Skip to main content

नयाँ तृष्णा

मनोरञ्जन

पृथ्वीकै सबैभन्दा दुर्लभ, अनौठो प्राणी — साओला (Saola)

पृथ्वीकै सबैभन्दा दुर्लभ, अनौठो प्राणी — साओला (Saola)

साओला (Saola), जसलाई "एशियन युनिकोर्न" (Asian Unicorn) पनि भनिन्छ, पृथ्वीकै सबैभन्दा दुर्लभ, अनौठो र रहस्यमयी स्तनधारी प्राणीहरूमध्ये एक हो। यो जीव वैज्ञानिक जगत्मा यति ढिलो पत्ता लाग्यो कि सन् १९९२ मा मात्रै भियतनामको भूभागमा पहिलोपटक यसको अस्तित्व फेला परेको थियो। पछिल्लो ५० वर्षमा पत्ता लागेको यो सबैभन्दा ठूलो र नयाँ स्तनधारी जीव हो। यस अनौठो प्राणीका मुख्य विशेषता र रोचक तथ्यहरू यस प्रकार छन्: १. शारीरिक बनावट र स्वरूप सिङ: साओलाको टाउकोमा सीधा, लामा र आपसमा समानान्तर परेका दुईवटा सिङहरू हुन्छन्, जुन झन्डै ५० सेन्टिमिटर (२० इन्च) सम्म लामा हुन सक्छन्。 यही सिङका कारण यसलाई 'युनिकोर्न' उपनाम दिइएको हो。 तौल…
Read More
मौनताले बोलेको रात

मौनताले बोलेको रात

हाेमराज राई,आज फेरि रातलेमेरो ढोका ढकढक्यायो,मैले सोधेँ.....“के लिएर आयौ ?”उसले बिस्तारै भन्यो—“तिमीले दिनभरि लुकाएकाकेही अधुरा भावनाहरू।” म चुप लागेँ। किनकि केही पीडाहरूसुनाउनका लागि हुँदैनन्,केही आँसुहरूदेखाउनका लागि झर्दैनन्।ती त मनभित्रै बगिरहन्छन्,नदीजस्तै,जसको किनारआफू स्वयं बन्नुपर्छ। समयसँग धेरै कुरा मागेको थिएँ,उसले अनुभव दियो।मान्छेसँग अपनत्व खोजेको थिएँ,कतिले सम्झना दिए,कतिले घाउ। अनि थाहा पाएँ..हरेक हात समाउने मान्छेयात्राभरि साथ दिन आउँदैन रहेछ,कोही त केवलजीवनको एउटा मोडसम्म आएरहिँड्न सिकाउन आउँदा रहेछन्। अब छुटेकाहरूसँग गुनासो छैन,न त टाढिएकाहरूसँग प्रश्न। किनकि रूखले पनिहरेक शरदमा पात गुमाउँछ,तर वसन्त आउने विश्वासमाआफ्नो जरा कहिल्यै छोड्दैन। म पनि त्यही रूख हुँ... केही सपना झरेका छन्,केही सम्बन्ध छुटेका छन्,केही विश्वास टुटेका छन्,तर जरा अझै…
Read More
प्रधानमन्त्री राहत कोषमा १ हजार भुक्तानी गर्दा १ लाख उपहार

प्रधानमन्त्री राहत कोषमा १ हजार भुक्तानी गर्दा १ लाख उपहार

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा १ हजार रुपैयाँ भुक्तानी गरेका एक ग्राहकले करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत १ लाख रुपैयाँ प्राप्त गरेका छन् । आन्तरिक राजस्व विभागले आज करदाता प्रोत्साहन कार्यक्रमको भदौ महिनाका विजेता घोषणा गरेको छ । सो क्रममा प्रधानमन्त्री राहत कोषमा एक हजार रुपैयाँ दिएका ग्राहकलाई १ लाख रुपैयाँ उपहार परेको हो । उनको कुपन नम्बर ०४२६१८४७७६२० रहेको छ । सरकारले हरेक १५/१५ दिनमा घोषणा गर्नुपर्ने यो कार्यक्रमको विजेता यस पटक मासिक रुपमा घोषणा गरिएको हो । १० भदौको बाढीका कारण १६ भदौको कार्यक्रम धकेलिएको थियो ।
Read More
हाम्रा नानीबाबुहरू र मोबाइलको लत: समयमै सोचौँ !

हाम्रा नानीबाबुहरू र मोबाइलको लत: समयमै सोचौँ !

​आजकल हाम्रा छोराछोरीको ठूलो समय मोबाइल र सोसल मिडियाको स्क्रिनमा बितिरहेको छ। तर के हामीले ध्यान दिएका छौँ, यसले उनीहरूको मस्तिष्क, पढाइ र पारिवारिक जीवनमा कति गहिरो असर पारिरहेको छ? मस्तिष्क र स्वास्थ्यमा असर: अत्यधिक स्क्रिन टाइमले किशोर-किशोरीको ध्यान केन्द्रित गर्ने क्षमता (Attention Span) घटाउँछ। यसले गर्दा उनीहरूमा चिडचिडाहट, तनाव, र निद्रा नआउने जस्ता मानसिक समस्याहरू देखिन थालेका छन्। पढाइमा गिरावट: सोसल मिडियाको निरन्तर प्रयोगले उनीहरूको ध्यान पढाइबाट भड्काउँछ। नतिजास्वरूप एकाग्रता घट्ने र शैक्षिक स्तर कमजोर हुँदै जाने समस्या बढ्दो छ। पारिवारिक सम्बन्धमा दूरी: एउटै घरमा भएर पनि परिवारका सदस्यहरूसँग कुराकानी गर्नुको साटो मोबाइलमै हराउनाले उनीहरू सामाजिक र पारिवारिक सम्बन्धबाट…
Read More
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई

‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई

काठमाडौं । टिभी रियालिटी शो ‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्काले जितेकी छन् । शनिबार राति आयोजित ग्रान्ड फिनालेमा टिम वाङ्देन शेर्पाको प्रतियोगी उनले उपाधि जितेकी हुन् । जितपछि प्रतिक्रिया दिँदै सुवासनाले टिम वाङ्देनलाई जसरी पनि जिताउनुपर्छ भन्ने लागेको बताइन् । शोमा पहिलोपटक कोच बनेका वाङ्देनले जितपछि सपनाजस्तो महसुस भएको बताए । उनले भने, ‘नाम घोषणा गर्दा सपनाजस्तो फिल भएको छ । यो जित सुवासनाको हो । जसले भोट गर्नुभयो, उहाँहरुलाई पनि धन्यवाद दिन चाहन्छु ।’ फिनालेमा सुवासनासहित ८ जना प्रतियोगीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । ग्रान्ड फिनालेमा हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालसहित प्रायोजकका प्रतिनिधिहरूले विजेतालाई पुरस्कार…
Read More
असहाय बालबालिकाको सेवाभन्दा ठूलो धर्म छैन : प्रमुख अतिथि ओली

असहाय बालबालिकाको सेवाभन्दा ठूलो धर्म छैन : प्रमुख अतिथि ओली

मेचीनगर, असार २४। झापाको मेचीनगर–७ स्थित जागृत बाल उद्धार केन्द्र नेपाल को १३औँ वार्षिक उत्सव शनिबार विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। मेचीनगर–७ का वडा अध्यक्ष प्रलादमणि ओली प्रमुख अतिथि रहनुभएको कार्यक्रममा मेचीनगर–६ का वडा अध्यक्ष ललितबहादुर तामाङ वरिष्ठ अतिथि रहनुभएको थियो। कार्यक्रममा संस्थाकी पूर्व अध्यक्ष बिना तामाङ तथा सबिना तामाङ ले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। संस्थाका सचिव छत्रबहादुर राई (होमराज) ले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष भीमबहादुर खड्काले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रलादमणि ओली ले "कुनै पनि ढुङ्गामा दान वा भेटी चढाउनुभन्दा असहाय तथा अनाथ बालबालिकाको शिक्षा, पालनपोषण र उज्ज्वल भविष्यका लागि सहयोग…
Read More
IGBVRN परियोजनाअन्तर्गत हिंसा प्रभावितका लागि अत्यावश्यक सामग्री हस्तान्तरण

IGBVRN परियोजनाअन्तर्गत हिंसा प्रभावितका लागि अत्यावश्यक सामग्री हस्तान्तरण

प्रहरी कार्यालय र सुरक्षित आवास गृहलाई १३ प्रकारका राहत सामग्री उपलब्ध इट्टाभट्टा  । मेचीनगर नगरपालिकाले लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि सञ्चालित एकीकृत सेवा पहुँच परियोजना (IGBVRN) अन्तर्गत हिंसा प्रभावित महिला, बालबालिका तथा किशोरीहरूको तत्काल राहत, संरक्षण र सम्मानजनक सेवा सुनिश्चित गर्ने उद्देश्यले अत्यावश्यक सामग्री हस्तान्तरण गरेको छ। विश्व बैंकको अनुदान सहयोग तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा सञ्चालित उक्त परियोजनाअन्तर्गत १३ प्रकारका आधारभूत आवश्यक सामग्री इलाका प्रहरी कार्यालय काँकरभिट्टा, इलाका प्रहरी कार्यालय धुलाबारी तथा सुरक्षित आवास गृह (आफन्त नेपाल), काँकरभिट्टालाई हस्तान्तरण गरिएको हो। हिंसा प्रभावित व्यक्तिहरू संरक्षणको खोजीमा सबैभन्दा पहिले पुग्ने सेवा केन्द्रहरूलाई लक्षित गरी ठूला तौलिया, ब्ल्याङ्केट,…
Read More
असार १५: राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिन

असार १५: राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिन

  नेपाल कृषिप्रधान देश हो। यहाँको अधिकांश जनसंख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषि पेशामा निर्भर छ। कृषिको मेरुदण्ड मानिने धान खेतीको सुरुवात हुने विशेष दिन असार १५ लाई नेपालभर राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिन का रूपमा हर्षोल्लासका साथ मनाइन्छ। यो दिन किसानको मेहनत, पसिना र आशाको सम्मान गर्ने दिन हो। असार महिनामा मनसुन सक्रिय भएसँगै धान रोपाइँको मुख्य समय सुरु हुन्छ। खेतमा किसानहरू हिलोमा रमाउँदै धान रोप्ने, गीत गाउने र एकअर्कालाई सहयोग गर्ने दृश्यले गाउँघरलाई उत्सवमय बनाउँछ। यसले नेपाली समाजमा सहकार्य, एकता र श्रमको महत्वलाई झल्काउँछ। यस दिन दही र चिउरा खाने परम्पराको आफ्नै सांस्कृतिक तथा स्वास्थ्यसम्बन्धी महत्व…
Read More
दिव्यज्योति काँकरभिट्टा च्याम्पियन्स कप साउन ९ देखि, भारतका दुईसहित आठ टोलीको प्रतिष्पर्धा रहने

दिव्यज्योति काँकरभिट्टा च्याम्पियन्स कप साउन ९ देखि, भारतका दुईसहित आठ टोलीको प्रतिष्पर्धा रहने

  झापा । मेचीनगर–६ स्थित काँकरभिट्टा माविको खेल मैदानमा आगामी साउन ९ देखि १६ गतेसम्म ‘दिव्यज्योति काँकरभिट्टा च्याम्पियन्स कप–२०८३’ आयोजना हुने भएको छ । काँकरभिट्टा युवा क्लबको आयोजनामा हुने प्रतियोगिताको जानकारी आयोजकले शनिबार पत्रकार सम्मेलनमार्फत दिएको हो । आयोजकका अनुसार प्रतियोगितामा नेपाल र भारतका गरी आठ टोली सहभागी हुनेछन् । भारतबाट जर्जिएन फुटबल क्लब कालेम्पोङ र कञ्चनजंघा फुटबल क्लब सिलिगुढी सहभागी हुँदैछन् । नेपालबाट बिर्तामोड युनाइटेड (झापा), रेडहर्स फुटबल क्लब (इलाम), एपीएफ पकली, उर्लाबारी फुटबल क्लब, धरान एन्फा एकेडेमी तथा आयोजक काँकरभिट्टा युवा क्लब मेचीनगर प्रतिस्पर्धामा उत्रिनेछन् । प्रतियोगिताको विजेताले नगद रु. १ लाख १ हजार १ सयसहित ट्रफी प्राप्त…
Read More
काँकरभिट्टा पूर्वी नाकामा श्रम संस्कृति पार्टीद्वारा सरसफाइ अभियान

काँकरभिट्टा पूर्वी नाकामा श्रम संस्कृति पार्टीद्वारा सरसफाइ अभियान

असार ११ (बिहीबार) , मेचीनगर,  श्रम संस्कृति पार्टी, मेचीनगर वडा नं. ६ को आयोजनामा आज काँकरभिट्टा पूर्वी नाकामा वृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। बिहान ७ बजेदेखि नेपाल–भारत पूर्वी नाका अन्तर्गत मेची पुलको सीमाक्षेत्रबाट सुरु गरिएको सरसफाइ अभियानमा पार्टीका नेता–कार्यकर्ता, स्थानीयवासी तथा विभिन्न निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। वडा अध्यक्ष जनक बस्नेतले पूर्वी नाका विभिन्न राष्ट्रबाट नेपाल प्रवेश गर्ने पर्यटकहरूको मुख्य प्रवेशद्वार भएकाले यस क्षेत्रलाई स्वच्छ, सुन्दर र रमणीय बनाउनु आवश्यक रहेको बताए। उनले यस अभियानको सुरुआत यहाँबाट गरिएको र आगामी दिनमा मेचीनगरका अन्य वडाहरूमा पनि सञ्चालन गरिने जानकारी दिए। कार्यक्रमलाई सम्बोधन गर्दै श्रम संस्कृति पार्टी मेचीनगर अध्यक्ष पदम सुनुवारले…
Read More