Skip to main content

नयाँ तृष्णा

टिकटकले नेपालमा एआई साक्षरता हब सञ्चालनमा ल्याउने

[adsforwp id="2511"]

 

काठमाडौं । टिकटकले आफ्नो प्लेटफर्ममा एआईमार्फत सिर्जना गरिएको कन्टेन्टलाई सहज रूपमा चिन्ने र बुझ्ने क्षमता विकास गर्न प्रयोगकर्तालाई सहयोग पुर्‍याउने उद्देश्यले नयाँ पहलको घोषणा गरेको छ ।

प्रयोगकर्ताले सुरक्षित डिजिटल अनुभव प्राप्त गर्न सकून् भन्ने लक्ष्यका साथ कम्पनीले जेनेरेटिभ एआईले कन्टेन्ट क्रियट गर्ने र शेयर गर्ने तरिकामा ल्याइरहेको परिवर्तनलाई मध्यनजर गर्दै यस्तो पहल अघि बढाइएको टिकटकले जनाएको छ ।

आगामी केही साताभित्र टिकटकले नेपालमा एपभित्रै एआई साक्षरता हब सञ्चालनमा ल्याउने भएको छ । प्रयोगकर्ताले एआईसँग सम्बन्धित विषय खोज्दा यो हबमार्फत् शैक्षिक कन्टेन्ट उपलब्ध हुनेछ ।

यसले एआई-जेनेरेटेड कन्टेन्ट चिन्ने तरिका तथा एआईमा आधारित अनुभवलाई अझ आत्मविश्वासका साथ प्रयोग गर्ने सम्बन्धी व्यावहारिक जानकारी प्रदान गर्ने आशा लिइएको छ ।

टिकटकको ग्लोबल पब्लिक पोलिसी टीमका एआई प्रमुख टम वर्गिसले भने, ‘हामीले टिकटकमा एआई प्रयोग गर्दा प्रयोगकर्ताले आवश्यक सन्दर्भ, आत्मविश्वास र नियन्त्रणको अनुभव गर्न सकून् भन्ने चाहन्छौं । एआईद्वारा सिर्जना गरिएका कन्टेन्ट पहिचान गर्न, ती कसरी तयार हुन्छन् भन्ने बुझ्न तथा एआई टुललाई सिर्जनात्मक र जिम्मेवार ढंगले प्रयोग गर्न सहयोग गर्ने प्रविधि, साझेदारी र शैक्षिक कन्टेन्टमा हामी निरन्तर लगानी गरिरहेका छौं ।’

टिकटकले एआई साक्षरता प्रवद्र्धन गर्ने विश्वसनीय संस्थासँगको सहकार्यलाई पनि निरन्तर विस्तार गरिरहेको छ । नोभेम्बर २०२५ मा सुरु गरिएको यस पहलअन्तर्गत तयार पारिएका शैक्षिक कन्टेन्टले हालसम्म संयुक्त रूपमा २० करोडभन्दा बढी भ्युज प्राप्त गरेको छ ।

टिकटकले यस प्रोग्रामका लागि हालसम्म ४० लाख अमेरिकी डलरभन्दा बढी लगानी गरिसकेको छ र आगामी दिनमा विश्वभरका अझ धेरै समुदायसम्म यसको पहुँच विस्तार गर्ने प्रतिबद्धता जनाएको छ ।

जेनेरेटिभ एआईले स्टोरीटेलिंग र सिर्जनात्मक अभिव्यक्तिका नयाँ सम्भावना सिर्जना गरे पनि यसको दुरुपयोग गरी ठूलो परिमाणमा स्पाम कन्टेन्ट उत्पादन गर्न सकिने जोखिम भएकाले टिकटकले स्पाम कन्टेन्टलाई निषेध गर्दै आएको उल्लेख छ ।

सन् २०२६ को पहिलो त्रैमासिकमा कम्पनीले ८६ मिलियन भन्दा बढी नक्कली अकाउन्ट हटाएको जनाएको छ । स्पाम कन्टेन्ट नियमित रूपमा पोस्ट गर्ने अकाउन्ट पहिचान गर्न थप उन्नत प्रणाली परीक्षण गर्ने उल्लेख छ ।

विशेषगरी राजनीति तथा समसामयिक विषय, फाइनान्सियल सुझाव र स्वास्थ्यसम्बन्धी जानकारीजस्ता सार्वजनिक विश्वास र जनकल्याणसँग सम्बन्धित क्षेत्रमा भ्रामक कन्टेन्ट फैलिन नदिन यी प्रणाली उपयोग गरिने उल्लेख छ ।

अनलाइनखबर,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा,...
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...
प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...
अर्जेन्टिनाको समुद्र सुकेको होइन: भाइरल भिडियोको वास्तविकता के हो ?

अर्जेन्टिनाको समुद्र सुकेको होइन: भाइरल भिडियोको वास्तविकता के हो ?

काठमाडौँ — सामाजिक सञ्जालमा पछिल्लो समय अर्जेन्टिनाको समुद्र अचानक सुकेको, समुद्रको पानी हराएको तथा ठूलो प्राकृतिक विपत्ति आउन ला...