Skip to main content

नयाँ तृष्णा

Breaking News 3

फ्रान्समा दंगापछि आंशिक कर्फ्यु, २ हजार व्यवसाय प्रभावित

फ्रान्समा दंगापछि आंशिक कर्फ्यु, २ हजार व्यवसाय प्रभावित

पेरिस । फ्रान्समा लगातार बढ्दै गएको हिंसात्मक प्रदर्शन, लुटपाट र तोडफोड नियन्त्रण गर्न सरकारले केही सहरलाई आंशिक कर्फ्यु लागू गर्ने अधिकार दिएको छ। प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले सप्ताहान्तमा भएका हिंसात्मक घटनापछि जनताको सुरक्षा र व्यापारिक प्रतिष्ठानको संरक्षणका लागि यस्तो कदम चालिएको बताएका छन्। प्रदर्शनका क्रममा फ्रान्सभर करिब २ हजार व्यवसाय प्रत्यक्ष प्रभावित भएको फ्रान्सको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रमुखले बताएका छन्। पसलहरूमा लुटपाट, तोडफोड तथा अन्य हिंसात्मक गतिविधि बढेपछि स्थानीय प्रशासनलाई थप अधिकार प्रदान गरिएको हो। प्रधानमन्त्री लेकोर्नुले फ्रान्समा यस्तो हिंसा कसरी उत्पन्न भयो भन्ने विषयमा नागरिकले जवाफ खोजिरहेको बताएका छन्। उनका अनुसार आन्दोलनको पछिल्लो स्वरूपले सार्वजनिक सुरक्षा र सामाजिक…
Read More
वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौँ। नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन्। कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत मंगलबार साँझ ७ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। उम्मेदवारी दिने समयसम्म शर्माको एकल उम्मेदवारी दर्ता भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। यसअघि गत पुसमा भएको विशेष महाधिवेशनबाट शर्मा उपसभापति चयन भएका थिए। त्यसअघि २०७८ सालमा भएको १४औं महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका थिए।
Read More
विश्वकर्मा पूजा ः धार्मिक आस्था, वैदिक इतिहास र यसको वास्तविक अर्थ

विश्वकर्मा पूजा ः धार्मिक आस्था, वैदिक इतिहास र यसको वास्तविक अर्थ

हरेक वर्ष सेप्टेम्बर महिनामा नेपाल तथा भारतका विभिन्न ठाउँमा विश्वकर्मा पूजा श्रद्धापूर्वक मनाइन्छ। विशेषगरी कारखाना, वर्कसप, ग्यारेज, उद्योग, निर्माण क्षेत्र तथा विभिन्न प्राविधिक पेशामा संलग्न मानिसहरूले आफ्ना औजार, मेसिन, सवारीसाधन र कार्यस्थलको पूजा गर्छन्। आजको समयमा यो पर्व केवल धार्मिक अनुष्ठानमा सीमित छैनस यसले श्रम, सीप, प्रविधि र उत्पादनप्रतिको सम्मानसमेत व्यक्त गर्छ। तर एउटा प्रश्न स्वाभाविक रूपमा उठ्छ—विश्वकर्मा वास्तवमा को हुन्रु विश्वकर्मा पूजा किन गरिन्छरु यसको आधार वेदमा के छरु र आज हामीले मनाउने विश्वकर्मा पूजा प्राचीन समयदेखि यस्तै थियो कि समयक्रममा यसको स्वरूप परिवर्तन भएको हो ? यी प्रश्नको उत्तर खोज्दा धार्मिक विश्वास र ऐतिहासिक तथ्यलाई छुट्टाछुट्टै बुझ्नु आवश्यक…
Read More
भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ तथा नवलपरासीका विभिन्न स्थानबाट शव फेला परेका हुन् । फेला परेका शवमध्ये १ हजार २ सय ८ वटा व्यवस्थापन गरिएको छ । पहिचानका लागि मृतक र आफन्त गरी ३ हजार २३ वटा डिएनए नमुना संकलन गरिएको प्रहरीले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि ७ हजार ९ सय ७५ प्रहरी परिचालन गरिएको छ । अझै ४ हजार ८९ जना बेपत्ता छन् भने २ हजार ७ सय ३९ जना होल्डिङ सेन्टरमा रहेका छन् ।
Read More
सरकारलाई सभामुखको ध्यानाकर्षण- महिला तथा बालबालिकाको सुरक्षा सुनिश्चित गर्नू

सरकारलाई सभामुखको ध्यानाकर्षण- महिला तथा बालबालिकाको सुरक्षा सुनिश्चित गर्नू

१७ भदौ, काठमाडौं । सभामुख डोलप्रसाद अर्याल (डीपी)ले प्रतिनिधिसभाको बैठकमा विशेष सम्बोधन गरेका छन् । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीको अवस्थामा उनले प्रतिनिधिसभाको बैठकमा विशेष सम्बोधन गरेका हुन् । उक्त बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ र चितवन जिल्लामा ठूलो मानवीय र भौतिक क्षति पुर्‍याएको छ । यसबारे विशेष सम्बोधन गर्दै सभामुख अर्यालले महिला तथा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गरेका हुन् । ‘विपद्बाट प्रभावित नागरिकको मानसिक स्वास्थ्य तथा मनोसामाजिक अवस्थाप्रति संवेदनशील हुँदै महिला तथा बालबालिकाको सुरक्षा, संरक्षण र आवश्यक सेवामा सहज पहुँच सुनिश्चित गर्न सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँछु’, सभामुख अर्यालले भने । सभामुख…
Read More
भाइरल ज्वरो र मौसमी रुघाखोकी कसरी चिन्ने ?

भाइरल ज्वरो र मौसमी रुघाखोकी कसरी चिन्ने ?

५ भाद्र २०८३, शुक्रबार , मौसम परिवर्तनसँगै अहिले धेरै मानिसमा रुघाखोकी, घाँटी दुख्ने, ज्वरो आउने, टाउको दुख्ने तथा शरीर गल्ने समस्या देखिन थालेको छ। सामान्य रुघाखोकी र भाइरल ज्वरोका लक्षण एकअर्कासँग मिल्ने भएकाले कतिपय अवस्थामा छुट्याउन गाह्रो हुन्छ। मौसमी रुघाखोकी हुँदा प्रायः नाकबाट पानी बग्ने, नाक बन्द हुने, लगातार हाछ्युँ आउने, घाँटी खसखसाउने र खोकी लाग्ने हुन्छ। ज्वरो भए पनि सामान्यतया हल्का हुन्छ। भाइरल ज्वरोमा भने शरीरको तापक्रम बढ्ने, टाउको दुख्ने, शरीर तथा मांसपेशी दुख्ने, अत्यधिक थकान हुने, जाडो लाग्ने र खोकी वा घाँटी दुख्ने जस्ता लक्षण देखिन सक्छन्। ज्वरो र शरीर दुखाइ तुलनात्मक रूपमा बढी हुन सक्छ। तर यी लक्षणका…
Read More
महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

  महोत्तरीको गौशाला नगरपालिका– ९, डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान स्कुलबस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। प्रहरीका अनुसार बिहान करिब ७:३० बजे इमली बजारबाट गौशालातर्फ जाँदै गरेको बा.१क ६१२९ नम्बरको मोडर्न सारदा शिक्षा मदन बोर्डिङ स्कुलको बस अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा बसचालक गौशाला नगरपालिका– ५ निवासी अन्दाजी ४० वर्षीय विजय भुजेलसहित बसमा सवार ६ जना घाइते भएका छन्। घाइतेमध्ये एजनाको अवस्था मध्यम रहेको तथा बाँकी पाँचजनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको उपचारका लागि बिके अस्पताल, गौशाला तथा स्थानीय मेडिकलमा पठाइएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
Read More
बेथेल मण्डली दाङको को ७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

बेथेल मण्डली दाङको को ७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  घोराही, दाङ । साउन ६, २०८३, दाङको घोराही उप–महानगरपालिका–१३, दुम्रगाउँस्थित बेथेल मण्डली दाङको ७ औं वार्षिकोत्सव समारोह विविध कार्यक्रमसहित भव्यताका साथ सम्पन्न भएको छ। “जीवन परमप्रभुले हामीहरूलाई यहाँसम्म डोर्याउँदै ल्याउनुभयो“ (१ शमूएल ७ः१२) भन्ने मूल वचनलाई आधार मानेर आयोजित यस वार्षिकोत्सव कार्यक्रममा स्थानीय विश्वासी, अगुवा तथा विभिन्न मण्डलीका पास्टरहरूको उत्साहजनक उपस्थिति रहेको थियो। बेथेल चर्च दाङका पास्टर लाल घर्ती मगर (अर्पण) ले सञ्चालन गर्नुभएको सो कार्यक्रममा मण्डलीका क्वाएर भाइ–बहिनीहरूले स्वागत गीत प्रस्तुत गर्नुका साथै ख्रीष्टिय भजनमा नृत्य र विशेष नाटक (ड्रामा) समेत प्रस्तुत गरेका थिए, जसले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। मत्ती १६ः१८ को वचन “म मेरो मण्डली यस…
Read More
लोकप्रिय मतसहित विजयी सागर ढकालको महामन्त्रीमा उम्मेदवारी घोषणा

लोकप्रिय मतसहित विजयी सागर ढकालको महामन्त्रीमा उम्मेदवारी घोषणा

चितवन . राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यमा लोकप्रिय मतसहित निर्वाचित भएका सांसद सागर ढकालले पार्टीको आगामी पदाधिकारी निर्वाचनमा महामन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । बिहीबार सार्वजनिक केन्द्रीय सदस्यको मतपरिणाममा चौथो सर्वाधिक मत प्राप्त गरेलगत्तै ढकालले सामाजिक सञ्जालमार्फत महामन्त्री पदमा उम्मेदवारी दिने निर्णय सार्वजनिक गरेका हुन् । ढकालले मतदान प्रक्रियाका क्रममा मतपत्रमा उम्मेदवारको नाम खोज्न चुनौतीपूर्ण अवस्था रहे पनि आफूलाई पहिलो चारभित्र पारेर विजयी गराएकोमा प्रतिनिधि तथा मतदाताप्रति आभार व्यक्त गरेका छन् । उनले आफ्नो विजयलाई व्यक्तिगतभन्दा पनि समर्थक, शुभेच्छुक तथा परिवर्तनको पक्षमा उभिने सबैको साझा जितका रूपमा व्याख्या गरेका छन् । निर्वाचन परिणामपछि…
Read More
मेचीनगरमा बाल संरक्षणको अवस्था सम्बन्धी अन्तरक्रिया सम्पन्न

मेचीनगरमा बाल संरक्षणको अवस्था सम्बन्धी अन्तरक्रिया सम्पन्न

  काँकरभिट्टा, झापा । मेचीनगरमा बाल संरक्षणको वर्तमान अवस्था सम्बन्धी अन्तरक्रिया कार्यक्रम बिहीबार काँकरभिट्टा क्याम्पसको सभाहलमा सम्पन्न भएको छ। बाल जागरण मञ्चको आयोजनामा सम्पन्न कार्यक्रममा बालबालिकाको बेचबिखन, बालविवाह, लागूऔषधको कुलत, बालश्रम लगायत बालअधिकारसँग सम्बन्धित विविध जटिल विषयमा छलफल गरिएको थियो। अन्तरक्रिया कार्यक्रममा यूएनडीपी (UNDP) का अनुसन्धानकर्ता दिलकुमार मगर, माइती नेपालका गोविन्द घिमिरे, नेपाल प्रहरीका प्रतिनिधि प्रहरी नायव निरीक्षक मिलनकुमारी राई , नाइट चेस क्लबका गोविन्द न्यौपाने, प्रदेश संयोजक सोमराज ढकाल, बाल जागरण मञ्चका मणिकुमार लिम्बू, महिला जनचेतना केन्द्रकी मनिला उप्रेती तथा नव अभियान नेपालका डिल्ली राम थापा मगरलगायतले आफ्नो धारणा राख्नुभएको थियो। कार्यक्रममा वक्ताहरूले आ–आफ्नो क्षेत्रबाट बाल संरक्षणका लागि भइरहेका…
Read More