Skip to main content

नयाँ तृष्णा

दिव्यज्योति काँकरभिट्टा च्याम्पियन्स कप साउन ९ देखि, भारतका दुईसहित आठ टोलीको प्रतिष्पर्धा रहने

[adsforwp id="2511"]

 

झापा । मेचीनगर–६ स्थित काँकरभिट्टा माविको खेल मैदानमा आगामी साउन ९ देखि १६ गतेसम्म ‘दिव्यज्योति काँकरभिट्टा च्याम्पियन्स कप–२०८३’ आयोजना हुने भएको छ । काँकरभिट्टा युवा क्लबको आयोजनामा हुने प्रतियोगिताको जानकारी आयोजकले शनिबार पत्रकार सम्मेलनमार्फत दिएको हो ।

आयोजकका अनुसार प्रतियोगितामा नेपाल र भारतका गरी आठ टोली सहभागी हुनेछन् । भारतबाट जर्जिएन फुटबल क्लब कालेम्पोङ र कञ्चनजंघा फुटबल क्लब सिलिगुढी सहभागी हुँदैछन् । नेपालबाट बिर्तामोड युनाइटेड (झापा), रेडहर्स फुटबल क्लब (इलाम), एपीएफ पकली, उर्लाबारी फुटबल क्लब, धरान एन्फा एकेडेमी तथा आयोजक काँकरभिट्टा युवा क्लब मेचीनगर प्रतिस्पर्धामा उत्रिनेछन् ।

प्रतियोगिताको विजेताले नगद रु. १ लाख १ हजार १ सयसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले नगद रु. ५१ हजार ५ सय ५० नगदसहित ट्रफी हात पार्नेछ । त्यसैगरी प्रत्येक खेलको म्यान अफ द म्याच घोषित खेलाडीलाई रु. २ हजार ५ सय नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक (बेस्ट गोलकिपर), सर्वाधिक गोलकर्ता (हाइ स्कोरर) र सर्वोत्कृष्ट खेलाडीलाई जनही रु. ५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । यस्तै उदयमान खेलाडीलाई रु. २ हजार ५ सय नगदसहित सम्मान गरिने व्यवस्था गरिएको छ । प्रतियोगिताको फाइनल खेल साउन १६ गते सम्पन्न हुनेछ ।

प्रतियोगिताको मुख्य प्रायोजक दिव्य ज्योति आई एण्ड इएनटी हस्पिटल रहेको छ भने सहप्रायोजक पशुपति बोर्डिङ स्कुल रहेको छ । मेचीनगर नगरपालिका वडा नं. ६ ले विशेष सहयोग गरेको आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै क्लबका पदाधिकारीहरूले प्रतियोगिताको मुख्य उद्देश्य स्थानीय प्रतिभावान युवा खेलाडीलाई अवसर प्रदान गर्नुका साथै फुटबलप्रति युवाको आकर्षण बढाउनु, प्रतिस्पर्धात्मक खेल संस्कृतिको विकास गर्नु र सीमावर्ती क्षेत्रको खेलकुद सम्बन्धलाई थप मजबुत बनाउनु रहेको बताए । भारतका क्लबहरूको सहभागिताले प्रतियोगिताको स्तर अझ उकासिने र स्थानीय खेलाडीले अन्तर्राष्ट्रिय अनुभव भएका टोलीसँग प्रतिस्पर्धा गर्ने अवसर पाउने विश्वास आयोजकको छ ।

क्लबका अध्यक्ष अनिल गुप्ताको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको सञ्चालन क्लबका सचिव निमा वाङ्देल तामाङले गरेका थिए । प्रतियोगिताको तयारी, व्यवस्थापन तथा उद्देश्यबारे क्लबका उपाध्यक्ष मानबहादुर तामाङले जानकारी गराएका थिए ।

आयोजकले प्रतियोगिता सफल बनाउन स्थानीय खेलप्रेमी, व्यवसायी, सरोकारवाला निकाय तथा दर्शकलाई मैदानमा उपस्थित भई खेलाडीहरूको हौसला बढाउन आग्रह गरेको छ । प्रतियोगिताले झापासहित पूर्वी नेपालको फुटबल विकासमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...