Skip to main content

नयाँ तृष्णा

आजदेखि ५०० रुपैयाँ दरका नयाँ नोट, सक्कली चिन्न थाहा पाउनुहोस् ७ विशेषता

[adsforwp id="2511"]

 

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि ५०० रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकले नयाँ नोटका संकेत नम्बर तथा सुरक्षण विशेषता समेत सार्वजनिक गरेको छ।

राष्ट्रबैंकका अनुसार आजदेखि चलचल्तीमा आउने ५०० रुपैयाँका नोटको अगाडिपट्टि पाँच विशेषता रहनेछन्।

१. नोटको मध्य खण्डमा प्रतिज्ञामूलक वाक्यांश राखिएको छ, ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५०० रुपैयाँ पाँच सय तुरुन्त पाइनेछ।’

२. नोटको बायाँतर्फ सगरमाथा हिमालको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको तल्लो खण्डमा सिरिज नम्बर ‘विक्रम सम्वत २०८२’ लेखिएको छ। पानीछापको बायाँतर्फ फरक क्षमता भएका (दृष्टिबिहीन) हरुले स्पर्श गरेर नोटको दर पहिचान गर्नका लागि दुईवटा कालो थोप्लाहरु छन्।

३.  सगरमाथा हिमालको दायाँतर्फ अण्डाकार आकृतिभित्र सिधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने कुबेरको चित्र रहेको छ।

४. नोटमा गर्भनर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ।

५. नोटमा ३.५ मीमी चौडा भएको सिधा हेर्दा रोतो र ढल्काएर हेर्दा हरियो देखिने सुरक्षण धागो रहेको छ।

६. नोटको मध्यखण्डमा पाटे बाघको चित्र र सोको माथि अंग्रेजी भाषामा सबै क्यापिटल लेटरमा नेपाल राष्ट्र बैंक लेखिएको छ।

७. नोटको तल्लो खण्डमा अंग्रेजी भाषामा क्यापिटल लेटरमा रुपिज फाइभ हन्ड्रेड र सिरिज नम्बर २०२५ ए.डी. लेखिएको छ।

राष्ट्र बैंकका अनुसार नयाँ डिजाइन र थप सुरक्षण विशेषतासहितको ५०० रुपैयाँको नोट बुधबारदेखि बैंक तथा वित्तीय संस्थामार्फत बजारमा प्रवाह गरिनेछ। नयाँ नोट प्रचलनमा आए पनि हाल चलनचल्तीमा रहेका पुराना ५०० रुपैयाँका नोट भने यथावत् वैध रहने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...