Skip to main content

नयाँ तृष्णा

बुटवलमा चौथो राष्ट्रिय मिडिया सम्मेलन सुरु, सञ्चार क्षेत्रले भोगेका समस्या वारे मन्थन हुदै

[adsforwp id="2511"]

 

बुटवल ।

प्रकाशन तथा प्रसारण संघ, लुम्बिनी नेपालद्वारा आयोजित चौथो राष्ट्रिय मिडिया सम्मेलन–२०८३ शनिवार देखि बुटवलमा सुरु भएको छ।

\बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डे सम्मेलनको उद्घघाटन दुई तिहाई नजिकको सरकारले ल्याएको मिडिया नीतिले स्थानिय तह निकै समस्यामा परेको भन्दै सच्चाउन माग गर्नु भयो । उहांले सरकारले मिडियालाई समाप्त गदै लोकतन्त्रलाई कमजोर बनाउन खोजेको आरोप लगाउनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सरकार लोकतन्त्र समाप्त वनाउने खेलमा लागेकोले आम नागरिकको स्वतन्त्रताको हक कुन्ठितका लागि मिडियालाई समाप्त पार्ने रणनीतिमा लागेको धारणा राख्नु भयो । प्रेसकाउन्शील नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले मिडियाहरुले आफूलाई पनि समयानुकुल परिष्कृत गदै अगाडी बढनु पर्ने बताउनु भयो ।

नेपाल मिडिया सोसाइटीका अध्यक्ष मदन लम्सालले मिडिया सवल नहुदासम्म लोकतन्त्रको सवलीकरण संभब नहुने तर्क गर्नु भयो । सम्मेलनमा नेपाली सञ्चार क्षेत्रका चुनौती, अवसर तथा समसामयिक विषयमा छलफल जारी रहेको छ । प्रकाशन तथा प्रसारण संघ, लुम्बिनीका अध्यक्ष नवराज कुंवरको सभापतित्वमा भएको कार्यक्रममा महासचिव माधव नेपालले संचालन र उपाध्यक्ष विष्णु भुसालले स्वागत गर्नु भएको थियो ।

दुई दिन सम्म संचालन हुने सम्मेलनले बुटवल घोषणापत्र जारी गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...