Skip to main content

नयाँ तृष्णा

भारतको तमिलनाडुस्थित पटाका फ्याक्ट्रीमा विस्फोट, २३ जनाको मृत्यु

[adsforwp id="2511"]

एजेन्सी ,

काठमाडौँ । भारतको तमिलनाडु प्रदेशस्थित विरुधुनगर जिल्लाको एक पटाका फ्याक्ट्रीमा भएको विस्फोटमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ । घटनामा अन्य ६ जना घाइते भएका छन्, उनीहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

पटाका फ्याक्ट्री विरुधुनगर जिल्लाको वाचक्करपट्टी प्रहरी थाना अन्तर्गत पर्ने कट्टानारपट्टी इलाकामा रहेको छ । ५० भन्दा बढी कोठाहरू रहेको यस फ्याक्ट्रीमा १०० भन्दा बढी कामदार कार्यरत थिए ।

आइतबार दिउँसो फ्याक्ट्रीको अगाडिको बरन्डामा अचानक विस्फोट भएको थियो, जसको चपेटमा त्यहाँ काम गरिरहेका मजदुरहरू परेका थिए ।

जिल्ला अग्नि नियन्त्रण अधिकारी गणेशले बीबीसी तमिललाई बताएअनुसार, दुर्घटनापछि पनि पटाकाहरू निरन्तर पड्किरहेकाले उद्धार कार्यमा कठिनाइ उत्पन्न भएको थियो ।

विरुधुनगर पटाका र सलाई उत्पादनका लागि भारतमा प्रसिद्ध मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...