Skip to main content

नयाँ तृष्णा

हनिमुन मनाउन गएका जोडीको हेलिकप्टर दुर्घटनामा मृत्यु

[adsforwp id="2511"]

एजेन्सी ,

३ भाद्र २०८३, बुधबार ,

एथेन्स । हनिमुन मनाउन ग्रिस गएका बेलायती जोडीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । सोमबार ग्रिसको सिफ्नोस टापुमा भएको हेलिकप्टर दुर्घटनामा नवविवाहित जोडी अलेक्ज्यान्डर क्रोमी र म्यारी एबर्टको मृत्यु भएको हो । 

यस घटनामा हेलिकप्टरका पाइलटको पनि मृत्यु भएको ग्रिसको प्रहरीले बताएको छ । पाइलट ग्रिसेली नागरिक थिए । 

यो जोडी सवार बेल २०६ नामक निजी हेलिकप्टर साँझ ६ः१५ बजेतिर अवतरण प्याडभन्दा केही मिटर पर दुर्घटनाग्रस्त भएको थियो । प्रत्यक्षदर्शीहरूले हेलिकोप्टर अवतरण गर्न लाग्दा असामान्य इन्जिनको आवाज सुनेको बताएका छन्।

रिपोर्टअनुसार दम्पतीले एथेन्सनजिकैको मार्कोपोलो गाउँबाट लोकप्रिय पर्यटकीय गन्तव्य सिफ्नोससम्म हेलिकोप्टर यात्रा गरेका थिए । ग्रीसको उड्डयन सुरक्षा प्राधिकरणले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । 

अनुसन्धानकर्ताहरूले मंगलबार घटनास्थल पुगेर प्रमाण सङ्कलन गर्नुका साथै प्रत्यक्षदर्शीसँग कुराकानी गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...