Skip to main content

नयाँ तृष्णा

Breaking News 1

हाम्रा नानीबाबुहरू र मोबाइलको लत: समयमै सोचौँ !

हाम्रा नानीबाबुहरू र मोबाइलको लत: समयमै सोचौँ !

​आजकल हाम्रा छोराछोरीको ठूलो समय मोबाइल र सोसल मिडियाको स्क्रिनमा बितिरहेको छ। तर के हामीले ध्यान दिएका छौँ, यसले उनीहरूको मस्तिष्क, पढाइ र पारिवारिक जीवनमा कति गहिरो असर पारिरहेको छ? मस्तिष्क र स्वास्थ्यमा असर: अत्यधिक स्क्रिन टाइमले किशोर-किशोरीको ध्यान केन्द्रित गर्ने क्षमता (Attention Span) घटाउँछ। यसले गर्दा उनीहरूमा चिडचिडाहट, तनाव, र निद्रा नआउने जस्ता मानसिक समस्याहरू देखिन थालेका छन्। पढाइमा गिरावट: सोसल मिडियाको निरन्तर प्रयोगले उनीहरूको ध्यान पढाइबाट भड्काउँछ। नतिजास्वरूप एकाग्रता घट्ने र शैक्षिक स्तर कमजोर हुँदै जाने समस्या बढ्दो छ। पारिवारिक सम्बन्धमा दूरी: एउटै घरमा भएर पनि परिवारका सदस्यहरूसँग कुराकानी गर्नुको साटो मोबाइलमै हराउनाले उनीहरू सामाजिक र पारिवारिक सम्बन्धबाट…
Read More
‘मायालु’मा कबीरको जोडी बन्दै आकृति

‘मायालु’मा कबीरको जोडी बन्दै आकृति

६ भाद्र २०८३, शनिबार, प्रवेश पौडेलको निर्देशनमा बन्न लागेको फिल्म ‘मायालु’मा मुख्य अभिनेत्रीको टुंगो लागेको छ । शुक्रबार निर्माण पक्षले आकृति बुढाथोकीलाई फिल्ममा अनुबन्धित गरेको हो । अभिनयको हिसाबले उनको यो दोस्रो फिल्म हुनेछ । उनले फिल्म ‘मुक्तिपुर’बाट अभिनेत्रीको रूपमा डेब्यू गरेकी हुन् । उनले केही नाटकमा समेत अभिनय गरेकी छन् ।  फिल्ममा आकृतिको जोडी अभिनेता कबीर खड्कासँग बाँधिनेछ । कबीर केही महिनाअघि नै फिल्ममा अनुबन्धित भएका हुन् । उनले यसअघि ‘लम्फू’, ‘गुञ्जन’, ‘एक भागवत गीता’ र ‘लण्डन टू पेरिस’सहित केही म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् । ‘लम्फू’पछि उनी पहिलो पटक मुख्य अभिनेताको रूपमा देखिन लागेका हुन् ।  नेपाल र…
Read More
हनिमुन मनाउन गएका जोडीको हेलिकप्टर दुर्घटनामा मृत्यु

हनिमुन मनाउन गएका जोडीको हेलिकप्टर दुर्घटनामा मृत्यु

एजेन्सी , ३ भाद्र २०८३, बुधबार , एथेन्स । हनिमुन मनाउन ग्रिस गएका बेलायती जोडीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । सोमबार ग्रिसको सिफ्नोस टापुमा भएको हेलिकप्टर दुर्घटनामा नवविवाहित जोडी अलेक्ज्यान्डर क्रोमी र म्यारी एबर्टको मृत्यु भएको हो ।  यस घटनामा हेलिकप्टरका पाइलटको पनि मृत्यु भएको ग्रिसको प्रहरीले बताएको छ । पाइलट ग्रिसेली नागरिक थिए ।  यो जोडी सवार बेल २०६ नामक निजी हेलिकप्टर साँझ ६ः१५ बजेतिर अवतरण प्याडभन्दा केही मिटर पर दुर्घटनाग्रस्त भएको थियो । प्रत्यक्षदर्शीहरूले हेलिकोप्टर अवतरण गर्न लाग्दा असामान्य इन्जिनको आवाज सुनेको बताएका छन्। रिपोर्टअनुसार दम्पतीले एथेन्सनजिकैको मार्कोपोलो गाउँबाट लोकप्रिय पर्यटकीय गन्तव्य सिफ्नोससम्म हेलिकोप्टर यात्रा गरेका थिए । ग्रीसको उड्डयन…
Read More
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई

‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई

काठमाडौं । टिभी रियालिटी शो ‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्काले जितेकी छन् । शनिबार राति आयोजित ग्रान्ड फिनालेमा टिम वाङ्देन शेर्पाको प्रतियोगी उनले उपाधि जितेकी हुन् । जितपछि प्रतिक्रिया दिँदै सुवासनाले टिम वाङ्देनलाई जसरी पनि जिताउनुपर्छ भन्ने लागेको बताइन् । शोमा पहिलोपटक कोच बनेका वाङ्देनले जितपछि सपनाजस्तो महसुस भएको बताए । उनले भने, ‘नाम घोषणा गर्दा सपनाजस्तो फिल भएको छ । यो जित सुवासनाको हो । जसले भोट गर्नुभयो, उहाँहरुलाई पनि धन्यवाद दिन चाहन्छु ।’ फिनालेमा सुवासनासहित ८ जना प्रतियोगीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । ग्रान्ड फिनालेमा हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालसहित प्रायोजकका प्रतिनिधिहरूले विजेतालाई पुरस्कार…
Read More
मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि स्थानीय तहसँग समन्वयात्मक बैठक सम्पन्न

मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि स्थानीय तहसँग समन्वयात्मक बैठक सम्पन्न

  काँकरभिट्टा । झापाको मेचीनगर काँकरभिट्टामा मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि स्थानीय सरोकारवालासँग समन्वयात्मक बैठक सम्पन्न भएको छ। ‘मानव बेचबिखन र लैङ्गिक हिंसा अन्त्यको अभियान’ अन्तर्गत आफन्त नेपाल, काँकरभिट्टा झापाको आयोजनामा तथा स्ट्यान्डर्ड चार्टर्ड बैंक, नयाँ बानेश्वर काठमाडौंको सौजन्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रम मेचीनगर–६ स्थित घारी रेस्टुरेन्टको सभाहलमा भएको थियो। कार्यक्रमको सञ्चालन कञ्चना मगरले गरेकी थिइन्। आफन्त नेपालका शाखा प्रमुख तथा अध्यक्ष मात्रिका गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा मेचीनगर–६ का कार्यवाहक अध्यक्ष ध्रुवकुमार राई सहभागी थिए। कार्यक्रममा प्रहरी निरीक्षक कमल विष्ट, माइती नेपालका प्रदेश प्रमुख गोविन्द घिमिरेलगायतले मानव बेचबिखन, लैङ्गिक हिंसा न्यूनीकरण तथा पीडितको संरक्षणका…
Read More
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अनुमति

पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अनुमति

  काठमाडौँ। गोपनीयताको हकविरुद्धको अभियोग लगाएर पक्राउ गरिएका पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले तीन दिनको म्याद थपेको छ। बुधबार मध्यराति ललितपुरबाट पक्राउ गरिएका उनलाई अनुसन्धानका लागि तीन दिनको म्याद थपको अनुमति जिल्ला अदालत काठमाडौंका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले दिएको हो । बिहीबार दिउँसोदेखि अपराह्नसम्म भएको बहसपछि न्यायाधीश लुइँटेलले अनुसन्धानका लागि तीन दिन थुनामा पठाउन आदेश दिएका हुन् । प्रहरीले श्रेष्ठलाई बिहीबार अपरान्ह ४ बजेपछि मात्रै म्याद थपका लागि सरकारी वकिलको कार्यालय हुँदै अदालतमा उपस्थित गराएको थियो ।
Read More
भारतबाट उद्धार भएका चार नेपाली बालबालिका परिवारसँग पुनर्मिलन

भारतबाट उद्धार भएका चार नेपाली बालबालिका परिवारसँग पुनर्मिलन

  काँकरभिट्टा । भारतका विभिन्न संरक्षण गृहमा रहेका चार जना नेपाली बालबालिकालाई सुरक्षित रूपमा स्वदेश फिर्ता ल्याई परिवारसँग पुनर्मिलन गराइएको छ। भारतको पश्चिम बंगाल सरकार, कोलकातास्थित नेपालको महावाणिज्यदूतावास र नव अभियान नेपालबीचको निरन्तर समन्वय तथा सहकार्यपछि उनीहरूको स्वदेश फिर्ती प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको हो। पुनर्मिलन गराइएका बालबालिकामा १५ वर्षीया अनुषा परियार तथा १७ वर्षीय कृष्ण ऋषिदेव, राम ऋषिदेव र श्याम ऋषिदेव रहेका छन्। कृष्ण, राम र श्याम एकै परिवारका तीन दाजुभाइ हुन्। (उनीहरू एउटै परिवारका दाजुभाइका छोराहरु हुन) । ( बालबालिकाको गोपनीयता र सुरक्षालाई ध्यानमा राखी समाचारमा प्रयोग गरिएका नाम परिवर्तन गरिएको हो। ) सुनसरीको धरान क्षेत्रकी अनुषा करिब तीन…
Read More
सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

  काठमाडौं । सिन्धुलीस्थित मध्यपहाडी राजमार्गबाट सुकोशी नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा नाम नखुलेका कार चालक, कारमा सवार सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ का गणेश थापा र नाम नखुलेका एक जना हेल्पर छन् । फिक्कल गाउँपालिका–२ नवलपुरमा काठमाडौंबाट ओलखढुंगातर्फ जाँदै गरेको हेमबहादुर तामाङले चलाएको बा. प्र. ०८–००१ ख ०१४४ नम्बरको बसले उक्त खोटाङबाट खुर्कोटतर्फ आउँदै गरेको कारलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट कार नदीमा बसेको हो । कारको नम्बर खुलेको छैन ।
Read More
एउटा फ्रेन्ड रिक्वेस्टले उजाडिएको जिन्दगी

एउटा फ्रेन्ड रिक्वेस्टले उजाडिएको जिन्दगी

बिशेष लेख , - हाेमराज राई, पूर्वी नेपालको एउटा गाउँ। त्यहाँ बस्ने १६ वर्षीया सृष्टि चञ्चले, मिलनसार तर मोबाइल र सामाजिक सञ्जालको लतमा फसेकी किशोरी हो। उसका बुवा हरि बिहानदेखि साँझसम्म खेतमा पसिना बगाउँछन्। आमा माया छोरीले राम्रो पढोस्, ठूलो मान्छे बनोस् भन्ने सपना देख्छिन्। तर सृष्टिलाई भने आमा–बुवाको हरेक सम्झाइ नियन्त्रण जस्तो लाग्छ। "मोबाइल धेरै नचलाऊ।" "पढाइमा ध्यान दे।" "अपरिचितसँग धेरै कुरा नगर।" यी शब्दहरू सृष्टिलाई मायाका होइन, बन्देजका आवाज जस्ता लाग्छन्। ऊ विस्तारै परिवारभन्दा मोबाइल र फेसबुकको संसारमा रमाउन थाल्छे। एक दिन फेसबुकमा "रिना गुरुङ" नामकी युवतीको फ्रेन्ड रिक्वेस्ट आउँछ। आकर्षक प्रोफाइल, मीठो बोली र माया भरिएका सन्देशहरूले…
Read More
बालबालिकामाथि यौन हिंसाविरुद्ध  सरोकारवालासँग अन्तरक्रिया

बालबालिकामाथि यौन हिंसाविरुद्ध सरोकारवालासँग अन्तरक्रिया

  काँकरभिट्टा। बालबालिकामाथि हुने यौनजन्य हिंसाको रोकथाम, बाल संरक्षण तथा सरोकारवाला निकायबीचको समन्वय सुदृढ गर्ने उद्देश्यले "बालबालिकामाथि हुने यौनजन्य हिंसाविरुद्ध सरोकारवालासँग अन्तरक्रिया तथा छलफल कार्यक्रम" शुक्रबार काँकरभिट्टा बहुमुखी क्याम्पसको सभाकक्षमा सम्पन्न भएको छ। अन्तरक्रिया कार्यक्रममा मेचीनगर नगरपालिकाले बालबालिकासम्बन्धी ऐन, नीति तथा कार्यविधि शीघ्र जारी गर्नुपर्ने विषयमा सहभागीहरूले विशेष जोड दिएका थिए। बाल संरक्षणजस्तो संवेदनशील विषयमा स्थानीय सरकार अभिभावकीय भूमिकामा रहेर प्रभावकारी नेतृत्व, आवश्यक सहयोग तथा सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने धारणा वक्ताहरूले व्यक्त गरेका थिए। कार्यक्रममा सिडिएफका अध्यक्ष सोमराज ढकाल, अनुसन्धानकर्ता गोविन्द न्यौपाने, एमजेकेकी अध्यक्ष सीता गुरुङ, भुवन सुब्बा, नव अभियान नेपालका डिल्लीराम थापा मगर, साहसी महिला…
Read More