Skip to main content

नयाँ तृष्णा

किरात राई यायोक्खा झापाको अध्यक्षमा गणेशबहादुर राई पुनः निर्वाचित

[adsforwp id="2511"]

बिर्तामोड । किरात राई यायोक्खा झापाको नवौँ जिल्ला अधिवेशनबाट गणेशबहादुर राई पुनः अध्यक्षमा निर्वाचित हुनुभएको छ। अधिवेशनले राईको नेतृत्वमा १७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

२०८३ भदौ २० गतेदेखि सुरु भई २१ गते सम्पन्न अधिवेशनले गणेश बा राईलाई पुनः अध्यक्षमा चयन गरेको हो। यसैगरी, यसअघि कार्यवाहक सचिवको जिम्मेवारी सम्हाल्दै आउनुभएका गौरिमान राई पुनः सचिवमा निर्वाचित हुनुभएको छ। अन्य पद तथा सदस्यहरूमा भने फेरबदल गरिएको जनाइएको छ।

किरात राई यायोक्खा झापा जिल्ला कार्यसमितिको आयोजनामा तथा किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताचोको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो। बिर्तामोडस्थित आदर्श ब्याङ्क्वेटमा आयोजित कार्यक्रममा झापाका विभिन्न पालिकाबाट प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

किरात संस्कृति, परम्परा, इतिहास र पहिचानको संरक्षण तथा प्रवर्द्धनलाई प्राथमिकता दिँदै आयोजना गरिएको अधिवेशनमा बुद्धिजीवी, समाजसेवी, सरोकारवाला, शुभेच्छुक तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

अधिवेशनलाई थप उत्साहपूर्ण बनाउन झापाका विभिन्न पालिकाबाट सहभागी टोलीहरूले किरात संस्कृति झल्काउने मौलिक नृत्य तथा सांस्कृतिक प्रस्तुति समेत दिएका थिए। सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

कार्यक्रमको सञ्चालन गौरिमान राईले गर्नुभएको थियो भने अध्यक्षता गणेश बा राईले गर्नुभएको थियो।

अधिवेशनका अवसरमा समाजमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने पत्रकार, प्रहरी, स्वास्थ्यकर्मी, समाजसेवीलगायत व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो।

नवनिर्वाचित समितिले किरात समुदायको संस्कृति, भाषा, परम्परा, इतिहास र पहिचानको संरक्षणसँगै सामाजिक एकता र समुदायको हकहितका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एस...
भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा,...
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...
प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...