प्रहरी कार्यालय र सुरक्षित आवास गृहलाई १३ प्रकारका राहत सामग्री उपलब्ध इट्टाभट्टा । मेचीनगर नगरपालिकाले लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि सञ्चालित एकीकृत सेवा पहुँच परियोजना (IGBVRN) अन्तर्गत हिंसा प्रभावित महिला, बालबालिका तथा किशोरीहरूको तत्काल राहत, संरक्षण र सम्मानजनक सेवा सुनिश्चित गर्ने उद्देश्यले अत्यावश्यक सामग्री हस्तान्तरण गरेको छ। विश्व बैंकको अनुदान सहयोग तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा सञ्चालित उक्त परियोजनाअन्तर्गत १३ प्रकारका आधारभूत आवश्यक सामग्री इलाका प्रहरी कार्यालय काँकरभिट्टा, इलाका प्रहरी कार्यालय धुलाबारी तथा सुरक्षित आवास गृह (आफन्त नेपाल), काँकरभिट्टालाई हस्तान्तरण गरिएको हो। हिंसा प्रभावित व्यक्तिहरू संरक्षणको खोजीमा सबैभन्दा पहिले पुग्ने सेवा केन्द्रहरूलाई लक्षित गरी ठूला तौलिया, ब्ल्याङ्केट,…
\ काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा अधिकांश क्षेत्रमा सामान्यदेखि पूर्ण बदली भएको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई तथा विभिन्न पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा भइरहेको छ। आज हिमाली र पहाडी क्षेत्रका केही स्थान तथा तराईका विभिन्न भागमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।
नेपाल कृषिप्रधान देश हो। यहाँको अधिकांश जनसंख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषि पेशामा निर्भर छ। कृषिको मेरुदण्ड मानिने धान खेतीको सुरुवात हुने विशेष दिन असार १५ लाई नेपालभर राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिन का रूपमा हर्षोल्लासका साथ मनाइन्छ। यो दिन किसानको मेहनत, पसिना र आशाको सम्मान गर्ने दिन हो। असार महिनामा मनसुन सक्रिय भएसँगै धान रोपाइँको मुख्य समय सुरु हुन्छ। खेतमा किसानहरू हिलोमा रमाउँदै धान रोप्ने, गीत गाउने र एकअर्कालाई सहयोग गर्ने दृश्यले गाउँघरलाई उत्सवमय बनाउँछ। यसले नेपाली समाजमा सहकार्य, एकता र श्रमको महत्वलाई झल्काउँछ। यस दिन दही र चिउरा खाने परम्पराको आफ्नै सांस्कृतिक तथा स्वास्थ्यसम्बन्धी महत्व…
झापा । मेचीनगर–६ स्थित काँकरभिट्टा माविको खेल मैदानमा आगामी साउन ९ देखि १६ गतेसम्म ‘दिव्यज्योति काँकरभिट्टा च्याम्पियन्स कप–२०८३’ आयोजना हुने भएको छ । काँकरभिट्टा युवा क्लबको आयोजनामा हुने प्रतियोगिताको जानकारी आयोजकले शनिबार पत्रकार सम्मेलनमार्फत दिएको हो । आयोजकका अनुसार प्रतियोगितामा नेपाल र भारतका गरी आठ टोली सहभागी हुनेछन् । भारतबाट जर्जिएन फुटबल क्लब कालेम्पोङ र कञ्चनजंघा फुटबल क्लब सिलिगुढी सहभागी हुँदैछन् । नेपालबाट बिर्तामोड युनाइटेड (झापा), रेडहर्स फुटबल क्लब (इलाम), एपीएफ पकली, उर्लाबारी फुटबल क्लब, धरान एन्फा एकेडेमी तथा आयोजक काँकरभिट्टा युवा क्लब मेचीनगर प्रतिस्पर्धामा उत्रिनेछन् । प्रतियोगिताको विजेताले नगद रु. १ लाख १ हजार १ सयसहित ट्रफी प्राप्त…
असार ११ (बिहीबार) , मेचीनगर, श्रम संस्कृति पार्टी, मेचीनगर वडा नं. ६ को आयोजनामा आज काँकरभिट्टा पूर्वी नाकामा वृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। बिहान ७ बजेदेखि नेपाल–भारत पूर्वी नाका अन्तर्गत मेची पुलको सीमाक्षेत्रबाट सुरु गरिएको सरसफाइ अभियानमा पार्टीका नेता–कार्यकर्ता, स्थानीयवासी तथा विभिन्न निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। वडा अध्यक्ष जनक बस्नेतले पूर्वी नाका विभिन्न राष्ट्रबाट नेपाल प्रवेश गर्ने पर्यटकहरूको मुख्य प्रवेशद्वार भएकाले यस क्षेत्रलाई स्वच्छ, सुन्दर र रमणीय बनाउनु आवश्यक रहेको बताए। उनले यस अभियानको सुरुआत यहाँबाट गरिएको र आगामी दिनमा मेचीनगरका अन्य वडाहरूमा पनि सञ्चालन गरिने जानकारी दिए। कार्यक्रमलाई सम्बोधन गर्दै श्रम संस्कृति पार्टी मेचीनगर अध्यक्ष पदम सुनुवारले…
धादिङ, चैत १० धादिङ । धादिङ जिल्लाको रुबीभ्याली गाउँपालिका–१ स्थित प्याल्दोर पिक क्षेत्रमा स्थापना गरिएको इसाई धर्मावलम्बीहरूको आस्थाको प्रतीक फलामे क्रस तोडफोड गरिएको घटनाप्रति विभिन्न संघसंस्थाले गम्भीर ध्यानाकर्षण जनाएका छन्। धादिङ इसाई समाजले जारी गरेको अनुरोधपत्रमा उल्लेख भएअनुसार उक्त क्रस २०७६ साल असोज १९ गते स्थापना गरिएको थियो। हालै अज्ञात व्यक्तिहरूद्वारा क्रस ढालिएको र फालापारिएको अवस्थामा भेटिएको जनाइएको छ। घटनामा संलग्न व्यक्ति वा समूहको पहिचान अझै खुल्न नसकेको समाजले जनाएको छ। धादिङ इसाई समाजले घटनाको निष्पक्ष छानबिन गरी दोषी पहिचान गर्न तथा इसाई समुदायलाई उचित न्याय दिलाउन सम्बन्धित निकायहरू—वडा कार्यालय, गाउँपालिका कार्यालय तथा इलाका प्रहरी कार्यालय—समक्ष आग्रह गरेको छ।…
८ असार, भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत आज (सोमबार) दोस्रो दिन महत्त्वपूर्ण बन्दसत्र सञ्चालन हुँदै छ। आइतबार भव्य समारोहका बीच उद्घाटन भएको महाधिवेशन असार ९ गतेसम्म चल्ने कार्यतालिका छ। पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले सञ्चालन गर्ने आजको बन्दसत्रमा विधान संशोधन, विभिन्न सांगठनिक तथा आर्थिक प्रतिवेदनहरूमाथिको छलफल र पारित गर्ने कार्यसूची रहेको छ । बन्दसत्रको सम्पूर्ण प्रक्रिया सकिएलगत्तै महाधिवेशन आयोजक समितिले नयाँ नेतृत्व चयनका लागि निर्वाचन समितिलाई जिम्मेवारी हस्तान्तरण गर्ने तयारी गरेको छ । यस्तो छ आजको बन्दसत्रको कार्यतालिका: पार्टी सभापति रवि लामिछानेले बिहान ८:३० बजे बन्दसत्रको दोस्रो सत्र प्रारम्भ गरेसँगै प्रतिवेदनहरू पेश हुने क्रम…
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम केन्द्रीय महाधिवेशन आज आइतबारदेखि चितवनमा सुरु हुँदैछ । पार्टी स्थापना भएको चार वर्षपछि हुन लागेको महाधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ भने देशभरबाट प्रतिनिधि, पर्यवेक्षक तथा कार्यकर्ता चितवन पुग्ने क्रम तीव्र बनेको छ । महाधिवेशनका लागि चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रलाई मुख्य स्थल बनाइएको छ । पार्टीले यसलाई आफ्नो संगठनात्मक सुदृढीकरण, नयाँ नेतृत्व चयन तथा भावी राजनीतिक दिशानिर्देशन तय गर्ने ऐतिहासिक अवसरका रूपमा प्रस्तुत गरेको छ । महाधिवेशनमा देशभरका ६६ जिल्लाबाट प्रतिनिधिहरू सहभागी हुने भएका छन् । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार देशभरबाट करिब ५ हजार ६ सय…
काठमाडौं । रास्वपा महाधिवेशनमा सहभागी हुनका लागि करिब ४ हजार प्रतिनिधिले सहभागीता शुल्क बुझाएका छन् । रास्वपाले प्रति प्रतिनिधि ५ हजार शुल्क तोकेको छ । महाधिवेशनको पूर्वसन्ध्यामा उपसमिति संयोजक लिमा अधिकारीले यसबारे केन्द्रीय समिति बैठकलाई जानकारी गराएको प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार ३ हजार ९९० प्रतिनिधिले सहभागीता शुल्क बुझाइसकेका छन् ।