काठमाडौँ — सामाजिक सञ्जालमा पछिल्लो समय अर्जेन्टिनाको समुद्र अचानक सुकेको, समुद्रको पानी हराएको तथा ठूलो प्राकृतिक विपत्ति आउन लागेको दाबी गर्दै विभिन्न भिडियोहरू तीव्र रूपमा फैलिरहेका छन्। यस्ता भिडियोले सर्वसाधारणमा त्रास र अन्योल सिर्जना गरिरहेका छन्। तर उपलब्ध तथ्य तथा घटनासम्बन्धी रिपोर्टहरूको अध्ययन गर्दा “अर्जेन्टिनाको समुद्र सुकेको” भन्ने दाबी सही होइन। केही भिडियोमा देखिएको समुद्रको पानी पछाडि हटेको दृश्य वास्तविक घटनासँग सम्बन्धित भए पनि त्यसलाई सामाजिक सञ्जालमा अतिरञ्जित र गलत सन्दर्भमा प्रस्तुत गरिएको देखिन्छ। वास्तवमा के भएको थियो ? अर्जेन्टिनाको ब्युनस आयर्स प्रान्तअन्तर्गतको Mar del Plata तथा आसपासको तटीय क्षेत्रमा समुद्रको पानी असामान्य रूपमा पछाडि हटेको दृश्य देखिएको थियो। पानी…
बिर्तामोड । किरात राई यायोक्खा झापाको नवौँ जिल्ला अधिवेशनबाट गणेशबहादुर राई पुनः अध्यक्षमा निर्वाचित हुनुभएको छ। अधिवेशनले राईको नेतृत्वमा १७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो। २०८३ भदौ २० गतेदेखि सुरु भई २१ गते सम्पन्न अधिवेशनले गणेश बा राईलाई पुनः अध्यक्षमा चयन गरेको हो। यसैगरी, यसअघि कार्यवाहक सचिवको जिम्मेवारी सम्हाल्दै आउनुभएका गौरिमान राई पुनः सचिवमा निर्वाचित हुनुभएको छ। अन्य पद तथा सदस्यहरूमा भने फेरबदल गरिएको जनाइएको छ। किरात राई यायोक्खा झापा जिल्ला कार्यसमितिको आयोजनामा तथा किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताचोको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो। बिर्तामोडस्थित आदर्श ब्याङ्क्वेटमा आयोजित कार्यक्रममा झापाका विभिन्न पालिकाबाट प्रतिनिधिहरूको सहभागिता रहेको…
काँकरभिट्टा, २०८३ भदौ १९ गते ।‘प्रविधिको सही प्रयोग : मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने नाराका साथ २०औँ मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय दिवसका अवसरमा झापाको काँकरभिट्टामा जिल्लास्तरीय कार्यक्रम तथा भेला आयोजना गरिने भएको छ। मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति, झापाको आयोजना तथा कारितास नेपाल प्रादेशिक कार्यालय दमकको संयोजनमा कार्यक्रम हुन लागेको हो। दिवसका अवसरमा भदौ २० गते बिहान ७ः३० बजे काँकरभिट्टामा प्रभातफेरी (र्याली) निकालिनेछ। विभिन्न सरकारी तथा गैरसरकारी संस्था, सुरक्षा निकाय, संघ–संस्था, स्थानीयवासी र सरोकारवालाको सहभागितामा र्याली गरिने आयोजकले जनाएको छ। प्रभातफेरीपछि काँकरभिट्टा खानेपानी सरसफाइ तथा उपभोक्ता संस्थाको सभा हलमा बिहान ८ बजेबाट जिल्लास्तरीय मूल कार्यक्रम सुरु…
१९ भदौ, काठमाडौं । जलस्रोत मन्त्रालयले उद्धार तथा विपद् राहत कार्यमा सहयोग पुर्याउन चीनले नेपालसँग आपतकालीन जलविज्ञानसम्बन्धी निगरानी सूचना निरन्तर आदानप्रदान गर्ने भएको छ । यसमा नदीमा बनेका अवरोध (ब्यारियर) तथा हिमतालबाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी जानकारीसमेत समेटिने चिनियाँ दूतावासले जानकारी दिएको छ । चीनको मौसमसम्बन्धी अधिकारीहरूले चीन–नेपालको केरुङ –रसुवा सीमा नाकामा भीषण पहिरो गएपछि नेपाललाई मौसम निगरानी, मौसम पूर्वानुमान, पूर्वसूचना तथा प्रभावसम्बन्धी सेवाहरू उपलब्ध गराउँदै आएको थियो । विपद्पछि चीनको मौसम प्रशासनले तत्कालै नेपालको मौसम विज्ञान विभागसँग भिडियोमार्फत मौसमसम्बन्धी परामर्श गरेको थियो।
१७ भाद्र २०८३, बुधबार, काठमाडौं । रसुवा बाढीपीडितका लागि अमेरिकाबाट ४० टनभन्दा बढी आपत्कालीन राहत सामग्री नेपाल आइपुगेको छ। अमेरिकी संस्था सामारिटन्स पर्सले पठाएको राहत सामग्रीमा पानी फिल्टर, त्रिपाल, कम्बल, सरसफाइ किट र सौर्य बत्ती रहेका छन्। यी सामग्रीबाट बाढी प्रभावित २ हजार ६ सय परिवार लाभान्वित हुने जनाइएको छ। अमेरिकी दूतावासले राहत वितरण तथा थप जीवनरक्षक सहायता उपलब्ध गराउन नेपाल सरकार र साझेदार संस्थासँग समन्वय भइरहेको जनाएको छ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल थालेका छन् । रसुवाको भोटेकोशी नदीको बाढीका कारण निम्तिएको संकट समाधान गर्न देशका सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरिरहेको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ । शाहले केहीबेरअघि प्रधान सेनापति अशोकराज सिग्देलसँग हालसम्म भएका खोज, उद्धार, राहत तथा व्यवस्थापनका मामिलामा ब्रिफिङ लिएका थिए । उनले आजै नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकसँग पनि ब्रिफिङ लिन लागेका हुन् । केहीबेरमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग र त्यसपछि नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि आजै ब्रिफिङ लिने कार्यसूची रहेको उनको सचिवालयले जनाएको छ ।
१४ भाद्र २०८३, आईतवार , काठमाडौं। भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि हालसम्म ७८८ जनाको ज्यान गएको छ। नेपाल प्रहरीले आइतबार दिउँसो ३ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै विभिन्न आठ जिल्लाबाट ७८८ जनाको शव फेला परेको जनाएको हो। प्रहरीका अनुसार रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, चितवनमा २६४, तनहुँमा ३७, नवलपरासी पूर्वमा १९४ र नवलपरासी पश्चिममा १२० जनाको मृत्यु भएको छ। यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्पछि अझै झन्डै २ हजार ५०० जना सम्पर्कविहीन रहेका छन्। प्राधिकरणका अनुसार हालसम्म ८ हजार ७३० जनाको उद्धार गरिएको छ। उद्धार तथा खोजी कार्यलाई थप तीव्र बनाइएको…
११ भाद्र २०८३, बिहीबार, काठमाडौं । रसुवा बाढीबाट मृत्यु भएका ३८९ जनाको शव भेटिएको छ । नेपाल प्रहरीका अनुसार बिहीबार राति ९ बजेसम्म ३८९ शव फेला परेका हुन् । जसमा रसुवामा १७, नुवाकोटमा २८, धादिङमा ३३, चितवनमा १३७, गोरखामा ३२, तनहुँमा २८, पूर्वी नवलपरासीमा ८७ र पश्चिम नवलपरासीमा २७ शव भेटिएको प्रहरीले जनाएको छ । यस्तै, हालसम्म ४६६ जना घाइतेको उद्धार गरेको प्रहरीले जनाएको छ ।
१० भाद्र २०८३, बुधबार, १० भदौ, काठमाडौं । प्रतिनिधिसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबारको बैठक सकाउँदै सभामुख डोलप्रसाद अर्यालले बिहीबार बिहान १ बजेका लागि बैठक राखेका थिए । तर पछि अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको सूचना आएको छ । हालैको बाढी पहिरोबाट उत्पन्न परिस्थितिमा सरकारका साथसाथै सभाका सदस्यहरू समेत राहत तथा उद्धार लगायतका कार्यमा संलग्न हुनुपर्ने भएको कारण निर्धारित मिति र समयमा बस्न नसक्ने भएकोले अर्को सूचना नभएसम्मको लागि बैठक स्थगित गरिएको सूचना प्रकाशित गरिएको हो ।
९ भाद्र २०८३, मंगलवार, काठमाडौं । महिला प्रहरीमाथि गालीगलौज तथा हातपात गरेको आरोपमा पक्राउ परेका एक युवकलाई पाँच दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ। काठमाडौंको नयाँ बानेश्वरमा मंगलबार बिहान आकाशेपुल प्रयोग गरी बाटो काट्न आग्रह गर्दा पैदलयात्री राज कठायतले प्रहरीसँग विवाद गरेका थिए। सो क्रममा उनले गालीगलौज गर्नुका साथै महिला प्रहरीमाथि हातपात गरेको प्रहरीले जनाएको छ। घटनालगत्तै प्रहरीले कठायतलाई नियन्त्रणमा लिएको थियो। उनीमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच दिनको म्याद थप गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाले जानकारी दिए। प्रहरीका अनुसार कठायतमाथि दुईवटा कसुरमा अनुसन्धान भइरहेको छ। राष्ट्रसेवकलाई काममा बाधा…