Skip to main content

नयाँ तृष्णा

घर फर्किएका चार सपना : एउटा पत्र, एउटा यात्रा र पुनर्मिलनको क्षण

[adsforwp id="2511"]
  1. कृष्ण सिंजाली (झापा),

सन् २०२६ को असारको अन्तिम दिन। भारतको कोलकातास्थित नेपालको महावाणिज्यदूतावासमा एउटा औपचारिक पत्र तयार हुँदै थियो। त्यो पत्र कुनै व्यापारिक सम्झौता वा कूटनीतिक निर्णयका लागि थिएन। त्यस पत्रले चार जना नेपाली बालबालिकाको जीवनमा नयाँ अध्याय सुरु हुने शुभसन्देश बोकेको थियो।

पत्रमा चार नाम थिए—मीना विश्वकर्मा (१६) र सीमा मुर्मु (१३),( दुवै झापा) सुरज जोगी (१४), (मोरङ ) तथा माया तामाङ (१७), (नुवाकोट)। (बालबालिकाको गोपनीयताका लागि सबै नाम र ठेगाना परिवर्तन गरिएको हो।)

कागजमा लेखिएका ती नाम सामान्य देखिन्थे, तर प्रत्येक नामभित्र एउटा छुट्टै कथा लुकेको थियो—बिछोडको पीडा, अनिश्चित भविष्य र आफ्नै परिवारसँग फेरि भेट्ने गहिरो चाहना।

यी बालबालिकाहरू भारतको पश्चिम बंगालस्थित शैशाली माटीगढा चिल्ड्रेन्स होम फर गर्ल्स तथा हसान्ना कोभेनेन्ट च्यारिटेबल ट्रस्ट, कालिम्पोङको संरक्षणमा रहेका थिए।
बालगृह उनीहरूका लागि सुरक्षित आश्रय बनेको थियो। त्यहीँ उनीहरू विद्यालय जान्थे, पढ्थे, नयाँ साथी बनाउँथे र भविष्यका सपना बुन्थे। तर साँझ पर्दै जाँदा उनीहरूको मन भने सधैं आफ्नै घरको आँगनतिर पुग्थ्यो। झ्यालबाहिरको आकाश हेर्दै उनीहरू सोच्थे, “मेरो घर अहिले कस्तो होला? बाबुआमाले मलाई सम्झिरहनुभएको होला? हजुरआमाले अझै मेरो बाटो हेरिरहनुभएको होला?”

समय र परिस्थितिले उनीहरूलाई आफ्नै देशबाट टाढा पुर्‍यायो। बाल्यकाल नै अपरिचित भूमिमा बिताउन बाध्य भएका उनीहरूका लागि घर फर्किने आशा भने कहिल्यै मरेन।
भारतको पश्चिम बंगाल सरकार, कोलकातास्थित नेपालको महावाणिज्यदूतावास र नव अभियान नेपालको निरन्तर समन्वय तथा सहकार्यपछि उनीहरूलाई सुरक्षित रूपमा नेपाल फर्काई आफ्ना परिवारसँग पुनर्मिलन गराउन सम्भव भयो।

पुनर्मिलन प्रक्रियामा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी निशेष चापागाईं, महिला तथा बालबालिका शाखाकी प्रहरी नायब निरीक्षक मिलनकुमारी राई, नेपालको महावाणिज्यदूतावास, कोलकाताका कार्यालय सचिव सतीश थापा, सम्बन्धित चिल्ड्रेन्स होमका सुमित्रा रोय तथा ट्रस्टका सन्जोक बराइली , नव अभियान नेपालका प्रतिनिधिहरू, सम्बन्धित सरकारी निकायका अधिकारीहरू तथा बालबालिकाका अभिभावकहरूको उपस्थिति रहेको थियो। सबै कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी बालबालिकाहरूलाई सुरक्षित रूपमा परिवारको जिम्मा लगाइएको नव अभियान नेपालका क्षेत्रीय संयोजक इन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो।

उनीहरूका आँखामा अनेकौं भावना थिए—थोरै डर, धेरै उत्सुकता र अझ धेरै आशा। आखिर वर्षौँपछि उनीहरू आफ्नै देश, आफ्नै माटो र आफ्नै परिवारको न्यानो अँगालोमा फर्किन सफल भएका थिए।

त्यो दिन कुनै ठूलो समारोह भएन। न त धेरै प्रचार भयो, न त ठूलो भीड जम्मा भयो। तर ती चार परिवारका लागि त्यो दिन जीवनकै सबैभन्दा ठूलो उत्सव थियो। बिछोडको अँध्यारोपछि आशाको उज्यालो फर्किएको दिन थियो।

कहिलेकाहीँ एउटा सरकारी पत्र केवल प्रशासनिक कागजात मात्र हुँदैन। त्यसले टुटेका सम्बन्धहरू फेरि जोड्ने पुल बन्छ। हराएका मुस्कानहरू फर्काउने माध्यम बन्छ। र एउटा बालबालिकालाई आफ्नै घरको आँगनसम्म सुरक्षित पुर्‍याउने आशाको यात्रा बन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...