Skip to main content

नयाँ तृष्णा

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

[adsforwp id="2511"]

खोटाङ। 

 नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार सम्पन्न आठौं जिल्ला अधिवेशन तथा ११ औं साधारणसभाबाट शेर्पा अध्यक्षमा  चयन हुनुभएको हो ।

नेपाल पत्रकार महासंघ खोटाङ शाखाको उपाध्यक्ष समेत रहनुभएको शेर्पा यसअघि युनियनको उपाध्यक्ष रहनुभएको थियो । एघार सदस्यीय जिल्ला कार्यसमितिको खुला उपाध्यक्ष कृष्णकला राई, महिला सदस्यमा एनिशा राई, सचिवमा सुनिल श्रेष्ठ, सहसचिवमा योगिन राई र कोषाध्यक्ष्मा मनिता राई चयन हुनुभएको छ । दिक्तेलबजारस्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न अधिवेशनबाट मनोज आचार्य, पदम हिङमाङ, मिलन आचार्य, दिनाराज कार्की र एल्जिसा राई सदस्यमा चयन गरिएको युनियनको निबर्तमान जिल्ला अध्यक्ष उत्तम चौंलागाईंले बताउनुभयो ।

अधिवेशनबाट प्रदेश महाधिवेशन प्रतिनिधिमा अमृत गिरी, पदम हिङमाङ, योगिन राई र एल्जिसा राई तथा संघीय महाधिवेशन प्रतिनिधिमा कृष्ण आचार्य, दिलीप खत्री, उत्तम चौंलागाई, राजकुमार भट्टराई, रविना सुवेदी खत्री र खिलन राई चयन हुनुभएको छ । नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई युनियनका केन्द्रीय प्रतिनिधि कृष्ण आचार्यले पद तथा गोपणीयताको शपथ ग्रहण गराउनुभएको छ ।

जिल्ला अधिवेशन तथा साधारणसभाको उद्घाटन नेपाली कांग्रेस कोशी प्रदेश समितिका महामन्त्री एवम् प्रदेशसभा सदस्य भूपेन्द्र राईले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...