काँकरभिट्टा । मानव बेचबिखन तथा लैंगिक हिंसा रोकथाम र नियन्त्रणलाई थप प्रभावकारी बनाउन स्थानीय सरकार, सुरक्षा निकाय तथा सरोकारवाला संघसंस्थाबीच सहकार्य र समन्वय बढाउनुपर्नेमा जोड दिइएको छ। आफन्त नेपालको आयोजना तथा स्ट्याण्डर्ड चार्टर्ड बैंक नयाँ बानेश्वर काठमाडौंकाे साैजन्यमा बुधबार मेचीनगर–६, काँकरभिट्टास्थित भारी रेष्टुरेन्टमा सम्पन्न “स्थानीय निकायहरूसँगको समन्वयात्मक बैठक” का सहभागीहरूले मानव बेचबिखन तथा लैंगिक हिंसाविरुद्ध साझा प्रयास आवश्यक रहेको बताएका हुन्। कार्यक्रम “मानव बेचबिखन र लैंगिक हिंसा अन्त्यको अभियान” अन्तर्गत आयोजना गरिएको थियो। आफन्त नेपाल केन्द्रका कार्यक्रम व्यवस्थापक केशर विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेचीनगर नगरपालिकाकी नगर उपप्रमुख मीना पोखरेल उप्रेती प्रमुख अतिथि तथा प्रहरी निरीक्षक कमल विष्ट विशिष्ट अतिथि रहेका…
साओला (Saola), जसलाई "एशियन युनिकोर्न" (Asian Unicorn) पनि भनिन्छ, पृथ्वीकै सबैभन्दा दुर्लभ, अनौठो र रहस्यमयी स्तनधारी प्राणीहरूमध्ये एक हो। यो जीव वैज्ञानिक जगत्मा यति ढिलो पत्ता लाग्यो कि सन् १९९२ मा मात्रै भियतनामको भूभागमा पहिलोपटक यसको अस्तित्व फेला परेको थियो। पछिल्लो ५० वर्षमा पत्ता लागेको यो सबैभन्दा ठूलो र नयाँ स्तनधारी जीव हो। यस अनौठो प्राणीका मुख्य विशेषता र रोचक तथ्यहरू यस प्रकार छन्: १. शारीरिक बनावट र स्वरूप सिङ: साओलाको टाउकोमा सीधा, लामा र आपसमा समानान्तर परेका दुईवटा सिङहरू हुन्छन्, जुन झन्डै ५० सेन्टिमिटर (२० इन्च) सम्म लामा हुन सक्छन्。 यही सिङका कारण यसलाई 'युनिकोर्न' उपनाम दिइएको हो。 तौल…
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाइ कारवाही गर्ने भएको छ । शिक्षक राजनीतिक गतिविधिमा लागेके विषय सामाजिक सन्जालबाट हाहिरिएपछि शिक्षामन्त्री सस्मित पोखरेलले कुनैपनि राजनीतिक गतिविधिमा संलग्न हुने शिक्षकलाई कारवाही गर्न निर्देशन दिनुभएको हो । साथै उहॉले देशभरका विद्यालयमा शिक्षकको राजनीतिक गतिविधिलाइ निगरानी गर्न पनि निर्देशन दिनुभयो । यसैबिच शिक्षा विकास तथा समन्वय एकाइ, बैतडीले जिल्लाका विद्यालयमा कार्यरत शिक्षकहरूको राजनीतिक दलका कार्यक्रममा सहभागिताबारे निगरानी गर्न स्थानीय तहहरूलाई निर्देशन दिएको छ। एकाइले जिल्लाका १० वटै स्थानीय तहलाई पत्राचार गर्दै सामाजिक सञ्जालमा सार्वजनिक भएका समाचार तथा सूचनाअनुसार केही विद्यालयका शिक्षकहरू विभिन्न राजनीतिक दलका कार्यक्रममा सहभागी भएको पाइएको जनाएको छ।पत्रमार्फत…
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–६ स्थित पेलेगा डाँडाबाट निस्किरहेको धुवाँमा विषाक्त कार्बन मोनोअक्साइड रहेको प्रारम्भिक अध्ययनबाट देखिएको छ। खानी तथा भूगर्भ विभागको टोलीले स्थलगत अध्ययन गरेपछि स्थानीयलाई धुवाँ नजिक नजान, नसुँघ्न तथा आसपासको पानी प्रयोग नगर्न आग्रह गरेको छ। पेलेगा डाँडाको घाँगी भीर क्षेत्रमा लामो समयदेखि धुवाँ निस्किरहेको जानकारीपछि विभागको टोलीले बुधबार स्थलगत अध्ययन गरेको थियो। चट्टान, धुवाँको रङ, गन्ध तथा नमुनाको प्रारम्भिक परीक्षणका आधारमा धुवाँमा कार्बन मोनोअक्साइड रहेको विज्ञहरूले बताएका छन्। खानी विज्ञ प्रकाश लुइँटेलका अनुसार कार्बनयुक्त चट्टानभित्र रहेको पाइराइट खनिज अक्सिजनको सम्पर्कमा आएपछि हुने रासायनिक प्रतिक्रियाबाट ताप उत्पन्न भएको र त्यसले चट्टानलाई भित्रभित्रै बल्न सहयोग गरेको हुनसक्छ। यस क्रममा…
काँकरभिट्टा, २०८३ भदौ १९ गते ।‘प्रविधिको सही प्रयोग : मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने नाराका साथ २०औँ मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय दिवसका अवसरमा झापाको काँकरभिट्टामा जिल्लास्तरीय कार्यक्रम तथा भेला आयोजना गरिने भएको छ। मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति, झापाको आयोजना तथा कारितास नेपाल प्रादेशिक कार्यालय दमकको संयोजनमा कार्यक्रम हुन लागेको हो। दिवसका अवसरमा भदौ २० गते बिहान ७ः३० बजे काँकरभिट्टामा प्रभातफेरी (र्याली) निकालिनेछ। विभिन्न सरकारी तथा गैरसरकारी संस्था, सुरक्षा निकाय, संघ–संस्था, स्थानीयवासी र सरोकारवालाको सहभागितामा र्याली गरिने आयोजकले जनाएको छ। प्रभातफेरीपछि काँकरभिट्टा खानेपानी सरसफाइ तथा उपभोक्ता संस्थाको सभा हलमा बिहान ८ बजेबाट जिल्लास्तरीय मूल कार्यक्रम सुरु…
७ भाद्र २०८३, आईतवार, विराटनगर / विराटनगरस्थित एभरेष्ट स्कुलले प्याब्सन जिल्ला स्तरीय अंग्रेजी हिज्जे प्रतियोगिताको उपाधि जितेको छ । प्याब्सन मोरङद्वारा आज विराटनगरमा आयोजित फाइनल प्रतिस्पर्धामा ४७ विद्यालयलाई पछि पार्दै एभरेष्टले लगातार दोस्रो पटक उपाधि आफ्नो पोल्टामा पारेको हो । गत वर्ष पनि सोही प्रतियोगिताको विजेता बनेको एभरेष्टले यस पटक उपाधिसहित नगद १५ हजार रुपैयाँ र आकर्षक ट्रफी प्राप्त गरेको छ । प्रतियोगितामा विराटनगरकै दिल्ली पब्लिक स्कुल (डिपिएस) द्वितीय भएको छ । डिपिएसले नगद १० हजार रुपैयाँ प्राप्त गर्यो । त्यसैगरी, सुन्दरहरैंचाको बाल प्रतिभा स्कुल तृतीय घोषित हुँदै नगद ५ हजार रुपैयाँ प्राप्त गर्न सफल भयो । प्रतियोगितामा सुन्दरहरैंचाकै बालसदन…
आजकल हाम्रा छोराछोरीको ठूलो समय मोबाइल र सोसल मिडियाको स्क्रिनमा बितिरहेको छ। तर के हामीले ध्यान दिएका छौँ, यसले उनीहरूको मस्तिष्क, पढाइ र पारिवारिक जीवनमा कति गहिरो असर पारिरहेको छ? मस्तिष्क र स्वास्थ्यमा असर: अत्यधिक स्क्रिन टाइमले किशोर-किशोरीको ध्यान केन्द्रित गर्ने क्षमता (Attention Span) घटाउँछ। यसले गर्दा उनीहरूमा चिडचिडाहट, तनाव, र निद्रा नआउने जस्ता मानसिक समस्याहरू देखिन थालेका छन्। पढाइमा गिरावट: सोसल मिडियाको निरन्तर प्रयोगले उनीहरूको ध्यान पढाइबाट भड्काउँछ। नतिजास्वरूप एकाग्रता घट्ने र शैक्षिक स्तर कमजोर हुँदै जाने समस्या बढ्दो छ। पारिवारिक सम्बन्धमा दूरी: एउटै घरमा भएर पनि परिवारका सदस्यहरूसँग कुराकानी गर्नुको साटो मोबाइलमै हराउनाले उनीहरू सामाजिक र पारिवारिक सम्बन्धबाट…
बिशेष लेख , - हाेमराज राई, पूर्वी नेपालको एउटा गाउँ। त्यहाँ बस्ने १६ वर्षीया सृष्टि चञ्चले, मिलनसार तर मोबाइल र सामाजिक सञ्जालको लतमा फसेकी किशोरी हो। उसका बुवा हरि बिहानदेखि साँझसम्म खेतमा पसिना बगाउँछन्। आमा माया छोरीले राम्रो पढोस्, ठूलो मान्छे बनोस् भन्ने सपना देख्छिन्। तर सृष्टिलाई भने आमा–बुवाको हरेक सम्झाइ नियन्त्रण जस्तो लाग्छ। "मोबाइल धेरै नचलाऊ।" "पढाइमा ध्यान दे।" "अपरिचितसँग धेरै कुरा नगर।" यी शब्दहरू सृष्टिलाई मायाका होइन, बन्देजका आवाज जस्ता लाग्छन्। ऊ विस्तारै परिवारभन्दा मोबाइल र फेसबुकको संसारमा रमाउन थाल्छे। एक दिन फेसबुकमा "रिना गुरुङ" नामकी युवतीको फ्रेन्ड रिक्वेस्ट आउँछ। आकर्षक प्रोफाइल, मीठो बोली र माया भरिएका सन्देशहरूले…
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवसका अवसरमा आयोजित विशेष समारोहमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलविरुद्ध विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् । विश्वविद्यालयका सहकुलपति एवं विश्वविद्यालय सभाका उपाध्यक्षसमेत रहेका मन्त्री पोखरेल कार्यक्रममा सहभागी हुन पुग्दा विद्यार्थी समूहले नाराबाजीसहित विरोध प्रदर्शन गरेको हो । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गरेको भन्दै असन्तुष्ट विद्यार्थीले मन्त्री पोखरेलविरुद्ध प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले ‘मेरिटोक्रेसी लागू गर’ र ‘नेपोबेबी शिक्षामन्त्री’ जस्ता नारा अंकित प्लेकार्डहरू प्रदर्शन गरेका थिए । विश्वविद्यालय परिसरमा असहज परिस्थिति सिर्जना भएपछि सुरक्षामा खटिएको प्रहरी टोलीले प्रदर्शनरत केही विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिकोत्सव…
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रमप्रति नगरवासीले असन्तुष्टि जनाएका छन्। नगरपालिकाले सामुदायिक विकास मञ्चलाई सार्वजनिक सुनुवाइ सञ्चालनको जिम्मा दिएको भए पनि कार्यक्रममा नगरवासीको सहभागिता अत्यन्त न्यून देखिएको थियो। सार्वजनिक सुनुवाइमा अधिकांश सहभागी कर्मचारी, सञ्चारकर्मी तथा केही सीमित व्यक्तिमात्र उपस्थित भएपछि कार्यक्रमको प्रभावकारितामाथि प्रश्न उठेको छ। सहभागीहरूले सार्वजनिक सुनुवाइ केवल औपचारिकता (कर्मकाण्ड) मा सीमित भएको टिप्पणी गरेका छन्। कार्यक्रमका क्रममा शिक्षा, स्वास्थ्य तथा प्रशासनिक सेवासँग सम्बन्धित विभिन्न समस्याहरू गम्भीर रूपमा उठाइएका थिए। विशेषगरी शिक्षा क्षेत्रका कमजोरीबारे सहभागीहरूले तीखा प्रश्न उठाए पनि नगर शिक्षा प्रमुख होमनाथ भण्डारीले चित्तबुझ्दो जवाफ दिन नसकेको सहभागीहरूको भनाइ थियो। भण्डारीले भने नगरपालिकाले शिक्षा क्षेत्रको सुधार…