नगर प्रमुख बुढाथोकीद्वारा उद्घाटन, स्मारिका विमोचन, सम्मान तथा सांस्कृतिक प्रस्तुतिसहित मनाइयो २५औँ स्थापना दिवस काँकरभिट्टा, झापा । झापाको मेचीनगर नगरपालिका–६, काँकरभिट्टास्थित क्वाइनोनिया दिव्य शान्ति ख्रीष्टिय मण्डलीले स्थापनाको २५औँ वर्ष पूरा गरेको अवसरमा रजत महोत्सव सम्पन्न गरेको छ। धार्मिक तथा सांस्कृतिक कार्यक्रमसँगै मण्डलीको २५ वर्षे इतिहास, सेवा र सामाजिक यात्रालाई स्मरण गर्दै आयोजना गरिएको समारोहमा विभिन्न क्षेत्रका पास्टर, मण्डलीका अगुवा, प्रतिनिधि तथा श्रद्धालुहरूको उल्लेख्य सहभागिता रहेको थियो। रजत महोत्सवको औपचारिक उद्घाटन मेचीनगर नगरपालिका–६ का वडाध्यक्ष ललितबहादुर तामाङ, मण्डलीका अध्यक्ष तथा पास्टर रामकुमार थापा, क्वाइनोनिया पाटन मण्डलीका वरिष्ठ पास्टर रेभ. डा. मङ्गलमान महर्जन, झापा जिल्ला इसाई समाजका अध्यक्ष रेभ. पास्टर ईसाहक सेन्चुरी…
काठमाडौँ / एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा आज अफगानिस्तानविरुद्ध नेपालले ५ विकेटको जित हात पारेको छ। टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १६ बल बाँकी हुँदै पूरा गरेको हो। नेपाललाई जित दिलाउन सन्दिप जोराले ३४ र रोहित पौडेलले ३३ रनको योगदान गरे। कुशल भुर्तेल शून्य रनमै आउट भए भने आसिफ शेख पनि २ रन बनाएर पेभेलियन फर्किए। त्यसपछि आएका जोराले ३५ बलमा ३४ रन बनाएर रनआउट हुनपुगे। कुशल मल्ल पनि ९ रनमा रनआउट भए। रोहितले ३२ बलमा ३३ रन हाने। दीपेन्द्र सिंह ऐरीले १८ बलमा १५ रन जोडे भने गुल्सन झाले १ बलमा १ रन लिँदै नेपाललाई…
निसोसिया, साइप्रस । वैदेशिक रोजगारीका क्रममा साइप्रसमा रहेका नेपाली इसाई विश्वासीहरूको संस्था 'साइप्रस नेपाली सङ्गति'ले नेपालका बाढीपीडितहरूको उद्धार तथा राहतका लागि रु. २ लाख ५६ हजार आर्थिक सहयोग उपलब्ध गराएको छ। सङ्गतिमा आबद्ध सदस्यहरूबाट सङ्कलित उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको हो।सङ्गतिकी कोषाध्यक्ष उमा केसीका अनुसार, प्रवासमा रहेका नेपाली सदस्यहरूको सामूहिक प्रयास र ऐक्यबद्धताबाट यो रकम सङ्कलन गरी प्रक्रियागत रूपमा पठाइएको हो। त्यस्तै, सङ्गतिकी अगुवा माला श्रेष्ठले देशमा आइपर्ने हरेक विपत्ति र कठिन परिस्थितिमा नेपाली इसाईहरू सदैव अग्रपङ्क्तिमा उभिने बताउनुभयो। "देशका लागि निरन्तर प्रार्थनासँगै आफ्नै सानो प्रयासबाट सहयोग रकम पठाउन पाउँदा सम्पूर्ण सङ्गति परिवार भावुक…
काठमाडौँ। संघीय संसद अन्तर्गत दुवै सदनको बैठक साेमबार बस्दैछ। संसद सचिवालयले सिंहदबारमा प्रतिनिधि सभाको बैठक साेमबार दिउँसो १ बजे बस्ने जनाएकाे हाे। बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुने भएकाे छ। त्यस्तै, महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेकाे छ । बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सचिवालयले जनाएकाे हाे।…
काठमाडौं, नेपाल राष्ट्र बैंकले नयाँ विशेषता समेटिएको ५० रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याउने भएको छ। राष्ट्र बैंकले साविककै आकार तथा रङमा नयाँ नोट चलनचल्तीमा ल्याउन लागेको हो। राष्ट्र बैंकका अनुसार नयाँ ५० रुपैयाँको नोटमा संकेत नं. ट २४, ०००००१ देखि ण ७०, ९९९९९९ सम्म भएका नोट जारी गरिनेछ। नोटमा २०८३ साल असोज २ गतेदेखि चलनचल्तीमा ल्याउने उल्लेख छ। नयाँ नोटको अगाडिको भागको मध्य खण्डमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग भएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० रुपैयाँ पचास तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञामूलक वाक्यांश राखिएको छ। नोटको बायाँतर्फ सगरमाथा हिमालको चित्र तथा दायाँतर्फ…
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–६ स्थित पेलेगा डाँडाबाट निस्किरहेको धुवाँमा विषाक्त कार्बन मोनोअक्साइड रहेको प्रारम्भिक अध्ययनबाट देखिएको छ। खानी तथा भूगर्भ विभागको टोलीले स्थलगत अध्ययन गरेपछि स्थानीयलाई धुवाँ नजिक नजान, नसुँघ्न तथा आसपासको पानी प्रयोग नगर्न आग्रह गरेको छ। पेलेगा डाँडाको घाँगी भीर क्षेत्रमा लामो समयदेखि धुवाँ निस्किरहेको जानकारीपछि विभागको टोलीले बुधबार स्थलगत अध्ययन गरेको थियो। चट्टान, धुवाँको रङ, गन्ध तथा नमुनाको प्रारम्भिक परीक्षणका आधारमा धुवाँमा कार्बन मोनोअक्साइड रहेको विज्ञहरूले बताएका छन्। खानी विज्ञ प्रकाश लुइँटेलका अनुसार कार्बनयुक्त चट्टानभित्र रहेको पाइराइट खनिज अक्सिजनको सम्पर्कमा आएपछि हुने रासायनिक प्रतिक्रियाबाट ताप उत्पन्न भएको र त्यसले चट्टानलाई भित्रभित्रै बल्न सहयोग गरेको हुनसक्छ। यस क्रममा…
चीनको गुप्तचर निकायले तीव्र गतिमा विकसित भइरहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको दुरुपयोगबाट देशको राजनीतिक तथा सामाजिक सुरक्षामा खतरा उत्पन्न हुन सक्ने चेतावनी दिएको छ। चीनको राज्य सुरक्षा मन्त्रालय (एमएसएस) ले आइतबार पहिलोपटक सार्वजनिक रूपमा एआईबाट उत्पन्न हुन सक्ने सुरक्षा जोखिमबारे विस्तृत धारणा सार्वजनिक गरेको भनेर फाइनान्सियल टाइम्सले लेखेको छ। मन्त्रालयका अनुसार एआईको दुरुपयोगबाट चीनको साइबर सुरक्षा, संवेदनशील सूचना तथा सैन्य संयन्त्रसमेत जोखिममा पर्न सक्छन्। राज्य सुरक्षा मन्त्री चेन यीशिनले शत्रुतापूर्ण शक्ति तथा गलत नियत भएका व्यक्तिहरूले जेनेरेटिभ एआई प्रविधिको दुरुपयोग गरिरहेको बताएका छन्। उनका अनुसार डीपफेक अडियो तथा भिडियो, एआईबाट तयार पारिएका पाठ तथा तस्बिर र ‘इन्टेलिजेन्ट ट्रोल आर्मी’ प्रयोग…
काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एसिया कपमा छनोट भएको हो । मलेसियाको वायुमास ओभलमा भएको फाइनल खेलमा नेपालले यूएईमाथि ४४ रनको जित हासिल गरेको हो । नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको यूएई ४९.१ ओभरमा २६९ रनमा अलआउट भयो । यूएईका लागि राहुल चोपराले अविजित शतक बनाएपनि पर्याप्त हुन सकेन । तनिश सुरीले ४२ रन बनाए । कप्तान हरप्रित भाटियाले ३३ रन बनाए । नेपालका लागि करण केसीले ३ विकेट लिए । ललित राजवंशीले २ तथा कप्तान सन्दीप लामिछाने, रोहित पौडेल, गुल्शन झा,…
खोटाङ। नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार सम्पन्न आठौं जिल्ला अधिवेशन तथा ११ औं साधारणसभाबाट शेर्पा अध्यक्षमा चयन हुनुभएको हो । नेपाल पत्रकार महासंघ खोटाङ शाखाको उपाध्यक्ष समेत रहनुभएको शेर्पा यसअघि युनियनको उपाध्यक्ष रहनुभएको थियो । एघार सदस्यीय जिल्ला कार्यसमितिको खुला उपाध्यक्ष कृष्णकला राई, महिला सदस्यमा एनिशा राई, सचिवमा सुनिल श्रेष्ठ, सहसचिवमा योगिन राई र कोषाध्यक्ष्मा मनिता राई चयन हुनुभएको छ । दिक्तेलबजारस्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न अधिवेशनबाट मनोज आचार्य, पदम हिङमाङ, मिलन आचार्य, दिनाराज कार्की र एल्जिसा राई सदस्यमा चयन गरिएको युनियनको निबर्तमान जिल्ला अध्यक्ष उत्तम चौंलागाईंले बताउनुभयो…
काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुने प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। महासभामा प्रधानमन्त्री शाहले नेपालमा हालै आएको भोटेकोशीको विनाशकारी बाढी र त्यसले पुर्याएको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने भएका छन् । प्रधानमन्त्रीको भ्रमणअघि परराष्ट्रमन्त्री शिशिर खनाल र प्रधानमन्त्रीका निजी सचिव प्रदीप परियारको टोली प्रधानमन्त्रीको भ्रमणको तयारी गर्न न्यूयोर्क जाने अधिकारीहरूले बताएका छन्। ३ भदौको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री खनाललाई महासभामा पठाउने निर्णय गरेको थियो । तर १० भदौमा सयौंको ज्याने जाने गरी र लाखौं परिवार प्रभावित…