Skip to main content

नयाँ तृष्णा

भारतबाट छ नेपाली बालबालिकाको उद्धार, परिवारसँग पुनर्मिलन

[adsforwp id="2511"]


३१ असोज,

काँकरभिट्टा, झापा । भारतका विभिन्न बाल संरक्षण गृहमा रहेका छ जना नेपाली बालबालिकालाई सुरक्षित रूपमा स्वदेश फर्काई परिवारसँग पुनर्मिलन गराइएको छ।

भारतको पश्चिम बंगाल सरकार, कोलकातास्थित नेपालको महावाणिज्यदूतावास र नव अभियान नेपालबीचको निरन्तर समन्वय तथा सहकार्यपछि उनीहरूको स्वदेश फिर्ती प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको हो।

पुनर्मिलन गराइएका बालबालिकामा १६ वर्षीया पूजा दनुवार, १६ वर्षीया रीता मण्डल, १५ वषीया सीता लिम्बु,१४ वर्षीया कमल मुखिया, १६ वर्षीय विनोद माझी,१५ वषीया सन्दिप गुप्ता रहेका छन्। (बालबालिकाको गोपनीयता र सुरक्षालाई ध्यानमा राखी समाचारमा नाम परिवर्तन गरिएको छ।)

फरक–फरक परिस्थितिमा भारत पुगेका बालबालिका
प्राप्त विवरणअनुसार, सिराहाको हरिनगर क्षेत्रकी रीता करिब तीन महिनाअघि परिवारसँग बाबाधाम तीर्थयात्रामा जाने क्रममा भारतको उढिसाबाट हराएकी थिइन्।

त्यसैगरी, ईलामकी सीता घरबाट एक्लै भागेर भारत जादा हराएकी हुन । मोरङको उर्लाबारीकी पूजा २०८० सालतिर भारतको सिलिगुडीस्थित सालबारीमा आफन्तको घरमा बसेर काम गर्दै पढिरहेको अवस्थामा हराएकी थिइन्।

धनुषाको रघुनाथपुरका कमल केही महिनाअघि आफ्ना भिनाजुसँग भारतको कोलकाता घुम्न गएको समयमा हराएका थिए। त्यस्तै, सर्लाहीको बलरा क्षेत्रका विनोद गत असार महिनामा भारतकाे पन्जाबमा धान राेप्ने काम सकेर स परिवार घर फर्किने क्रममा अम्मृतसरमा हराएका थिए भने बाराकाे कलैयाका सन्दिप गाउँका दाजुहरुसग पछि लागेर तामिलनाडु काम गर्न जादा हराएका हुन।

यी बालबालिकाहरु भारतका विभिन्न संरक्षण गृहहरु मध्ये पूजा र सीता माटीगढा चिल्ड्रेन्स होम फर गर्ल्स, दार्जिलिङमा रहेकी थिइन् भने रीता हावडास्थित एसएमएम होममा,विनोद कोलकातास्थित न्यू एज सोसाइटीमा र कमल र सन्दिप हावडास्थित इतिन्दा संरक्षण गृहमा रहेका थिए। भने सन्दिपलाई कोलकातास्थित नेपालको महावाणिज्यदूतावास र नव अभियान नेपालबीचको समन्वय तथा सहकार्यमा सरक्षण गृहबाट अभिभावक प्रेमचन्द गुप्ताले जिम्मा लिएर छोरा सन्दिपलाई घर ल्याएका थिए।

बालबालिकाको पुनर्मिलन प्रक्रियामा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी निशेष चापागाई, महिला तथा बालबालिका शाखाकी प्रहरी नायब निरीक्षक मिलनकुमारी राई, कोलकातास्थित नेपालको महावाणिज्यदूतावासका कार्यालय सचिव सतीश थापा, नव अभियान नेपालका प्रतिनिधि तथा बालबालिकाका अभिभावकहरूको उपस्थिति रहेको थियो।

सम्बन्धित निकायबीचको समन्वयमा आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी बालबालिकालाई सुरक्षित रूपमा अभिभावक तथा परिवारको जिम्मा लगाइएको नव अभियान नेपालका क्षेत्रीय संयोजक इन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो।
संयोजक बस्नेतका अनुसार जोखिमपूर्ण अवस्थामा रहेका नेपाली बालबालिकाको खोजी, संरक्षण, उद्धार, कानुनी सहायता तथा परिवारसँग सुरक्षित पुनर्मिलन गराउने कार्यलाई संस्थाले प्राथमिकताका साथ अघि बढाउँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आज बडादशैंको मुख्य टीकाको उत्तम साइत बिहान १०:२६ बजे

आज बडादशैंको मुख्य टीकाको उत्तम साइत बिहान १०:२६ बजे

४ कार्तिक २०८३, बुधबार , झपा । नेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ। आज देशभरका नेपालीले मान्यजनब...
इक्वेडरमा ६३ वर्षीया पादरीको ‘मास’ (प्रार्थना सभा) को समयमा ढलेको क्रुस (Crucifix) ले लागेर मृत्यु

इक्वेडरमा ६३ वर्षीया पादरीको ‘मास’ (प्रार्थना सभा) को समयमा ढलेको क्रुस (Crucifix) ले लागेर मृत्यु

किरण सुनुवार, गुवायाकिल (इक्वेडर) — अक्टोबर १९, २०२६इक्वेडरका एक पादरीको प्रार्थना सभा (Mass) सञ्चालन गरिरहेको समयमा ढलेको...
फ्रान्समा दंगापछि आंशिक कर्फ्यु, २ हजार व्यवसाय प्रभावित

फ्रान्समा दंगापछि आंशिक कर्फ्यु, २ हजार व्यवसाय प्रभावित

पेरिस । फ्रान्समा लगातार बढ्दै गएको हिंसात्मक प्रदर्शन, लुटपाट र तोडफोड नियन्त्रण गर्न सरकारले केही सहरलाई आंशिक कर्फ्यु लागू गर्...
बगर बनेको जिन्दगी, नीरव सन्नाटा र आँसुको दशैं

बगर बनेको जिन्दगी, नीरव सन्नाटा र आँसुको दशैं

हिमालको काखमा अवस्थित सुरम्य गाउँहरूमा असोजको शीतसँगै उल्लासको बास्ना छाउनुपर्ने थियो। पाखा-पखेरामा फुलेका सयपत्री, घर...