Skip to main content

नयाँ तृष्णा

अपराध

फ्रान्समा दंगापछि आंशिक कर्फ्यु, २ हजार व्यवसाय प्रभावित

फ्रान्समा दंगापछि आंशिक कर्फ्यु, २ हजार व्यवसाय प्रभावित

पेरिस । फ्रान्समा लगातार बढ्दै गएको हिंसात्मक प्रदर्शन, लुटपाट र तोडफोड नियन्त्रण गर्न सरकारले केही सहरलाई आंशिक कर्फ्यु लागू गर्ने अधिकार दिएको छ। प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले सप्ताहान्तमा भएका हिंसात्मक घटनापछि जनताको सुरक्षा र व्यापारिक प्रतिष्ठानको संरक्षणका लागि यस्तो कदम चालिएको बताएका छन्। प्रदर्शनका क्रममा फ्रान्सभर करिब २ हजार व्यवसाय प्रत्यक्ष प्रभावित भएको फ्रान्सको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रमुखले बताएका छन्। पसलहरूमा लुटपाट, तोडफोड तथा अन्य हिंसात्मक गतिविधि बढेपछि स्थानीय प्रशासनलाई थप अधिकार प्रदान गरिएको हो। प्रधानमन्त्री लेकोर्नुले फ्रान्समा यस्तो हिंसा कसरी उत्पन्न भयो भन्ने विषयमा नागरिकले जवाफ खोजिरहेको बताएका छन्। उनका अनुसार आन्दोलनको पछिल्लो स्वरूपले सार्वजनिक सुरक्षा र सामाजिक…
Read More
मानव बेचबिखन नियन्त्रणमा पुरुषको सक्रियता बढाउँदै आफन्त नेपाल, काँकरभिट्टामा ‘ एक जिम्मेवार पुरुष समूह’ गठन

मानव बेचबिखन नियन्त्रणमा पुरुषको सक्रियता बढाउँदै आफन्त नेपाल, काँकरभिट्टामा ‘ एक जिम्मेवार पुरुष समूह’ गठन

काँकरभिट्टा, झापा । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, लैङ्गिक हिंसा न्यूनीकरण तथा समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले आफन्त नेपालले झापाको काँकरभिट्टामा ‘म एक जिम्मेवार पुरुष हुँ’ अभियानअन्तर्गत जिम्मेवार पुरुष समूह गठन गरेको छ। विभिन्न जिल्लामा गरी संस्थाले गठन गरेको यो १६ `म एक जिम्मेवार पुरुष समूह ´हो। आफन्त नेपालका जिल्ला प्रमुख मात्रिका गुरुङको अध्यक्षतामा सम्पन्न भेलामा संस्थाको केन्द्रबाट केशर विश्वकर्माको उपस्थिति रहेको थियो। भेलाले स्थानीय स्तरमा राजु खड्काको अध्यक्षतामा जिम्मेवार पुरुष समूह गठन गरेको हो। समूहमा स्थानीयस्तरबाट मनोज गुरुङ, अमन विश्वकर्मा, शिवकुमार पाठक, होमराज राई र खड्गराज कार्कीलगायत विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी छन्। समूहमा आबद्ध सदस्यहरूले मानव बेचबिखन, लैङ्गिक हिंसा…
Read More
एक अर्ब ५७ करोड बढीको हुण्डी कारोबार आशंका, विराटनगरका दुई जना पक्राउ

एक अर्ब ५७ करोड बढीको हुण्डी कारोबार आशंका, विराटनगरका दुई जना पक्राउ

विराटनगर । सुनसरी प्रहरीले एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको शंकास्पद हुण्डी कारोबारको अनुसन्धान अघि बढाउँदै विराटनगरका दुई जनालाई पक्राउ गरेको छ । बैंकिङ कारोबारको विश्लेषणका क्रममा ठूलो रकम हुण्डीमार्फत कारोबार भएको देखिएपछि उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले बताए । उनका अनुसार केही व्यक्तिले हुण्डी कारोबार गर्दै आएको विशेष सूचनाका आधारमा शंकास्पद व्यक्तिहरुको बैंकिङ कारोबारमाथि निगरानी र विश्लेषण सुरु गरिएको थियो । त्यसक्रममा व्यक्तिगत तथा विभिन्न फर्मका नाममा रहेका बैंक खातामार्फत अन्य व्यक्तिसँगको मिलेमतोमा ठूलो परिमाणमा रकम कारोबार भएको देखिएको दाबी प्रहरीको छ । प्रहरीले हालसम्मको अनुसन्धानबाट एक अर्ब ५७ करोड ६४ लाख…
Read More
बालबालिकामाथि यौन हिंसाविरुद्ध  सरोकारवालासँग अन्तरक्रिया

बालबालिकामाथि यौन हिंसाविरुद्ध सरोकारवालासँग अन्तरक्रिया

  काँकरभिट्टा। बालबालिकामाथि हुने यौनजन्य हिंसाको रोकथाम, बाल संरक्षण तथा सरोकारवाला निकायबीचको समन्वय सुदृढ गर्ने उद्देश्यले "बालबालिकामाथि हुने यौनजन्य हिंसाविरुद्ध सरोकारवालासँग अन्तरक्रिया तथा छलफल कार्यक्रम" शुक्रबार काँकरभिट्टा बहुमुखी क्याम्पसको सभाकक्षमा सम्पन्न भएको छ। अन्तरक्रिया कार्यक्रममा मेचीनगर नगरपालिकाले बालबालिकासम्बन्धी ऐन, नीति तथा कार्यविधि शीघ्र जारी गर्नुपर्ने विषयमा सहभागीहरूले विशेष जोड दिएका थिए। बाल संरक्षणजस्तो संवेदनशील विषयमा स्थानीय सरकार अभिभावकीय भूमिकामा रहेर प्रभावकारी नेतृत्व, आवश्यक सहयोग तथा सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने धारणा वक्ताहरूले व्यक्त गरेका थिए। कार्यक्रममा सिडिएफका अध्यक्ष सोमराज ढकाल, अनुसन्धानकर्ता गोविन्द न्यौपाने, एमजेकेकी अध्यक्ष सीता गुरुङ, भुवन सुब्बा, नव अभियान नेपालका डिल्लीराम थापा मगर, साहसी महिला…
Read More
ईश्वरी भुजेल मृत्यु प्रकरण : ‘नेपाली ब्रो’सहित चार जना पक्राउ

ईश्वरी भुजेल मृत्यु प्रकरण : ‘नेपाली ब्रो’सहित चार जना पक्राउ

  काठमाडौं । ४२ वर्षीया ईश्वरी भुजेलको मृत्यु घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उनका श्रीमान ‘नेपाली ब्रो’ नामले परिचित ४२ वर्षीय कुमार थापासहित अन्य तीन जना रहेका छन्। प्रहरीका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका–६, लोलाङ पैँयुटारमा भएको घरेलु विवादका क्रममा थापाले आफ्नी श्रीमती ईश्वरी भुजेलमाथि आक्रमण गरेका थिए। घटनामा गम्भीर घाइते भएकी भुजेललाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक भुजेल नेपाली सेनामा कार्यरत थिइन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घटनासम्बन्धी जाहेरीका आधारमा थप तीन जनालाई पनि नियन्त्रणमा लिइएको छ। अदालतबाट पाँच दिनको म्याद…
Read More
रुपन्देहीमा नक्कली नोट छाप्ने गिरोह पक्राउ

रुपन्देहीमा नक्कली नोट छाप्ने गिरोह पक्राउ

  काठमाडौं । रुपन्देही प्रहरीले नक्कली नेपाली नोट छाप्ने कार्यमा संलग्न दुई जनालाई पक्राउ गरेको छ। लुम्बिनी साँस्कृतिक नगरपालिका क्षेत्रबाट प्रहरीले कम्प्युटर, प्रिन्टर, मोबाइल, कैची तथा नक्कली नोटसहित उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारत उत्तर प्रदेशका ३८ वर्षीय अब्दुल हमिद र रुपन्देहीका २२ वर्षीय अनिल पासी रहेका छन्। प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा गरिएको अनुसन्धानपछि उनीहरुलाई पक्राउ गरिएको हो। पक्राउ परेकाबाट पाँच सय दरका ३० थान नक्कली नोटसहित नोट छाप्न प्रयोग गरिएका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।
Read More
मालीमा विद्रोहीको भीषण हमला: आत्मघाती ट्रक बम विस्फोटमा रक्षामन्त्रीको मृत्यु

मालीमा विद्रोहीको भीषण हमला: आत्मघाती ट्रक बम विस्फोटमा रक्षामन्त्रीको मृत्यु

काठमाडौं । पश्चिम अफ्रिकी देश मालीमा विद्रोही समूहले गरेको भीषण आत्मघाती हमलापछि देशको सुरक्षा अवस्था झनै तनावपूर्ण बनेको छ। पछिल्लो अपडेट अनुसार राजधानी नजिकै सैन्य मुख्यालय लक्षित गरी ट्रक बम विस्फोट गराइएको थियो, जसमा मालीका रक्षामन्त्रीको मृत्यु भएको पुष्टि गरिएको छ। स्थानीय सुरक्षा अधिकारीहरूका अनुसार विस्फोट अत्यन्त शक्तिशाली थियो, जसले भवनका संरचनामा ठूलो क्षति पुर्‍याउनुका साथै दर्जनौं सैनिक घाइते भएका छन्। केही घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतक संख्या अझ बढ्न सक्ने आशंका गरिएको छ। प्रारम्भिक अनुसन्धानले घटनामा इस्लामिक उग्रवादी समूहहरूको संलग्नता हुन सक्ने संकेत गरेको छ। मालीमा पछिल्ला वर्षहरूमा यस्ता समूहहरूको गतिविधि बढ्दै गएको छ, विशेष गरी उत्तरी र मध्य…
Read More
भारतको तमिलनाडुस्थित पटाका फ्याक्ट्रीमा विस्फोट, २३ जनाको मृत्यु

भारतको तमिलनाडुस्थित पटाका फ्याक्ट्रीमा विस्फोट, २३ जनाको मृत्यु

एजेन्सी , काठमाडौँ । भारतको तमिलनाडु प्रदेशस्थित विरुधुनगर जिल्लाको एक पटाका फ्याक्ट्रीमा भएको विस्फोटमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ । घटनामा अन्य ६ जना घाइते भएका छन्, उनीहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । पटाका फ्याक्ट्री विरुधुनगर जिल्लाको वाचक्करपट्टी प्रहरी थाना अन्तर्गत पर्ने कट्टानारपट्टी इलाकामा रहेको छ । ५० भन्दा बढी कोठाहरू रहेको यस फ्याक्ट्रीमा १०० भन्दा बढी कामदार कार्यरत थिए । आइतबार दिउँसो फ्याक्ट्रीको अगाडिको बरन्डामा अचानक विस्फोट भएको थियो, जसको चपेटमा त्यहाँ काम गरिरहेका मजदुरहरू परेका थिए । जिल्ला अग्नि नियन्त्रण अधिकारी गणेशले बीबीसी तमिललाई बताएअनुसार, दुर्घटनापछि पनि पटाकाहरू निरन्तर पड्किरहेकाले उद्धार कार्यमा कठिनाइ उत्पन्न…
Read More
हिरासतबाट छुटाइदिने भन्दै रकम ठगी गर्ने दुई झापाली पक्राउ

हिरासतबाट छुटाइदिने भन्दै रकम ठगी गर्ने दुई झापाली पक्राउ

१० चैत्र २०८२, मंगलवार, झापा । लागूऔषधसहित पक्राउ परेका व्यक्तिलाई छुटाइदिने भन्दै डेढ लाख रकम ठगी गर्ने झापा कमल गाउँपालिकाका वडा सदस्यका छोरासहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कमल गाउँपालिका वडा नं ६ का वडा सदस्य टंक खड्काका छोरा कमल ६ खयरबारी बस्ने बर्ष ३२ का सुमन खड्का र दमक नगरपालिका वडा नं. ९ जिम्दार चोक बस्ने वर्ष ३० का अरुण दनुवार रहेका छन् । उनीहरुले गत फागुन २५ गते दिउँसो १ बजे लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका कमल गाउँपालिका वडा नं. ६ का लक्ष्मण राजवंशीलाई छुटाइदिने भन्दै सो रकम लिएको आरोप छ । कमल ६ गुवाबारीस्थित सडकखण्डबाट पक्राउ…
Read More
रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने

रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने

४ फाल्गुन २०८२, सोमबार, काठमाडौं। जिल्ला अदालत, कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दायर सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा तत्काल फिर्ता नहुने आदेश दिएको छ। सोमबार न्यायाधीश नितिश राईको एकल इजलासले मुद्दा फिर्ता सम्बन्धी निवेदनमाथि सुनुवाइ गर्दै तत्काल फिर्ता गर्न नमिल्ने आदेश गरेको हो। अदालतले यस विषयमा सर्वोच्च अदालतबाट हुने आदेश जिल्ला अदालतमा पेश भएपछि मात्रै आवश्यक निर्णय लिने स्पष्ट पारेको छ। यसअघि जिल्ला अदालत, रूपन्देहीले पनि लामिछानेविरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा तत्काल फिर्ता नगर्ने निर्णय गरेको थियो। महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते लामिछानेविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गर्दै सम्बन्धित जिल्ला सरकारी…
Read More