काँकरभिट्टा, २०८३ भदौ १९ गते ।‘प्रविधिको सही प्रयोग : मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने नाराका साथ २०औँ मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय दिवसका अवसरमा झापाको काँकरभिट्टामा जिल्लास्तरीय कार्यक्रम तथा भेला आयोजना गरिने भएको छ। मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति, झापाको आयोजना तथा कारितास नेपाल प्रादेशिक कार्यालय दमकको संयोजनमा कार्यक्रम हुन लागेको हो। दिवसका अवसरमा भदौ २० गते बिहान ७ः३० बजे काँकरभिट्टामा प्रभातफेरी (र्याली) निकालिनेछ। विभिन्न सरकारी तथा गैरसरकारी संस्था, सुरक्षा निकाय, संघ–संस्था, स्थानीयवासी र सरोकारवालाको सहभागितामा र्याली गरिने आयोजकले जनाएको छ। प्रभातफेरीपछि काँकरभिट्टा खानेपानी सरसफाइ तथा उपभोक्ता संस्थाको सभा हलमा बिहान ८ बजेबाट जिल्लास्तरीय मूल कार्यक्रम सुरु…
१९ भाद्र २०८३, शुक्रबार, काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म एक हजार २९३ जनाको शव फेला परेको छ । केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार रसुवामा १४०, नुवाकोटमा १८६, धादिङमा ६५, चितवनमा ३५९, गोरखामा ७२, तनहुँमा ३८, नवलपरासीपूर्वमा २२१ र नवलपरासीपश्चिममा १९४ र भारतमा भेटिएको (नवलपरासी पश्चिममा बुझाएको) १८ गरी एक हजार २९३ शव फेलापरेको हो । घाइते भएकामध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ । जसमध्ये एक जनाको टिचिङ अस्पताल र एक जनाको राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो । फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमूना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म २२२…
१९ भदौ, काठमाडौं । जलस्रोत मन्त्रालयले उद्धार तथा विपद् राहत कार्यमा सहयोग पुर्याउन चीनले नेपालसँग आपतकालीन जलविज्ञानसम्बन्धी निगरानी सूचना निरन्तर आदानप्रदान गर्ने भएको छ । यसमा नदीमा बनेका अवरोध (ब्यारियर) तथा हिमतालबाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी जानकारीसमेत समेटिने चिनियाँ दूतावासले जानकारी दिएको छ । चीनको मौसमसम्बन्धी अधिकारीहरूले चीन–नेपालको केरुङ –रसुवा सीमा नाकामा भीषण पहिरो गएपछि नेपाललाई मौसम निगरानी, मौसम पूर्वानुमान, पूर्वसूचना तथा प्रभावसम्बन्धी सेवाहरू उपलब्ध गराउँदै आएको थियो । विपद्पछि चीनको मौसम प्रशासनले तत्कालै नेपालको मौसम विज्ञान विभागसँग भिडियोमार्फत मौसमसम्बन्धी परामर्श गरेको थियो।