Skip to main content

नयाँ तृष्णा

Breaking News 1

विश्व मानव बेचबिखन विरुद्ध दिवस: नव अभियान नेपालको घरदैलो सचेतना कार्यक्रम

विश्व मानव बेचबिखन विरुद्ध दिवस: नव अभियान नेपालको घरदैलो सचेतना कार्यक्रम

  काँकरभिट्टा। विश्व मानव बेचबिखन विरुद्ध दिवसको अवसरमा नव अभियान नेपालले मेचीनगर नगरपालिका–७ स्थित सतीघट्टा चिया बगान क्षेत्रमा घरदैलो सचेतनामूलक अभियान सञ्चालन गरेको छ। "Trapped Behind the Scam" (ठगीको जालमा नफसौँ) भन्ने मूल सन्देशसहित आयोजित घरदैलो कार्यक्रममा स्थानीय समुदाय, चिया बगानका श्रमिक, महिला, युवा तथा सर्वसाधारणलाई मानव बेचबिखनका जोखिम, झुटा प्रलोभन, सुरक्षित वैदेशिक रोजगार तथा सुरक्षित आप्रवासनसम्बन्धी जानकारी प्रदान गरिएको थियो। अभियानका क्रममा नव अभियान नेपालका प्रतिनिधिहरूले घरदैलो गर्दै मानव बेचबिखन रोकथामसम्बन्धी पर्चा, पुस्तिका (ब्रोसर), जानकारीमूलक सामग्री (लिफलेट) तथा पोस्टर वितरण गरेका थिए। साथै, झुटा रोजगारीका प्रस्ताव, अनलाइन ठगी, सामाजिक सञ्जालमार्फत हुन सक्ने शोषण तथा शंकास्पद गतिविधिको जानकारी समयमै सम्बन्धित…
Read More
रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

  काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी घटनालगायत विषयमा छलफल गर्न भोलि बिहान ८ः०० बजे सर्वदलीय बैठक आह्वान गरेका छन् । सिंहदरबारस्थित लेखा समितिको बैठक कक्षमा बिहान उक्त बैठक संसद्मा रहेका सबै दलसहित उपेन्द्र यादव, महन्थ ठाकुर र सीके राउत नेतृत्वका दललाई आमन्त्रण गरिएको रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए । बैठकका लागि सबै दललाई पत्राचार गर्नुका साथै सभापति लामिछानेले नेताहरूलाई आफैँ फोन गरेर आमन्त्रण गरेको महामन्त्री आचार्यको भनाइ छ । महामन्त्री आचार्यले अत्यन्तै संवेदनशील र दुखद् घटना तथा त्यसले निम्त्याएको असहज अवस्थामा सामाजिक रूपमा फैलन सक्ने द्वेष न्यूनीकरण गरी सद्भाव र शान्ति सुरक्षा कायम गर्न प्रशासनिक…
Read More
दुई पक्षबीचको झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु

दुई पक्षबीचको झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु

काठमाडौं । सुनसरीका विभिन्न स्थानहरू तोकेर जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ । यसअघि बिहान ७ बजेबाट विभिन्न ५ वटा इलाका तोकेर जिल्ला प्रशासन कार्यालयले कर्फ्यु जारी गरेको थियो । पछिल्लो सूचना अनुसार, कर्फ्यु लाग्ने स्थानहरू फेरिएको छ । जस अनुसार, पूर्वतर्फ इनरुवा नगरपालिका–३ र ६ को सीमा (महेन्द्र राजमार्ग अन्तर्गतको घोटाली टोल), पश्चिमतर्फ कोशी ब्यारेजको पुलमा कर्फ्यु आदेश जारी भएको हो । त्यस्तै उत्तर र दक्षिणतर्फ महेन्द्र राजमार्गदेखि २ सय मिटरको क्षेत्रमा कर्फ्यु लाग्ने जारी विज्ञप्तिमा उल्लेख छ ।
Read More
त्रिभुवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा

त्रिभुवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा

  काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवसका अवसरमा आयोजित विशेष समारोहमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलविरुद्ध विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् । विश्वविद्यालयका सहकुलपति एवं विश्वविद्यालय सभाका उपाध्यक्षसमेत रहेका मन्त्री पोखरेल कार्यक्रममा सहभागी हुन पुग्दा विद्यार्थी समूहले नाराबाजीसहित विरोध प्रदर्शन गरेको हो । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गरेको भन्दै असन्तुष्ट विद्यार्थीले मन्त्री पोखरेलविरुद्ध प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले ‘मेरिटोक्रेसी लागू गर’ र ‘नेपोबेबी शिक्षामन्त्री’ जस्ता नारा अंकित प्लेकार्डहरू प्रदर्शन गरेका थिए । विश्वविद्यालय परिसरमा असहज परिस्थिति सिर्जना भएपछि सुरक्षामा खटिएको प्रहरी टोलीले प्रदर्शनरत केही विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिकोत्सव…
Read More
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

४ साउन , झापा । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको रोमाञ्चक फाइनलमा अतिरिक्त समयमा गरेको एकमात्र गोल स्पेनलाई १६ वर्षपछि विश्वकपको उपाधि दिलाउन पर्याप्त बन्यो। निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको दोस्रो हाफमा फेरान टोरेसले १०६औँ मिनेटमा निर्णायक गोल गर्दै स्पेनलाई अग्रता दिलाए। त्यसअघि निर्धारित समयको अन्त्यतिर अर्जेन्टिनाका एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाएपछि मैदान छाड्न बाध्य भएका थिए। त्यससँगै अर्जेन्टिना १० खेलाडीमा सीमित बनेको थियो, जसको फाइदा उठाउँदै स्पेनले अतिरिक्त समयमा गोल गर्दै उपाधि आफ्नो पक्षमा…
Read More
हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

३ साउन, काठमाडौं । हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने भएको छ । हिमालय टिभी, हिमालय स्पोर्टस् र डिगो मोबाइल एपबाट समेत विश्वकपको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने भएको हो । फाइनल खेल हेर्नबाट कोही पनि वञ्चित हुन नपरोस् भनी हिमालय टिभी व्यवस्थापनले यो निर्णय गरेको कार्यकारी निर्देशक श्याम कँडेलले जानकारी दिए । यसअघि हिमालय स्पोर्टस् र डिगो एप सब्स्क्राइब नगरेकाहरूले पनि फाइनल खेल भने नि:शुल्क हेर्न पाउने गरी व्यवस्था गरिएको हो । ‘आजबाट सबै पेवाल हटाएर नि:शुल्क हेर्न पाउने निर्णय गरेका छौं’, कँडेलले भने । नेपाली समय अनुसार, आज राति १२:४५ बजे फिफा विश्वकप–२०२६ को फाइनल…
Read More
मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

  मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रमप्रति नगरवासीले असन्तुष्टि जनाएका छन्। नगरपालिकाले सामुदायिक विकास मञ्चलाई सार्वजनिक सुनुवाइ सञ्चालनको जिम्मा दिएको भए पनि कार्यक्रममा नगरवासीको सहभागिता अत्यन्त न्यून देखिएको थियो। सार्वजनिक सुनुवाइमा अधिकांश सहभागी कर्मचारी, सञ्चारकर्मी तथा केही सीमित व्यक्तिमात्र उपस्थित भएपछि कार्यक्रमको प्रभावकारितामाथि प्रश्न उठेको छ। सहभागीहरूले सार्वजनिक सुनुवाइ केवल औपचारिकता (कर्मकाण्ड) मा सीमित भएको टिप्पणी गरेका छन्। कार्यक्रमका क्रममा शिक्षा, स्वास्थ्य तथा प्रशासनिक सेवासँग सम्बन्धित विभिन्न समस्याहरू गम्भीर रूपमा उठाइएका थिए। विशेषगरी शिक्षा क्षेत्रका कमजोरीबारे सहभागीहरूले तीखा प्रश्न उठाए पनि नगर शिक्षा प्रमुख होमनाथ भण्डारीले चित्तबुझ्दो जवाफ दिन नसकेको सहभागीहरूको भनाइ थियो। भण्डारीले भने नगरपालिकाले शिक्षा क्षेत्रको सुधार…
Read More
नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

  काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौँले ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना निर्धारण गरेको छ। अदालतले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थीका रूपमा विदेश पठाउने प्रकरणमा रायमाझीलाई ठगी, संगठित अपराध तथा राज्यविरुद्धको कसुरमा दोषी ठहर गरेको थियो। मंगलबार अदालतले सजाय निर्धारण गरेको हो। उनलाई ठगी कसुरमा २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना, संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना तथा राज्यविरुद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना तोकिएको छ। साथै सोही कसुरमा थप ६ महिनाको कैद सजाय पनि निर्धारण गरिएको…
Read More
असहाय बालबालिकाको सेवाभन्दा ठूलो धर्म छैन : प्रमुख अतिथि ओली

असहाय बालबालिकाको सेवाभन्दा ठूलो धर्म छैन : प्रमुख अतिथि ओली

मेचीनगर, असार २४। झापाको मेचीनगर–७ स्थित जागृत बाल उद्धार केन्द्र नेपाल को १३औँ वार्षिक उत्सव शनिबार विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। मेचीनगर–७ का वडा अध्यक्ष प्रलादमणि ओली प्रमुख अतिथि रहनुभएको कार्यक्रममा मेचीनगर–६ का वडा अध्यक्ष ललितबहादुर तामाङ वरिष्ठ अतिथि रहनुभएको थियो। कार्यक्रममा संस्थाकी पूर्व अध्यक्ष बिना तामाङ तथा सबिना तामाङ ले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। संस्थाका सचिव छत्रबहादुर राई (होमराज) ले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष भीमबहादुर खड्काले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रलादमणि ओली ले "कुनै पनि ढुङ्गामा दान वा भेटी चढाउनुभन्दा असहाय तथा अनाथ बालबालिकाको शिक्षा, पालनपोषण र उज्ज्वल भविष्यका लागि सहयोग…
Read More
घर फर्किएका चार सपना : एउटा पत्र, एउटा यात्रा र पुनर्मिलनको क्षण

घर फर्किएका चार सपना : एउटा पत्र, एउटा यात्रा र पुनर्मिलनको क्षण

कृष्ण सिंजाली (झापा), सन् २०२६ को असारको अन्तिम दिन। भारतको कोलकातास्थित नेपालको महावाणिज्यदूतावासमा एउटा औपचारिक पत्र तयार हुँदै थियो। त्यो पत्र कुनै व्यापारिक सम्झौता वा कूटनीतिक निर्णयका लागि थिएन। त्यस पत्रले चार जना नेपाली बालबालिकाको जीवनमा नयाँ अध्याय सुरु हुने शुभसन्देश बोकेको थियो। पत्रमा चार नाम थिए—मीना विश्वकर्मा (१६) र सीमा मुर्मु (१३),( दुवै झापा) सुरज जोगी (१४), (मोरङ ) तथा माया तामाङ (१७), (नुवाकोट)। (बालबालिकाको गोपनीयताका लागि सबै नाम र ठेगाना परिवर्तन गरिएको हो।) कागजमा लेखिएका ती नाम सामान्य देखिन्थे, तर प्रत्येक नामभित्र एउटा छुट्टै कथा लुकेको थियो—बिछोडको पीडा, अनिश्चित भविष्य र आफ्नै परिवारसँग फेरि भेट्ने गहिरो चाहना। यी…
Read More