Skip to main content

नयाँ तृष्णा

अपराध

झापामा लागूऔषध तथा मानव बेचबिखन बढ्दा सरोकारवालामा चिन्ता

झापामा लागूऔषध तथा मानव बेचबिखन बढ्दा सरोकारवालामा चिन्ता

१८ मंसिर २०८२, बिहीबार, झापा । पूर्वी नाका काँकरभिट्टालगायतका क्षेत्रमा लागूऔषध तथा मानव बेचबिखनका घटनाहरू बढ्दै गएपछि सरोकारवालामा चिन्ता बढेको छ। नेपाल प्रहरी प्रदेश कार्यालय धरानले लागूऔषध तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत बिहीबार एकदिने अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। इलाका प्रहरी कार्यालय काँकरभिट्टाको सभाहलमा सम्पन्न कार्यक्रममा वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयाँलले लागूऔषध र अन्य अपराधिक गतिविधि बढ्दै गएको प्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको थियो। उहाँले भने, “लागूऔषध र मानव बेचबिखन विरुद्धको अभियान प्रारम्भ त भएको छ, तर यसलाई पूर्ण रूपमा नियन्त्रण गर्न अझै धेरै काम गर्न बाँकी छ।” कार्यक्रममा प्रहरी निरीक्षक जस बहादुर लिम्बु तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू…
Read More
हराएका चार नेपाली बालबालिका भारतबाट उद्धार

हराएका चार नेपाली बालबालिका भारतबाट उद्धार

२३ श्रावण २०८२, शुक्रबार, झापा । भारतका विभिन्न स्थानबाट हराएका चार जना नेपाली बालबालिकाको उद्धार गरी नेपाल ल्याइएको छ। धम्पालथान गाउँपालिका–७, मारेङ कमलपुरका १४ वर्षीय सर्बेन्द्र सिंह नुनिया भारतको फरबिसगञ्जस्थित मामाघरमा आफन्तको विवाहमा जन्ती जान गएका थिए। कलकत्तातर्फ जाने गाडिमा सुतिरहेको अवस्थामा हराएका उनी पाँच महिना पछि भारतको सिनी, कलकत्ताले फेला परे। उनलाई नव अभियान नेपालको समन्वय र नेपाल प्रहरी काँकरभिट्टाको सहयोगमा काँकरभिट्टामा उनका अभिभावक बलराम कुमारसिंह नुनियालाई बुझाइएको हो। भोजपुर, दोभाने मातेल–५ की १६ वर्षीया सम्निमा राई घरबाट हराएको १६ दिनपछि जलपाईगुडीस्थित बालिकाहरुको लागि निजलोय गृहको सहयोगमा उद्धार गरिएको छ। आफन्तको सल्लाहबिना होटेलमा काम लगाइदिने बहानामा भारत पुर्‍याइएकी एक…
Read More
मानव बेचबिखन नियन्त्रणमा राज्य गम्भीर नभएको भन्दै सरोकारवालाहरुको चिन्ता

मानव बेचबिखन नियन्त्रणमा राज्य गम्भीर नभएको भन्दै सरोकारवालाहरुको चिन्ता

२ श्रावण, झापा । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा राज्यले जिम्मेवार ढंगले अगाडि नबढेको भन्दै सरोकारवालाहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबार बिर्तामोडमा आयोजना गरेको सरोकारवालाबीचको बैठकमा सहभागीले मानव बेचबिखन विभिन्न स्वरूपमा फैलिँदै गएको र राज्य गम्भीर नदेखिएको बताएका हुन्। बैठकमा मानव बेचबिखन र ओसारपसारलाई मानव अधिकारको गम्भीर उल्लंघनका रूपमा व्याख्या गर्दै सहभागीहरूले यसको नियन्त्रणका लागि राज्य, स्थानीय सरकार तथा सरोकारवाला निकायहरूको साझा प्रयास अपरिहार्य रहेको धारणा राखे। स्थानीय तहहरूले समेत नीति निर्माण गरी, मानव बेचबिखनविरुद्ध क्रियाशील समितिहरूलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्नेमा जोड दिइएको थियो। बैठकमा प्रलोभनमा पारेर मानिस ठगिने, बेचिने, यौन तथा श्रम शोषणमा पारिने…
Read More
टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज प्रबन्ध निर्देशकसहित १८ जना विरुद्ध बिशेष अदालतमा भ्रष्टचारको मुद्दा दायर गरेको हो । विशेष अदालतमा आइतबार दायर मुद्दामा ३३ करोड ४७ लाख रुपैयाँ भ्रष्टाचार भएको दाबी गरिएको जनाइएको छ। विस्तृत आउन बाँकी छ ।
Read More
तीनकुने घटनामा दुर्गा प्रसाईंसहित ६५ जनाविरुद्ध मुद्दा दर्ता

तीनकुने घटनामा दुर्गा प्रसाईंसहित ६५ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं। काठमाडौंको तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक घटनामा संलग्न रहेको अभियोगमा विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ६५ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार ६२ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । बाँकी ३ जना नाबालक प्रतिवादीविरुद्ध सोमबार मुद्दा दायर गर्ने तयारी गरेको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख रामहरि शर्मा काफ्लेले दुर्गा प्रसाईं, रवीन्द्र मिश्र, धवलशमशेर राणालगायतलाई प्रतिवादी बनाएर अदालतमा अभियोजन दर्ता गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार दुर्गा प्रसाईंमाथि राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, हत्या, संगठित अपराध, ज्यान मार्ने उद्योग र एकीकृत कसुरमा अभियोग लगाइएको छ ।…
Read More
भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको उत्तर क्षेत्रमा पर्ने पञ्जाब राज्यको अमृतसर जिल्लामा अवैध रक्सी सेवनका कारण २१ जनाको निधन भएको छ भने थप १० जना गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छन् । भारतमा वर्षेनी सयौं मानिसहरूले घरेलु स्तरमा बनाइने सस्तो रक्सी सेवन गर्दा ज्यान गुमाउने गरेका छन् । यस्ता रक्सीहरूलाई अझै बलियो बनाउने उद्देश्यले मेथानोल मिसाउने गरिन्छ, जसले आँखाको दृष्टि गुम्नु, कलेजोमा क्षति र मृत्युसम्म निम्त्याउन सक्छ । ताजा घटना सोमबार राति अमृतसर जिल्लाको पाँच वटा गाउँमा घटेको हो । मेथानोल मिसाइएको रक्सी सेवन गरेपछि स्थानीय बासिन्दाहरू बिरामी परेका थिए । जिल्लाका वरिष्ठ प्रहरी अधिकारी मनिन्दर सिंहकाअनुसार ती २१ जनाको ज्यान गएको…
Read More
भारतीय कम्पनीको नाममा ठगी धन्दा, आफूलाई पढाउने शिक्षकद्वारा लाखौं ठगीए

भारतीय कम्पनीको नाममा ठगी धन्दा, आफूलाई पढाउने शिक्षकद्वारा लाखौं ठगीए

झापा । भारतमा रहेको एक कम्पनीमा काम लगाइदिने भनी दार्चुलाका २० बर्षीय सिंहठगुन्ना आफूलाई पढाउने शिक्षकबाट २ लाख ठगीएको छ । भारतको सिलगुडी स्थित ग्लामाजोन लाइफस्टाईल नामक कम्पनीमा काम लगाइदिने बहनामा नेपालको बैतडी जिल्ला घर भएको शिक्षक भानसिहं धामीले काम लगाईदिने भनी ठगेको हो । बृद्धाअबश्थामा धेरै दुख गरेर आमाले जोह गरेको सुन बेचेको १ लाख र ऋण खोजेर १ लाखगरि जम्मा २ लाख छोराले राम्रो काम पाएछ भनी पठाइ दिनुभएको रकम स्वाहा भएको पीडित बताउँछन् । पीडितको अनुसार आफूले ४ जना युवालाई लगेर उनीहरुबाट दुइ–दुई लाख कम्पनीलाई बुझाएमात्र कमिसन बापद अठाइस हजार आठसय पाउने भएपछि आफूले मान्छे ल्याउन नसकेपछि…
Read More
काँकरभिट्टाको होटलबाट गैँडाको खागसहित भारतीय पक्राउ

काँकरभिट्टाको होटलबाट गैँडाको खागसहित भारतीय पक्राउ

२४ पुस, मेचीनगर । काँकरभिट्टा स्थित हिमालय गेस्ट हाउसबाट गैँडाको खाग जस्तो देखिने वस्तु र खैरो हिरोइनसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । आज दिउँसो साढे ३ वजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख एवम् डीएसपी मिमबहादुर लामाको कमाण्डमा खटिएको टोलीले हिमालय गेस्ट हाउसको १०२ नं.कोठामा बसेका भारत वेष्ट बंगाल उत्तर मेन्दाबारी बस्ने नारायण रामधामबाट गैँडाको खाग जस्तो देखिने वस्तु बरामद गरेको हो । प्रहरीका अनुसार इनटेक्स लेखिएको कार्टुनभित्र १८.६ इन्च सतह गोलाइ, ८.६ इन्च उचाइ, १ केजी ७०० ग्राम तौल भएको गैँडाको खाग जस्तो देखिने वस्तु रहेको छ । त्यस्तै प्रहरीले रामधामबाट प्लाष्टिकसहित ३ ग्राम ७६० मिलिग्राम लागुऔषध (खैरो…
Read More
झापाका विवादित पत्रकार पुजन घिमिरे पक्राउ

झापाका विवादित पत्रकार पुजन घिमिरे पक्राउ

८ मंसिर, झापा । विभिन्न काण्ड तथा घटनामा पटकपटक विवादमा आइरहने झापाका विवादित पत्रकार पुजन घिमिरे पक्राउ परेका छन् । घिमिरेमाथि शारिरिक रुपमा अशक्त रोङ–६ इलामका एक व्यक्तिलाई निर्घात कुटेको आरोप छ । प्रहरीले घिमिरेसहित ५ जनामाथि अभद्र व्यवहारको मुद्धामा जिल्ला प्रशासन कार्यलय इलामबाट म्याद लिएर अनुसन्धान गरिरहेको जनाएको छ । रोङ–६ सलकपुर इलाम स्थायी घर भएका घिमिरे र सोही ठाउँका देवेन्द्र खड्कालाई इलाका प्रहरी कार्यलय पशुपतिनगरबाट खटिएको टोलीले शुक्रबार साझँ झापाको बिर्तामोडबाट पक्राउ गरेको हो । अन्य तीन आरोपितहरु सोही ठाउँका भुवन गहतराज, मणी तामाङ र डिल्लीराम सापकोटालाई भने यसअघि नै पक्राउ परिसकेको इप्रका पशुपतिनगरका प्रहरी निरीक्षक छे फिन्जो…
Read More
बलात्कार आरोपित प्रहरी जवान थुनामा

बलात्कार आरोपित प्रहरी जवान थुनामा

७ मंसिर, धादिङ । १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरी जवान थुनामा पुगेका छन् । चितवन जिल्ला माडी नगरपालिका–३ का २८ वर्षीय हरी नारायण महतोलाई जिल्ला अदालत धादिङको शुक्रबारको आदेशले पुर्पक्षका  लागि थुनामा पठाएको छ। जिल्ला न्यायाधीश  मनकुमारी विक जिएमको इजलासले बालिका बलात्कार गरेको आरोपमा हिरासतमा राखिएका महतोलाई पुर्पक्षका लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रह्लाद सिलवालले जानकारी दिए । आरोपित महतोले बालिकालाई नीलकण्ठ नगरपालिका –३ मा ०८१ असोज ५ गते बलात्कार गरेको भन्दै कात्तिक  १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेपछि सोही दिन हिरासतमा लिइएको थियो । पीडितको कात्तिक १५ गते धादिङ अस्पतालमा स्वास्थ्य परीक्षण भएको थियो।
Read More