४ कार्तिक २०८३, बुधबार , झपा । नेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ। आज देशभरका नेपालीले मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी दशैं मनाउँदैछन्। नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीकाको उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको छ। त्यस्तै, देवी विसर्जनको साइत बिहान ८ बजेर ४९ मिनेटमा निर्धारण गरिएको छ। समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार दिनभर टीका लगाउन सकिने भए पनि शुभ साइतमा टीका लगाउन चाहनेहरूका लागि बिहान १०:२६ बजेको समय तोकिएको हो। साइतमा टीका लगाउँदा टीका लगाइदिने मान्यजन पूर्वतर्फ र टीका थाप्ने व्यक्ति पश्चिमतर्फ फर्कनुपर्नेछ। दशैंमा परिवार तथा आफन्तजन…
किरण सुनुवार, गुवायाकिल (इक्वेडर) — अक्टोबर १९, २०२६इक्वेडरका एक पादरीको प्रार्थना सभा (Mass) सञ्चालन गरिरहेको समयमा ढलेको ठूलो क्रुसले लागेर मृत्यु भएको छ। अक्टोबर १७ मा उक्त धार्मिक सेवाको प्रत्यक्ष प्रसारण (Livestream) भइरहेकै समयमा यो दर्दनाक दुर्घटना घटेको थियो। इक्वेडरको सबैभन्दा ठूलो शहर गुवायाकिलस्थित 'अवर लेडी अफ पर्पेचुअल हेल्प' (Our Lady of Perpetual Help) चर्चमा वेदी (Altar) को पछाडि उभिएर ५३ वर्षीय रेडम्प्टोरिस्ट पादरी प्याट्रिसियो अल्फ्रेदो सान्चेज मोलिनारीले प्रार्थना गराइरहेका थिए। सोही क्रममा एउटा ठूलो क्रुस अगाडि ढलेर उहाँको टाउकोमा सिधै ठोक्कियो। क्रुसले लागेपछि उहाँ वेदीको पछाडि ढल्नुभएको थियो।उहाँ ढलेपछि प्रार्थनामा उपस्थित मानिसहरूले "पाड्रे!" ("फादर!") भन्दै कराएको र उहाँलाई बचाउन…
३१ असोज, काँकरभिट्टा, झापा । भारतका विभिन्न बाल संरक्षण गृहमा रहेका छ जना नेपाली बालबालिकालाई सुरक्षित रूपमा स्वदेश फर्काई परिवारसँग पुनर्मिलन गराइएको छ। भारतको पश्चिम बंगाल सरकार, कोलकातास्थित नेपालको महावाणिज्यदूतावास र नव अभियान नेपालबीचको निरन्तर समन्वय तथा सहकार्यपछि उनीहरूको स्वदेश फिर्ती प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको हो। पुनर्मिलन गराइएका बालबालिकामा १६ वर्षीया पूजा दनुवार, १६ वर्षीया रीता मण्डल, १५ वषीया सीता लिम्बु,१४ वर्षीया कमल मुखिया, १६ वर्षीय विनोद माझी,१५ वषीया सन्दिप गुप्ता रहेका छन्। (बालबालिकाको गोपनीयता र सुरक्षालाई ध्यानमा राखी समाचारमा नाम परिवर्तन गरिएको छ।) फरक–फरक परिस्थितिमा भारत पुगेका बालबालिकाप्राप्त विवरणअनुसार, सिराहाको हरिनगर क्षेत्रकी रीता करिब तीन महिनाअघि परिवारसँग बाबाधाम तीर्थयात्रामा…
काठमाडौं । २०औं एसियन गेम्समा पदक जित्न सफल खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकले सरकारबाट पुरस्कार पाएका छन् । सरकारले खेलकुद विकास नियमावलीअनुसार नेपाललाई पदक जिताउन सफल करातेका तेञ्जिङ शर्मा र महिला कबड्डी टोलीसहित प्रशिक्षक र व्यवस्थापकको खातामा पुरस्कार रकम जम्मा गरिदिएको हो । यसअघि २३ असोजमा बसेको मन्त्रिपरिषद्को बैठकले पदक विजेता खेलाडीलाई पुरस्कार दिने निर्णय गरेको थियो । जसअनुसार तेन्जिङले ६ लाख ५० हजार, उनका प्रशिक्षक कुशल श्रेष्ठले एक लाख ३० हजार र व्यवस्थापक युवराज लामाले ६५ हजार पाएका हुन् । कबड्डी टोलीका खेलाडीले जनही १ लाख ९५ हजार, मुख्य प्रशिक्षक पार्वती राईले १ लाख ३० हजार, सहायक प्रशिक्षक लोकबहादुर विष्ट…
काँकरभिट्टा । मानव बेचबिखन तथा लैंगिक हिंसा रोकथाम र नियन्त्रणलाई थप प्रभावकारी बनाउन स्थानीय सरकार, सुरक्षा निकाय तथा सरोकारवाला संघसंस्थाबीच सहकार्य र समन्वय बढाउनुपर्नेमा जोड दिइएको छ। आफन्त नेपालको आयोजना तथा स्ट्याण्डर्ड चार्टर्ड बैंक नयाँ बानेश्वर काठमाडौंकाे साैजन्यमा बुधबार मेचीनगर–६, काँकरभिट्टास्थित भारी रेष्टुरेन्टमा सम्पन्न “स्थानीय निकायहरूसँगको समन्वयात्मक बैठक” का सहभागीहरूले मानव बेचबिखन तथा लैंगिक हिंसाविरुद्ध साझा प्रयास आवश्यक रहेको बताएका हुन्। कार्यक्रम “मानव बेचबिखन र लैंगिक हिंसा अन्त्यको अभियान” अन्तर्गत आयोजना गरिएको थियो। आफन्त नेपाल केन्द्रका कार्यक्रम व्यवस्थापक केशर विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेचीनगर नगरपालिकाकी नगर उपप्रमुख मीना पोखरेल उप्रेती प्रमुख अतिथि तथा प्रहरी निरीक्षक कमल विष्ट विशिष्ट अतिथि रहेका…
काँकरभिट्टा, झापा । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, लैङ्गिक हिंसा न्यूनीकरण तथा समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले आफन्त नेपालले झापाको काँकरभिट्टामा ‘म एक जिम्मेवार पुरुष हुँ’ अभियानअन्तर्गत जिम्मेवार पुरुष समूह गठन गरेको छ। विभिन्न जिल्लामा गरी संस्थाले गठन गरेको यो १६ `म एक जिम्मेवार पुरुष समूह ´हो। आफन्त नेपालका जिल्ला प्रमुख मात्रिका गुरुङको अध्यक्षतामा सम्पन्न भेलामा संस्थाको केन्द्रबाट केशर विश्वकर्माको उपस्थिति रहेको थियो। भेलाले स्थानीय स्तरमा राजु खड्काको अध्यक्षतामा जिम्मेवार पुरुष समूह गठन गरेको हो। समूहमा स्थानीयस्तरबाट मनोज गुरुङ, अमन विश्वकर्मा, शिवकुमार पाठक, होमराज राई र खड्गराज कार्कीलगायत विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी छन्। समूहमा आबद्ध सदस्यहरूले मानव बेचबिखन, लैङ्गिक हिंसा…
साओला (Saola), जसलाई "एशियन युनिकोर्न" (Asian Unicorn) पनि भनिन्छ, पृथ्वीकै सबैभन्दा दुर्लभ, अनौठो र रहस्यमयी स्तनधारी प्राणीहरूमध्ये एक हो। यो जीव वैज्ञानिक जगत्मा यति ढिलो पत्ता लाग्यो कि सन् १९९२ मा मात्रै भियतनामको भूभागमा पहिलोपटक यसको अस्तित्व फेला परेको थियो। पछिल्लो ५० वर्षमा पत्ता लागेको यो सबैभन्दा ठूलो र नयाँ स्तनधारी जीव हो। यस अनौठो प्राणीका मुख्य विशेषता र रोचक तथ्यहरू यस प्रकार छन्: १. शारीरिक बनावट र स्वरूप सिङ: साओलाको टाउकोमा सीधा, लामा र आपसमा समानान्तर परेका दुईवटा सिङहरू हुन्छन्, जुन झन्डै ५० सेन्टिमिटर (२० इन्च) सम्म लामा हुन सक्छन्。 यही सिङका कारण यसलाई 'युनिकोर्न' उपनाम दिइएको हो。 तौल…
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ को लागि राष्ट्रिय टोली घोषणा गरेको छ। क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्ययीय टोली घोषणा गरेको छ। जसमा सन्दीपसहित आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, देव खनाल, ईशान पाण्डे, रोहित पौडेल, अर्जुन कुमाल, सन्दीप जोरा, गुल्सन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललित राजवंशी, साहब आलम र शेर मल्ल छन्। कुशल भुर्तेल भने यस टोलीमा छैनन्। यही अक्टोबर ७ देखि ओमानमा हुनलागेको लिग २ को यो अन्तिम शृंखला हो। नेपालले २५ गते आइतबार क्यानडासँग खेल्दै लिग–२ शृंखलाको सुरुवात गर्नेछ। २७ गते मंगलबार घरेलु टोली ओमानसँग खेल्नेछ। ३१ गते शनिबार पुनः…
काठमाडौँ / श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले सरकारको कार्यसम्पादनप्रति असन्तुष्टि जनाएका छन्। उनले जनताका जल्दाबल्दा मुद्दामा परिणाममुखी काम गर्न ध्यानाकर्षण गराएका छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै राईले रेमिट्यान्सले धानेको अर्थतन्त्र, युवा पलायन, बढ्दो महँगी र भ्रष्टाचार जस्ता विषयमा सरकारले बेवास्ता गरेको भन्दै आलोचना गरे। सरकारको सुशासनको प्रतिबद्धता केवल नारामा मात्र सिमित रहेको आरोप लगाए। राईले निर्वाचन क्षेत्रका विकास निर्माणका काम अलपत्र परेको र सरकारी विद्यालयको गुणस्तर खस्किएको भन्दै शिक्षा क्षेत्रको बेथितिप्रति ध्यानाकर्षण गराए। भ्रष्टाचारका पुराना फाइल खोल्ने सरकारको दाबीबारे उनले प्रश्न गरे। ‘गिरिबन्धु टी-स्टेट होस् वा ह्वाइट बडी काण्ड, तपाईंहरूले ठूलो छाती भएको दाबी गर्नुहुन्थ्यो, के कुराले…