३ भाद्र २०८३, बुधबार, काठमाडौँ। सरकारले बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र पारेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा गत साउन १३ मा विद्युत् महसुल दरको पुनरावलोकन गर्न समिति गठन गरिएको थियो । नेपाल विद्युत् प्राधिकरणले उपभोक्ता र उद्योगहरूलाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने गृहकार्य अगाडि बढाएको हो । यसैबीच प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित समितिको बैठक आज बस्दैछ । समितिमा ऊर्जा मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधि, ऊर्जाविज्ञ, उपभोक्ता र वित्तविज्ञहरू सदस्य हुनुहुन्छ । अपराह्न ४ः०० बजे मन्त्रालयमा बस्ने बैठकमा बिजुलीको महसुल घटाउने उपायबारे छलफल हुने जनाइएको छ । संयोजक शाहीले हाल वर्षायाममा उत्पादित…
एजेन्सी , ३ भाद्र २०८३, बुधबार , एथेन्स । हनिमुन मनाउन ग्रिस गएका बेलायती जोडीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । सोमबार ग्रिसको सिफ्नोस टापुमा भएको हेलिकप्टर दुर्घटनामा नवविवाहित जोडी अलेक्ज्यान्डर क्रोमी र म्यारी एबर्टको मृत्यु भएको हो । यस घटनामा हेलिकप्टरका पाइलटको पनि मृत्यु भएको ग्रिसको प्रहरीले बताएको छ । पाइलट ग्रिसेली नागरिक थिए । यो जोडी सवार बेल २०६ नामक निजी हेलिकप्टर साँझ ६ः१५ बजेतिर अवतरण प्याडभन्दा केही मिटर पर दुर्घटनाग्रस्त भएको थियो । प्रत्यक्षदर्शीहरूले हेलिकोप्टर अवतरण गर्न लाग्दा असामान्य इन्जिनको आवाज सुनेको बताएका छन्। रिपोर्टअनुसार दम्पतीले एथेन्सनजिकैको मार्कोपोलो गाउँबाट लोकप्रिय पर्यटकीय गन्तव्य सिफ्नोससम्म हेलिकोप्टर यात्रा गरेका थिए । ग्रीसको उड्डयन…