Skip to main content

नयाँ तृष्णा

‘मायालु’मा कबीरको जोडी बन्दै आकृति

[adsforwp id="2511"]

६ भाद्र २०८३, शनिबार,

प्रवेश पौडेलको निर्देशनमा बन्न लागेको फिल्म ‘मायालु’मा मुख्य अभिनेत्रीको टुंगो लागेको छ । शुक्रबार निर्माण पक्षले आकृति बुढाथोकीलाई फिल्ममा अनुबन्धित गरेको हो । अभिनयको हिसाबले उनको यो दोस्रो फिल्म हुनेछ । उनले फिल्म ‘मुक्तिपुर’बाट अभिनेत्रीको रूपमा डेब्यू गरेकी हुन् । उनले केही नाटकमा समेत अभिनय गरेकी छन् । 

फिल्ममा आकृतिको जोडी अभिनेता कबीर खड्कासँग बाँधिनेछ । कबीर केही महिनाअघि नै फिल्ममा अनुबन्धित भएका हुन् । उनले यसअघि ‘लम्फू’, ‘गुञ्जन’, ‘एक भागवत गीता’ र ‘लण्डन टू पेरिस’सहित केही म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् । ‘लम्फू’पछि उनी पहिलो पटक मुख्य अभिनेताको रूपमा देखिन लागेका हुन् । 

नेपाल र अष्ट्रेलियामा छायांकन हुने फिल्ममा अन्य पात्रहरू अस्ट्रेलियाबाटै छनोट गरिने जनाइएको छ । सितारा फिल्म्स र कबीर खड्का फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्ममा सुरेन्द्र रावलको लगानी रहनेछ । अनमोल थापाको संगीत रहने फिल्ममा निर्देशक पौडेल स्वयंको कथा तथा अनिल कुर्मीको पटकथा लेखन छ । मुख्य सहायक निर्देशकमा सुनिल निउरे रहेका छन् । 

यो फिल्मको घोषणा हुँदा ‘मेरो अधुरो प्रेम’ नाम राखिएको थियो । तर, कथाअनुसार ‘मायालु’ शीर्षक सान्दर्भिक हुने भएपछि नाम फेरिएको निर्देशक पौडेलले बताए । उनका अनुसार ‘मेरो अधुरो प्रेम’ नाममा पनि फिल्म निर्माण हुनेछ । उनले ‘मायालु’ त्रिकोणात्मक प्रेमकथामा आधारित हुने जानकारी दिए । निर्देशनको हिसाबले उनको यो तेस्रो फिल्म हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...