साओला (Saola), जसलाई "एशियन युनिकोर्न" (Asian Unicorn) पनि भनिन्छ, पृथ्वीकै सबैभन्दा दुर्लभ, अनौठो र रहस्यमयी स्तनधारी प्राणीहरूमध्ये एक हो। यो जीव वैज्ञानिक जगत्मा यति ढिलो पत्ता लाग्यो कि सन् १९९२ मा मात्रै भियतनामको भूभागमा पहिलोपटक यसको अस्तित्व फेला परेको थियो। पछिल्लो ५० वर्षमा पत्ता लागेको यो सबैभन्दा ठूलो र नयाँ स्तनधारी जीव हो। यस अनौठो प्राणीका मुख्य विशेषता र रोचक तथ्यहरू यस प्रकार छन्: १. शारीरिक बनावट र स्वरूप सिङ: साओलाको टाउकोमा सीधा, लामा र आपसमा समानान्तर परेका दुईवटा सिङहरू हुन्छन्, जुन झन्डै ५० सेन्टिमिटर (२० इन्च) सम्म लामा हुन सक्छन्。 यही सिङका कारण यसलाई 'युनिकोर्न' उपनाम दिइएको हो。 तौल…
काँकरभिट्टा, २०८३ भदौ १९ गते ।‘प्रविधिको सही प्रयोग : मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने नाराका साथ २०औँ मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय दिवसका अवसरमा झापाको काँकरभिट्टामा जिल्लास्तरीय कार्यक्रम तथा भेला आयोजना गरिने भएको छ। मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति, झापाको आयोजना तथा कारितास नेपाल प्रादेशिक कार्यालय दमकको संयोजनमा कार्यक्रम हुन लागेको हो। दिवसका अवसरमा भदौ २० गते बिहान ७ः३० बजे काँकरभिट्टामा प्रभातफेरी (र्याली) निकालिनेछ। विभिन्न सरकारी तथा गैरसरकारी संस्था, सुरक्षा निकाय, संघ–संस्था, स्थानीयवासी र सरोकारवालाको सहभागितामा र्याली गरिने आयोजकले जनाएको छ। प्रभातफेरीपछि काँकरभिट्टा खानेपानी सरसफाइ तथा उपभोक्ता संस्थाको सभा हलमा बिहान ८ बजेबाट जिल्लास्तरीय मूल कार्यक्रम सुरु…
आजकल हाम्रा छोराछोरीको ठूलो समय मोबाइल र सोसल मिडियाको स्क्रिनमा बितिरहेको छ। तर के हामीले ध्यान दिएका छौँ, यसले उनीहरूको मस्तिष्क, पढाइ र पारिवारिक जीवनमा कति गहिरो असर पारिरहेको छ? मस्तिष्क र स्वास्थ्यमा असर: अत्यधिक स्क्रिन टाइमले किशोर-किशोरीको ध्यान केन्द्रित गर्ने क्षमता (Attention Span) घटाउँछ। यसले गर्दा उनीहरूमा चिडचिडाहट, तनाव, र निद्रा नआउने जस्ता मानसिक समस्याहरू देखिन थालेका छन्। पढाइमा गिरावट: सोसल मिडियाको निरन्तर प्रयोगले उनीहरूको ध्यान पढाइबाट भड्काउँछ। नतिजास्वरूप एकाग्रता घट्ने र शैक्षिक स्तर कमजोर हुँदै जाने समस्या बढ्दो छ। पारिवारिक सम्बन्धमा दूरी: एउटै घरमा भएर पनि परिवारका सदस्यहरूसँग कुराकानी गर्नुको साटो मोबाइलमै हराउनाले उनीहरू सामाजिक र पारिवारिक सम्बन्धबाट…
काँकरभिट्टा । भारतका विभिन्न संरक्षण गृहमा रहेका चार जना नेपाली बालबालिकालाई सुरक्षित रूपमा स्वदेश फिर्ता ल्याई परिवारसँग पुनर्मिलन गराइएको छ। भारतको पश्चिम बंगाल सरकार, कोलकातास्थित नेपालको महावाणिज्यदूतावास र नव अभियान नेपालबीचको निरन्तर समन्वय तथा सहकार्यपछि उनीहरूको स्वदेश फिर्ती प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको हो। पुनर्मिलन गराइएका बालबालिकामा १५ वर्षीया अनुषा परियार तथा १७ वर्षीय कृष्ण ऋषिदेव, राम ऋषिदेव र श्याम ऋषिदेव रहेका छन्। कृष्ण, राम र श्याम एकै परिवारका तीन दाजुभाइ हुन्। (उनीहरू एउटै परिवारका दाजुभाइका छोराहरु हुन) । ( बालबालिकाको गोपनीयता र सुरक्षालाई ध्यानमा राखी समाचारमा प्रयोग गरिएका नाम परिवर्तन गरिएको हो। ) सुनसरीको धरान क्षेत्रकी अनुषा करिब तीन…
बिशेष लेख , - हाेमराज राई, पूर्वी नेपालको एउटा गाउँ। त्यहाँ बस्ने १६ वर्षीया सृष्टि चञ्चले, मिलनसार तर मोबाइल र सामाजिक सञ्जालको लतमा फसेकी किशोरी हो। उसका बुवा हरि बिहानदेखि साँझसम्म खेतमा पसिना बगाउँछन्। आमा माया छोरीले राम्रो पढोस्, ठूलो मान्छे बनोस् भन्ने सपना देख्छिन्। तर सृष्टिलाई भने आमा–बुवाको हरेक सम्झाइ नियन्त्रण जस्तो लाग्छ। "मोबाइल धेरै नचलाऊ।" "पढाइमा ध्यान दे।" "अपरिचितसँग धेरै कुरा नगर।" यी शब्दहरू सृष्टिलाई मायाका होइन, बन्देजका आवाज जस्ता लाग्छन्। ऊ विस्तारै परिवारभन्दा मोबाइल र फेसबुकको संसारमा रमाउन थाल्छे। एक दिन फेसबुकमा "रिना गुरुङ" नामकी युवतीको फ्रेन्ड रिक्वेस्ट आउँछ। आकर्षक प्रोफाइल, मीठो बोली र माया भरिएका सन्देशहरूले…
काठमाडौं । टिकटकले आफ्नो प्लेटफर्ममा एआईमार्फत सिर्जना गरिएको कन्टेन्टलाई सहज रूपमा चिन्ने र बुझ्ने क्षमता विकास गर्न प्रयोगकर्तालाई सहयोग पुर्याउने उद्देश्यले नयाँ पहलको घोषणा गरेको छ । प्रयोगकर्ताले सुरक्षित डिजिटल अनुभव प्राप्त गर्न सकून् भन्ने लक्ष्यका साथ कम्पनीले जेनेरेटिभ एआईले कन्टेन्ट क्रियट गर्ने र शेयर गर्ने तरिकामा ल्याइरहेको परिवर्तनलाई मध्यनजर गर्दै यस्तो पहल अघि बढाइएको टिकटकले जनाएको छ । आगामी केही साताभित्र टिकटकले नेपालमा एपभित्रै एआई साक्षरता हब सञ्चालनमा ल्याउने भएको छ । प्रयोगकर्ताले एआईसँग सम्बन्धित विषय खोज्दा यो हबमार्फत् शैक्षिक कन्टेन्ट उपलब्ध हुनेछ । यसले एआई-जेनेरेटेड कन्टेन्ट चिन्ने तरिका तथा एआईमा आधारित अनुभवलाई अझ आत्मविश्वासका साथ प्रयोग गर्ने…
सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? धेरै इसाईहरूले ६६६ अंक देख्नेबित्तिकै त्यसलाई अशुभ वा ख्रीष्ट-विरोधीको चिन्ह ठान्ने गर्छन्। तर बाइबलले वास्तवमा के सिकाउँछ ? आज मेरो व्यक्तिगत बाइबल अध्ययनको क्रममा एज्रा २ अध्याय पढ्दै गर्दा एउटा रोचक कुरा भेट्टाएँ। बाबेलको कैदबाट फर्किएका इस्राएलीहरूको नामावलीमा अदोनीकामका सन्तान ६६६ जना थिए (एज्रा २:१३)। यहाँ ६६६ केवल जनगणनाको संख्या हो। यस पदमा यसलाई अशुभ, श्रापित वा दुष्टताको प्रतीक भनिएको छैन। त्यसपछि मलाई प्रकाश १३:१८ सम्झना आयो, जहाँ ६६६ "पशुको संख्या" भनेर उल्लेख गरिएको छ। तर त्यसको सन्दर्भ भविष्यवाणीको हो। त्यहाँ ६६६ परमेश्वरको विरोध गर्ने शक्तिको प्रतीकका रूपमा प्रयोग गरिएको छ, कुनै पनि…
मेचीनगर। मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि कार्यरत आफन्त नेपाल झापा शाखाले त्रैमासिक कार्य प्रगति समीक्षा तथा स्थानीय निकायहरूसँगको समन्वयात्मक बैठक सम्पन्न गरेको छ। मेचीनगर–६ का वडा अध्यक्ष ध्रुवकुमार राई को प्रमुख आतिथ्यता तथा शाखा प्रमुख मात्रिका गुरुङ को अध्यक्षतामा आयोजित कार्यक्रममा प्रितिका थामीले संस्थाको त्रैमासिक कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। प्रतिवेदनअनुसार मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्य अभियानअन्तर्गत सीमा अनुगमन, सूचना सम्प्रेषण, उद्धार तथा बचावट, परामर्श सेवा, आकस्मिक आवास गृह सञ्चालन, भारतबाट उद्धार तथा स्वदेश फिर्ती, चितवनस्थित पुनःस्थापना केन्द्रमार्फत सेवा प्रवाह, व्यावसायिक सीप विकास तालिम, सामाजिक नेतृत्व विकास तालिम, पारिवारिक पुनर्मिलन, समुदाय परिचालन, सचेतना तथा पैरवीलगायतका…
झापामा पटक–पटक ट्राफिक नियम उल्लंघन गर्ने चार जना चालकको सवारी चालक अनुमति–पत्र (लाइसेन्स) निलम्बन (खारेजी) को सिफारिसमा परेको छ । पटक–पटक ट्राफिक नियम उल्लंघन गरेको पाइएपछि ती चालकहरूको लाइसेन्स ६ महिनाका लागि निलम्बन गर्न यातायात कार्यालयलार्ई पत्राचार गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । नियम उल्लंघनमा पटक–पटक कारबाही पर्दा पनि अटेर गरी गल्ती दोहो¥याउने चालकहरूको लाइसेन्स निलम्बनका लागि यातायात कार्यालयलाई पत्राचार गरिएको उनले जानकारी दिए । सवारी तथा यातायात व्यवस्था ऐन–२०४९को प्रावधान अनुसार पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने चालकको लाइसेन्स छ महिनासम्म निलम्बन गर्न सक्ने व्यवस्था रहेको छ । सोही कानूनी…
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि ५०० रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकले नयाँ नोटका संकेत नम्बर तथा सुरक्षण विशेषता समेत सार्वजनिक गरेको छ। राष्ट्रबैंकका अनुसार आजदेखि चलचल्तीमा आउने ५०० रुपैयाँका नोटको अगाडिपट्टि पाँच विशेषता रहनेछन्। १. नोटको मध्य खण्डमा प्रतिज्ञामूलक वाक्यांश राखिएको छ, ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५०० रुपैयाँ पाँच सय तुरुन्त पाइनेछ।’ २. नोटको बायाँतर्फ सगरमाथा हिमालको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको तल्लो खण्डमा सिरिज नम्बर ‘विक्रम सम्वत २०८२’ लेखिएको छ। पानीछापको बायाँतर्फ फरक क्षमता भएका (दृष्टिबिहीन) हरुले स्पर्श…