी गरिएको थियो। सो अवसरमा ईजलास दैनिकको १०औँ वार्षिकोत्सव विशेष स्मारिका विमोचन गरिएको थियो। साथै विभिन्न व्यक्तित्व तथा संस्थाहरूलाई सम्मान तथा कदरपत्र हस्तान्तरण गरिएको आयोजकले जनाएको छ। कार्यक्रमका क्रममा नेपाल पत्रकार महासंघको तर्फबाट झापा जिल्लाका प्रमुख जिल्ला अधिकारीसमक्ष हस्ताक्षरसहितको ज्ञापनपत्र समेत पेश गरिएको थियो। कार्यक्रममा सांस्कृतिक तथा मनोरञ्जनात्मक नृत्य प्रस्तुत गरी सहभागीहरूलाई मनोरञ्जन प्रदान गरिएको थियो। बिर्तामोडस्थित सिटी सेन्टर साई पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रममा…
Read More