Skip to main content

नयाँ तृष्णा

बेथेल मण्डली दाङको को ७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

[adsforwp id="2511"]

 

घोराही, दाङ ।
साउन ६, २०८३,

दाङको घोराही उप–महानगरपालिका–१३, दुम्रगाउँस्थित बेथेल मण्डली दाङको ७ औं वार्षिकोत्सव समारोह विविध कार्यक्रमसहित भव्यताका साथ सम्पन्न भएको छ।

“जीवन परमप्रभुले हामीहरूलाई यहाँसम्म डोर्याउँदै ल्याउनुभयो“ (१ शमूएल ७ः१२) भन्ने मूल वचनलाई आधार मानेर आयोजित यस वार्षिकोत्सव कार्यक्रममा स्थानीय विश्वासी, अगुवा तथा विभिन्न मण्डलीका पास्टरहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

बेथेल चर्च दाङका पास्टर लाल घर्ती मगर (अर्पण) ले सञ्चालन गर्नुभएको सो कार्यक्रममा मण्डलीका क्वाएर भाइ–बहिनीहरूले स्वागत गीत प्रस्तुत गर्नुका साथै ख्रीष्टिय भजनमा नृत्य र विशेष नाटक (ड्रामा) समेत प्रस्तुत गरेका थिए, जसले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। मत्ती १६ः१८ को वचन “म मेरो मण्डली यस चट्टान माथि स्थापित गर्नेछु…“ लाई स्मरण गर्दै आयोजित कार्यक्रममा विशेष वक्ता रेभ. प्रसाद बुढा मगर लगायत विभिन्न मण्डलीबाट पाल्नुभएका पास्टरज्यूहरूले जीवन्त बचन बोल्दै उपस्थित सबैलाई आशिष् र उत्साह प्रदान गर्नुभएको थियो। उहाँहरूले मण्डलीको आगामी यात्रा, एकता र आध्यात्मिक वृद्धिका बारेमा प्रकाश पार्नुभएको थियो।

साथै, कार्यक्रममा मण्डलीको वार्षिक आर्थिक प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो। यस किसिमको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुले विश्वासीहरूबीच पारदर्शिता (पारदर्शी) कायम गर्न ठूलो सहयोग पुर्याउने कुरा कार्यक्रममा बताइएको थियो।

विगत ७ वर्षदेखि मण्डलीले पार गरेको विश्वासीय यात्रा र परमप्रभुको सहायताको सराहना गर्दै शान्त र व्यवस्थित रूपमा सम्पन्न भएको यस वार्षिकोत्सव कार्यक्रमले मण्डलीका सदस्यहरूबीच आपसी एकता, उत्साह र आत्मिक आनन्द थपेको आयोजकले जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एस...
भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा,...
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...
प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...