Skip to main content

नयाँ तृष्णा

टिकटकले नेपालमा एआई साक्षरता हब सञ्चालनमा ल्याउने

[adsforwp id="2511"]

 

काठमाडौं । टिकटकले आफ्नो प्लेटफर्ममा एआईमार्फत सिर्जना गरिएको कन्टेन्टलाई सहज रूपमा चिन्ने र बुझ्ने क्षमता विकास गर्न प्रयोगकर्तालाई सहयोग पुर्‍याउने उद्देश्यले नयाँ पहलको घोषणा गरेको छ ।

प्रयोगकर्ताले सुरक्षित डिजिटल अनुभव प्राप्त गर्न सकून् भन्ने लक्ष्यका साथ कम्पनीले जेनेरेटिभ एआईले कन्टेन्ट क्रियट गर्ने र शेयर गर्ने तरिकामा ल्याइरहेको परिवर्तनलाई मध्यनजर गर्दै यस्तो पहल अघि बढाइएको टिकटकले जनाएको छ ।

आगामी केही साताभित्र टिकटकले नेपालमा एपभित्रै एआई साक्षरता हब सञ्चालनमा ल्याउने भएको छ । प्रयोगकर्ताले एआईसँग सम्बन्धित विषय खोज्दा यो हबमार्फत् शैक्षिक कन्टेन्ट उपलब्ध हुनेछ ।

यसले एआई-जेनेरेटेड कन्टेन्ट चिन्ने तरिका तथा एआईमा आधारित अनुभवलाई अझ आत्मविश्वासका साथ प्रयोग गर्ने सम्बन्धी व्यावहारिक जानकारी प्रदान गर्ने आशा लिइएको छ ।

टिकटकको ग्लोबल पब्लिक पोलिसी टीमका एआई प्रमुख टम वर्गिसले भने, ‘हामीले टिकटकमा एआई प्रयोग गर्दा प्रयोगकर्ताले आवश्यक सन्दर्भ, आत्मविश्वास र नियन्त्रणको अनुभव गर्न सकून् भन्ने चाहन्छौं । एआईद्वारा सिर्जना गरिएका कन्टेन्ट पहिचान गर्न, ती कसरी तयार हुन्छन् भन्ने बुझ्न तथा एआई टुललाई सिर्जनात्मक र जिम्मेवार ढंगले प्रयोग गर्न सहयोग गर्ने प्रविधि, साझेदारी र शैक्षिक कन्टेन्टमा हामी निरन्तर लगानी गरिरहेका छौं ।’

टिकटकले एआई साक्षरता प्रवद्र्धन गर्ने विश्वसनीय संस्थासँगको सहकार्यलाई पनि निरन्तर विस्तार गरिरहेको छ । नोभेम्बर २०२५ मा सुरु गरिएको यस पहलअन्तर्गत तयार पारिएका शैक्षिक कन्टेन्टले हालसम्म संयुक्त रूपमा २० करोडभन्दा बढी भ्युज प्राप्त गरेको छ ।

टिकटकले यस प्रोग्रामका लागि हालसम्म ४० लाख अमेरिकी डलरभन्दा बढी लगानी गरिसकेको छ र आगामी दिनमा विश्वभरका अझ धेरै समुदायसम्म यसको पहुँच विस्तार गर्ने प्रतिबद्धता जनाएको छ ।

जेनेरेटिभ एआईले स्टोरीटेलिंग र सिर्जनात्मक अभिव्यक्तिका नयाँ सम्भावना सिर्जना गरे पनि यसको दुरुपयोग गरी ठूलो परिमाणमा स्पाम कन्टेन्ट उत्पादन गर्न सकिने जोखिम भएकाले टिकटकले स्पाम कन्टेन्टलाई निषेध गर्दै आएको उल्लेख छ ।

सन् २०२६ को पहिलो त्रैमासिकमा कम्पनीले ८६ मिलियन भन्दा बढी नक्कली अकाउन्ट हटाएको जनाएको छ । स्पाम कन्टेन्ट नियमित रूपमा पोस्ट गर्ने अकाउन्ट पहिचान गर्न थप उन्नत प्रणाली परीक्षण गर्ने उल्लेख छ ।

विशेषगरी राजनीति तथा समसामयिक विषय, फाइनान्सियल सुझाव र स्वास्थ्यसम्बन्धी जानकारीजस्ता सार्वजनिक विश्वास र जनकल्याणसँग सम्बन्धित क्षेत्रमा भ्रामक कन्टेन्ट फैलिन नदिन यी प्रणाली उपयोग गरिने उल्लेख छ ।

अनलाइनखबर,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...