Skip to main content

नयाँ तृष्णा

झापाका विवादित पत्रकार पुजन घिमिरे पक्राउ

[adsforwp id="2511"]

झापा । विभिन्न काण्ड तथा घटनामा पटकपटक विवादमा आइरहने झापाका विवादित पत्रकार पुजन घिमिरे पक्राउ परेका छन् । घिमिरेमाथि शारिरिक रुपमा अशक्त रोङ–६ इलामका एक व्यक्तिलाई निर्घात कुटेको आरोप छ ।

प्रहरीले घिमिरेसहित ५ जनामाथि अभद्र व्यवहारको मुद्धामा जिल्ला प्रशासन कार्यलय इलामबाट म्याद लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

रोङ–६ सलकपुर इलाम स्थायी घर भएका घिमिरे र सोही ठाउँका देवेन्द्र खड्कालाई इलाका प्रहरी कार्यलय पशुपतिनगरबाट खटिएको टोलीले शुक्रबार साझँ झापाको बिर्तामोडबाट पक्राउ गरेको हो ।

अन्य तीन आरोपितहरु सोही ठाउँका भुवन गहतराज, मणी तामाङ र डिल्लीराम सापकोटालाई भने यसअघि नै पक्राउ परिसकेको इप्रका पशुपतिनगरका प्रहरी निरीक्षक छे फिन्जो भोटेले जानकारी दिनुभयो ।

घटना विवरण अनुसार गत कार्तिक १६ गते ११ बजे रोङ–६ सलकपुर इलामका किरण भन्ने वीरबहादुर वाइवाको घरमा घिमिरेसहित ५ जनाको टोली देउसी खेल्ने बहानामा पुगेका थिए । दुर्घटनामा परेर अशक्त भएका वाइवालाई घरभित्र सुतिरहेको अवस्थामा भित्रै प्रवेश गरि उठाएर बाहिर निकालेका थिए ।

बाहिर निकालेर अध्याँरो कुनामा लगेर सामुहिक रुपमा मरणासन्न हुनेगरि कुटेर भागेका थिए । कुटपिटबाट वाइवाको आँखा, टाउको र खुट्टामा गहिरो चोट लागेको छ । बिर्तामोडस्थित बिएण्सी अस्पतालमा ९ दिनको उपचारपछि वाइवा घर फर्किसकेका छन् ।

प्रहरीले घटना भएकै दिन गत कार्तिक १६ गते डिल्लीराम सापकोटालाई पक्राउ गरेको थियो । त्यसको भोलीपल्ट भुवन गहतराज, मणी तामाङ पक्राउ परेका थिए । घटनापछि घिमिरे र खड्का भने फरार थिए । उनीहरुलाई शुक्रबार बिर्तामोड–५ धिमालचोकस्थित घिमिरेको प्रेमीकाको डेरामा बसेको अवस्थामा प्रहरी प्रक्राउ गर्न पुगेको थियो ।

घिमिरेको प्रेमी प्रहरीलाई भित्र पस्न अवरोध गर्दै ढोकामा ताला लगाएर निस्किएकी थिइन् । प्रहरीले स्थानीय जनप्रतिनिधीको रोहवरमा ताला फुटाएर घिमिरे र खड्कालाई प्रक्राउ गरेको थियो ।

घिमिरे यसअघि पनि मानिस अपहरण तथा शरिर बन्दक मुद्धामा प्रक्राउ परि अदालतको आदेशमा छुटेका थिए । त्यो भन्दा पहिलो मेचीनगरस्थित जोरसिमलको शसस्त्र प्रहरीको चेकपोष्टमा रकम असुली गर्ने प्रहरीको भिडियो खिचेर बार्गेलिङ्ग गरैको आरोपमा पक्राउ परि जिल्ला प्रशासन कार्यलय झापाले धरौटीमा छोडेको थियो । हाल सामाजिक संजाल फेसबुकमा रातिराति जनप्रतिनिधी, पत्रकार, व्यवसायी र सरकारी कर्मचारीको चरित्रहत्या गर्ने गरि स्टाटस पोष्ट गर्ने गरेका छन् ।

मुलुकी अपराध संहिता, २०७४ को दफा ११८ को उपदफा २ मा अभद्र व्यवहार गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना गराउन सक्ने कानुनी व्यवस्था छ । कानुनतः एक वर्षसम्म कैद सजाय हुने मुद्दाको किनारा प्रमुख जिल्ला अधिकारीले गर्न सक्नेछन् । यद्यपि अभद्र व्यवहारका अधिकांश मुद्दामा आरोपीलाई माफी मगाएर छाडिने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...