Skip to main content

नयाँ तृष्णा

काँकरभिट्टामा २०औँ मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस, जिल्लास्तरीय भेला हुँदै

[adsforwp id="2511"]

काँकरभिट्टा, २०८३ भदौ १९ गते ।
‘प्रविधिको सही प्रयोग : मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने नाराका साथ २०औँ मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय दिवसका अवसरमा झापाको काँकरभिट्टामा जिल्लास्तरीय कार्यक्रम तथा भेला आयोजना गरिने भएको छ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति, झापाको आयोजना तथा कारितास नेपाल प्रादेशिक कार्यालय दमकको संयोजनमा कार्यक्रम हुन लागेको हो। दिवसका अवसरमा भदौ २० गते बिहान ७ः३० बजे काँकरभिट्टामा प्रभातफेरी (र्‍याली) निकालिनेछ। विभिन्न सरकारी तथा गैरसरकारी संस्था, सुरक्षा निकाय, संघ–संस्था, स्थानीयवासी र सरोकारवालाको सहभागितामा र्‍याली गरिने आयोजकले जनाएको छ।

प्रभातफेरीपछि काँकरभिट्टा खानेपानी सरसफाइ तथा उपभोक्ता संस्थाको सभा हलमा बिहान ८ बजेबाट जिल्लास्तरीय मूल कार्यक्रम सुरु हुनेछ। कार्यक्रममा जनप्रतिनिधि, प्रशासन तथा सुरक्षा निकायका अधिकारी, स्थानीय तहका प्रतिनिधि, विभिन्न संघ–संस्था, सञ्चारकर्मी, युवा तथा अन्य सरोकारवालाको सहभागिता रहनेछ।

कार्यक्रममा कोशी प्रदेशसभा सदस्य गोपाल तामाङ प्रमुख अतिथि तथा मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मिना उप्रेती विशिष्ट अतिथिका रूपमा सहभागी हुने कार्यक्रम तालिकामा उल्लेख छ। झापाका प्रशासन तथा सुरक्षा निकायका अधिकारी, वडाध्यक्ष, शैक्षिक संस्था तथा विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिको समेत उपस्थिति रहनेछ।

कार्यक्रमको सुरुआत राष्ट्रिय गानबाट गरिनेछ। त्यसपछि भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मौनधारण गरिनेछ। माइती नेपालका प्रतिनिधि गोविन्द घिमिरेले स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पार्ने कार्यक्रम रहेको छ।

त्यसैगरी मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसँग सम्बन्धित विषयमा विषयगत प्रस्तुति, अन्तरक्रिया तथा छलफल गरिनेछ। कार्यक्रममा मानव बेचबिखन नियन्त्रणका क्षेत्रमा सहकार्य गर्दै आएका विभिन्न संघ–संस्थालाई प्रशंसापत्रसमेत प्रदान गरिने कार्यक्रम रहेको छ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका क्षेत्रमा काम गर्दै आएका माइती नेपाल, कारितास नेपाल, विभिन्न सामाजिक संस्था, प्रहरी, होटल तथा यातायात व्यवसायी, सञ्चारकर्मी, युवा क्लब र विद्यालयलगायतका सरोकारवाला निकायको सहकार्यमा जिल्लास्तरीय कार्यक्रम आयोजना गर्न लागिएको हो।

पछिल्लो समय सामाजिक सञ्जाल तथा अन्य डिजिटल प्रविधिको दुरुपयोग गरी रोजगारी, वैदेशिक रोजगारी तथा विभिन्न अवसरको प्रलोभन देखाएर मानव बेचबिखन तथा ओसारपसार हुने जोखिम बढ्दै गएकाले प्रविधिको सही र सुरक्षित प्रयोगबारे सचेतना अभिवृद्धि गर्नु यस वर्षको दिवसको प्रमुख सन्देश रहेको आयोजकको भनाइ छ।

जिल्लास्तरीय भेलामार्फत मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सरकारी निकाय, सुरक्षा संयन्त्र, स्थानीय तह, सामाजिक संस्था, सञ्चार क्षेत्र र समुदायबीच थप समन्वय र ऐक्यबद्धता कायम गर्ने उद्देश्य राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एस...
भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा,...
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...
प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...