Skip to main content

नयाँ तृष्णा

विश्वकप लिग २ को लागि सन्दीपको कप्तानीमा १५ सदस्ययीय टोली घोषणा

[adsforwp id="2511"]

 काठमाडौँ ।  नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ को लागि राष्ट्रिय टोली घोषणा गरेको छ।  क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्ययीय टोली घोषणा गरेको छ। 

जसमा सन्दीपसहित आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, देव खनाल, ईशान पाण्डे, रोहित पौडेल, अर्जुन कुमाल, सन्दीप जोरा, गुल्सन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललित राजवंशी, साहब आलम र शेर मल्ल छन्। 

कुशल भुर्तेल भने यस टोलीमा छैनन्। यही अक्टोबर ७ देखि ओमानमा हुनलागेको लिग २ को यो अन्तिम शृंखला हो।

नेपालले २५ गते आइतबार क्यानडासँग खेल्दै लिग–२ शृंखलाको सुरुवात गर्नेछ। २७ गते मंगलबार घरेलु टोली ओमानसँग खेल्नेछ। ३१ गते शनिबार पुनः क्यानडा र कात्तिक २ गते सोमबार ओमानसँग खेल्दै शृंखलाको अन्त्य गर्नेछ।

लिग २ तालिकामा नेपाल अन्तिमबाट दोस्रो स्थानमा छ। हालसम्म ३२ वटा खेल खेलेको नेपालले ११ वटा मात्रै जित हात पारेको छ। १९ वटा खेल हारेकाले नेपाल शीर्ष ४ मा पर्न ओमानमा हुने खेल जित्नुपर्ने दबाबमा छ। नेपालको हालसम्म २४ अंक मात्रै छ। 

यो शृंखलामा नेपालले शीर्ष चारमा स्थान बनाउन नसके विश्वकप छनोट खेल्नका लागि प्लेअफ खेल्नुपर्नेछ।

लिग २ मा १९ जित र १० हारसहित ३६ खेलबाट ४५ अंक बटुलेको स्कटल्यान्ड पहिलो स्थानमा छ। त्यसैगरी २१ जित र १० हारसहित ३२ खेलमा ४३ अंक बटुलेको अमेरिका दोस्रो स्थानमा छ भने नेदरल्यान्ड्स (३८) तेस्रो, ओमान (३१) चौथो, नामिबिया (२८) पाँचौँ, क्यानडा (२५) छैठौँ, नेपाल (२४) सातौँ र यूएई (१८) आठौँ स्थानमा छन्।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आज बडादशैंको मुख्य टीकाको उत्तम साइत बिहान १०:२६ बजे

आज बडादशैंको मुख्य टीकाको उत्तम साइत बिहान १०:२६ बजे

४ कार्तिक २०८३, बुधबार , झपा । नेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ। आज देशभरका नेपालीले मान्यजनब...
इक्वेडरमा ६३ वर्षीया पादरीको ‘मास’ (प्रार्थना सभा) को समयमा ढलेको क्रुस (Crucifix) ले लागेर मृत्यु

इक्वेडरमा ६३ वर्षीया पादरीको ‘मास’ (प्रार्थना सभा) को समयमा ढलेको क्रुस (Crucifix) ले लागेर मृत्यु

किरण सुनुवार, गुवायाकिल (इक्वेडर) — अक्टोबर १९, २०२६इक्वेडरका एक पादरीको प्रार्थना सभा (Mass) सञ्चालन गरिरहेको समयमा ढलेको...
फ्रान्समा दंगापछि आंशिक कर्फ्यु, २ हजार व्यवसाय प्रभावित

फ्रान्समा दंगापछि आंशिक कर्फ्यु, २ हजार व्यवसाय प्रभावित

पेरिस । फ्रान्समा लगातार बढ्दै गएको हिंसात्मक प्रदर्शन, लुटपाट र तोडफोड नियन्त्रण गर्न सरकारले केही सहरलाई आंशिक कर्फ्यु लागू गर्...
बगर बनेको जिन्दगी, नीरव सन्नाटा र आँसुको दशैं

बगर बनेको जिन्दगी, नीरव सन्नाटा र आँसुको दशैं

हिमालको काखमा अवस्थित सुरम्य गाउँहरूमा असोजको शीतसँगै उल्लासको बास्ना छाउनुपर्ने थियो। पाखा-पखेरामा फुलेका सयपत्री, घर...