५ मंसिर, मेचीनगर । मानब बेचबिखन तथा अन्य जघन्य अपराध नियन्त्रणका लागि नेपाल भारतका सघ–संस्थाहरुबीच बृहत अन्तरकृया कार्यक्रम भएको छ । आज बिश्व बाल दिवसको अवसर पारेर सनलप कलकताको आयोजनामा साथै कञ्चनजघा उद्धार केन्द्र सिलगुडी र माइती नेपाल काँकरभिट्टाको समन्वयमा मानब बेचबिखन तथा अन्य अपराधमूलक कार्य नियन्त्रण सम्बनिध एक दिवसिय अन्तरकृया कार्यक्रम भएको हो । मानब बेचबिखन तथा अन्य जघन्य हिंसात्मक अपराधहरुमा ठूलो संख्यामा बिश्वभर छिटो र सरल तरिकाले सफलता हात पार्न नेटवर्किङ संजाल फिंजाएका छन् । ती अपराधमूलक घटनामा संलग्न गिरोहलाई निरुत्साहित पार्न अबका दिनहरुमा आफूहरु सक्रिय हुनुपर्ने माइती नेपालका क्षेत्रिय अध्यक्ष गोबिन्द घिमिरेको भनाइ थियो । यस कार्यक्रममा…
२३ कार्तिक, झापा। झापाको शिवसताक्षीबाट नगदसहित १८ जना जुवाडे पक्राउ परेका छन्। वडा नम्बर ११ ब्याङडाँडास्थित चन्द्रमणि रिमालको घरको तल्लो तलामा जुवा खेलिरहेका १८ जनालाई नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार जुवा अखडाबाट चार लाख ५४ हजार ५०० पनि बरामद भएको छ। पक्राउ पर्नेमा सताक्षीधाम मन्दिरका अध्यक्ष तुलाराम बोखिम भनिने तुला सुब्बा, घरधनी चन्द्रमणि रिमाल, शिवसताक्षी नगरपालिका वडा नम्बर ५ का मुकेश राउत, वडा नम्बर ११ का राजेन्द्र बाँस्कोटा, वडा नम्बर ४ का शेवराज राजवंशी छन्। यस्तै, वडा नम्बर ७ का छत्रबहादुर सोडारी, वडा नम्बर ६ का लोकनाथ दुलाल, वडा नम्बर ४ का रुपनारायण शाह,…
१३ कार्तिक, काँकरभिट्टा । भन्सार छलेर नेपालतर्फ आउँदै गरेको ठुलो परिमाणमा अवैध मदिरा बोकेको सवारी साधनसहित चालक काँकरभट्टामा पक्राउ परेका छन् । आज विहान ९ बजे काँकरभिट्टा भन्सार गेट पछाडिबाट नेपालतर्फ आउँदै गरेको बीआर २२ ५०५१ नम्बरको भारतीय कारलाई इलाका प्रहरी कार्यालयको टोलीले चेकजाँच गर्दा सो कारमा फल्स बटम बनाई डिकी लगायतका अन्य भागहरुमा लुकाएको अवस्थामा ब्ल्याक माउन्टेन ह्विस्की २५४ बोतल , सुपर स्ट्रोङ बियर २४ बोतल बरामद गरेको हो । बरामद मदिराको अन्दाजी मूल्य १ लाख ९८ हजार ९०० र गाडीको बिगो समेत गरी ८ लाख ९८ हजार ९०० को सामानसहित भारतीय चालक जितेन्द्रकुमार पासवानलाई मेची भन्सार कार्यालयमा बुझाइएको…
७ कात्तिक, काठमाडौं । काठमाडौंको कोटेश्वरबाट लगेर ललितपुरको चाल्नाखेलमा बन्धक बनाइएकी महिलाको उद्दार गरिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, ललितपुरको संयुक्त टोलीले ती महिलालाई उद्दार गरेको प्रहरीले जनाएको छ । पीडित महिला गर्भवती समेत रहेकी छन् । वैदेशिक रोजगारीमा पठाइदिने भनेर लिएको १६ लाख रुपैयाँ फिर्ता नदिएको भन्दै उनलाई बन्धक बनाएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । प्रहरीले यसमा संलग्न एक महिलालाई पनि नियन्त्रणमा लिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईका अनुसार, लेनदेनको विषय जोडिएपछि दुवैलाई ल्याएर सोधपुछ गरिनेछ । त्यसपछि यसमा कारबाही प्रक्रिया कसरी अघि बढ्छ भन्ने निर्क्यौल हुने प्रहरीले बताएको छ…
११ आश्विन, एजेन्सी। एउटा सार्वजनिक विद्यालयमा सौभाग्य ल्याउने उद्देश्यले गरिएको कथित अनुष्ठान बलिमा एक सात वर्षीय बालकको हत्या गरेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको प्रहरीले शुक्रबार जनाएको छ । प्रसिद्ध ताजमहल नजिकैको हाथरस सहरमा रहेको छात्रावासमा आफ्नै ओछ्यानमा पीडित बालकलाई आइतबार राति मृत फेला पारिएको थियो । अधिकारीहरूलाई सूचित गर्नुको सट्टा विद्यालयका निर्देशक दिनेश बघेलले शवलाई आफ्नो कारको डिक्कीमा लुकाएर राखेको प्रहरीले बताएको छ । प्रहरी अधिकारी हिमांशु माथुरले बघेलका पिताले आयोजना गरेको कालो जादु (तान्त्रिक विधि) समारोहअघि नै बालकको हत्या गरिएको बताए । “बालकलाई अनुष्ठानको हिस्साका रूपमा वेदीमा लैजाने योजना थियो तर समारोह पूरा हुनुभन्दा अघिनै उनलाई मारियो”, उनले…
२ आश्विन, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले पक्राउ गर्न प्रहरीलाई अनुमति दिएकाे छ । सर्लाहीमा कार्यक्रम गर्ने तयारीमा रहेका प्रसाईंलाई जिल्ला अदालत काठमाडौंले गाली बेइज्जती मुद्दामा पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । यसअघि प्रहरीको साइबर ब्यूरोले पक्राउ गर्न अदालतसँग अनुमति माग गरेको थियो । प्रसाईंसहित उनका बडीगाड जीवन पाण्डे, सुनौला बजारका प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ ।
२१ भाद्र , काठमाडौं । काठमाडौं उपत्यकामा हुने सवारी चोरीपैठारीका घटनाहरुलाई नियन्त्रण गर्न र चोरीएका सवारी साधनहरुलाई खोजतलास गर्दै त्यस्ता चोरीमा संलग्न व्यक्तिहरु माथी बिशेष निग्रानी गर्न उपत्यका ट्राफिक प्रहरी कार्यालयको छुट्टै टोली खटिदै आएको छ । पछिल्लो समय थप सक्रियतापूर्बक खटिदै आएको चोरी नियन्त्रण टोलीले काठमाडौँ महानगरपालिका ३१ स्थित मध्य बानेश्वरबाट बिहीबार मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । शंकास्पद अवस्थामा से ७ प ८५६२ नम्बरको नयाँ मोडलको ३५० सिसिको बुलेट मोटरसाइकल चलाइरहेका अछाम जिल्ला चौरपाटी गाउँपालिका २ घर भई कोटेश्वर बस्ने बर्ष २८ को हिमाल खत्रीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । खत्रीसँग बरामद भएको…
२० भाद्र, काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन यथाशीघ्र संशोधन गरी समयसापेक्ष बनाइने बताएका छन्। मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १८औँ राष्ट्रिय दिवसका अवसरमा महिला, कानुन र विकास मञ्चले आयोजना गरेको छलफलमा मन्त्री साहले प्रक्रिया पूरा गरेर ऐन संशोधन गरिने बताएका हुन्। उनले विसं २०८१ मा ऐन संशोधन गरिसक्ने गरी प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। मन्त्री सुडीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन संशोधनका लागि एक हप्ता भित्र मन्त्रिपरिषद्मा लैजाने तयारी भइरहेको जानकारी दिए। “कानुन बनाएर वा संशोधन गरेर मात्र पुग्दैन, यसको कार्यान्वयन पनि हुनुपर्छ। कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक…
१९ भाद्र, काठमाडौं । ११ महिनाअघि इजरायलमाथि आक्रमण गरेको हमास नेता याह्या सिनवारसहितका नेताहरुविरुद्ध अमेरिकाले आपराधिक मुद्दा चलाएको छ । अमेरिकी न्याय विभागले भनेको छ, हमासका ६ नेताहरुविरुद्ध मुद्दा चलाइएको हो । हमासका नेताहरुमाथि अमेरिकी नेताहरुको हत्या, आतंकवादलाई वित्तीय सहयोग र नरसंहार गर्ने घातक हतियारको प्रयोग लगायतका उजुरी छ । अमेरिकाले मुद्दा चलाएका नेताहरुमध्ये तीन जनाको हवाई हमलामा मृत्यु भइसकेको छ । बीबीसीका अनुसार इस्माइल हनिया, मारवान इस्सा र मोहम्मद जाएफको मृत्यु भइसकेको छ । सिनवार भने कुनै सुरुङभित्र लुकेर बसेको अनुमान छ । अमेरिकाको न्याय विभागले भनेको छ, ‘यो हमासबाट भएका हमलामा हमासका प्रमुख नेताहरुलाई जवाफदेही ठहर्याउने पहिलो प्रयास…
१७ भाद्र , झापा । आमूल परिवर्तन नागरिक पार्टीले धार्मिक स्थलमाथिको अतिक्रमण, जातीय तथा महिला बालबालिका माथि भएका हिंसाको विरूद्धमा राजधानी काठमाण्डौको माइतीघर मण्डलामा खबरदारी तथा विरोध प्रदर्शन कार्यक्रम आयोजना गर्नेभएको छ । पार्टीको मुद्दा पहिचान तथा कार्यक्रम/आन्दोलन परिचालन विभागका प्रमुख तथा पार्टीका उपमहासचिव विदुर अधिकारीले अब यो पार्टीले कुनै पनि प्रकारका अन्याय, अत्याचार, दमन शोषण, हिंसा र विभेदबारे मुकदर्शक भएर नबस्ने तर जनचेतना र परिचालनका प्रभावकारी कार्यक्रम लिएर आउने अनि जनसामान्यमा भयरहितता सुरक्षा तथा न्यायको वातावरण महसुस गराउने बताउनुभयो । कार्यक्रमको जानकारी : धार्मिक स्थलमाथि आक्रमण, जातीय भेदभाव, महिला बालबालिकामाथि हिंसा विरूद्धमा खबरदारी कोणसभा तथा विरोध प्रदर्शन कार्यक्रममा सहभागिता…