Skip to main content

नयाँ तृष्णा

झापामा लागूऔषध तथा मानव बेचबिखन बढ्दा सरोकारवालामा चिन्ता

[adsforwp id="2511"]

झापा । पूर्वी नाका काँकरभिट्टालगायतका क्षेत्रमा लागूऔषध तथा मानव बेचबिखनका घटनाहरू बढ्दै गएपछि सरोकारवालामा चिन्ता बढेको छ। नेपाल प्रहरी प्रदेश कार्यालय धरानले लागूऔषध तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत बिहीबार एकदिने अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाको सभाहलमा सम्पन्न कार्यक्रममा वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयाँलले लागूऔषध र अन्य अपराधिक गतिविधि बढ्दै गएको प्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको थियो। उहाँले भने, “लागूऔषध र मानव बेचबिखन विरुद्धको अभियान प्रारम्भ त भएको छ, तर यसलाई पूर्ण रूपमा नियन्त्रण गर्न अझै धेरै काम गर्न बाँकी छ।”

कार्यक्रममा प्रहरी निरीक्षक जस बहादुर लिम्बु तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू उपस्थित थिए। सहभागी सरोकारवालाले लागूऔषध र मानव बेचबिखन जस्ता जघन्य अपराधमा संलग्नलाई कडा कानुनमार्फत दण्डित गर्नुपर्ने माग राखेका थिए।

साथै, प्रहरी नेतृत्वले आम नागरिक र समुदायको सक्रिय सहभागिताले नै लागूऔषधको कारोबार र सेवनलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिने बताए। पछिल्ला समयमा नाकामा बढ्दो निगरानीका बाबजुद पनि यी अपराधका घटनाहरू बढ्दै गएपछि स्थानीयवासीहरू चिन्तित बनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...