Skip to main content

नयाँ तृष्णा

Day: २०८३ भाद्र २६, शुक्रबार

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ तथा नवलपरासीका विभिन्न स्थानबाट शव फेला परेका हुन् । फेला परेका शवमध्ये १ हजार २ सय ८ वटा व्यवस्थापन गरिएको छ । पहिचानका लागि मृतक र आफन्त गरी ३ हजार २३ वटा डिएनए नमुना संकलन गरिएको प्रहरीले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि ७ हजार ९ सय ७५ प्रहरी परिचालन गरिएको छ । अझै ४ हजार ८९ जना बेपत्ता छन् भने २ हजार ७ सय ३९ जना होल्डिङ सेन्टरमा रहेका छन् ।
Read More
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार सम्पन्न आठौं जिल्ला अधिवेशन तथा ११ औं साधारणसभाबाट शेर्पा अध्यक्षमा  चयन हुनुभएको हो । नेपाल पत्रकार महासंघ खोटाङ शाखाको उपाध्यक्ष समेत रहनुभएको शेर्पा यसअघि युनियनको उपाध्यक्ष रहनुभएको थियो । एघार सदस्यीय जिल्ला कार्यसमितिको खुला उपाध्यक्ष कृष्णकला राई, महिला सदस्यमा एनिशा राई, सचिवमा सुनिल श्रेष्ठ, सहसचिवमा योगिन राई र कोषाध्यक्ष्मा मनिता राई चयन हुनुभएको छ । दिक्तेलबजारस्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न अधिवेशनबाट मनोज आचार्य, पदम हिङमाङ, मिलन आचार्य, दिनाराज कार्की र एल्जिसा राई सदस्यमा चयन गरिएको युनियनको निबर्तमान जिल्ला अध्यक्ष उत्तम चौंलागाईंले बताउनुभयो…
Read More