Skip to main content

नयाँ तृष्णा

धादिङमा इसाई समुदायको धार्मिक प्रतीक क्रस तोडफोड, निष्पक्ष छानबिन र कारबाहीको माग

[adsforwp id="2511"]

 

धादिङ, चैत १०

धादिङ । धादिङ जिल्लाको रुबीभ्याली गाउँपालिका–१ स्थित प्याल्दोर पिक क्षेत्रमा स्थापना गरिएको इसाई धर्मावलम्बीहरूको आस्थाको प्रतीक फलामे क्रस तोडफोड गरिएको घटनाप्रति विभिन्न संघसंस्थाले गम्भीर ध्यानाकर्षण जनाएका छन्।

धादिङ इसाई समाजले जारी गरेको अनुरोधपत्रमा उल्लेख भएअनुसार उक्त क्रस २०७६ साल असोज १९ गते स्थापना गरिएको थियो। हालै अज्ञात व्यक्तिहरूद्वारा क्रस ढालिएको र फालापारिएको अवस्थामा भेटिएको जनाइएको छ। घटनामा संलग्न व्यक्ति वा समूहको पहिचान अझै खुल्न नसकेको समाजले जनाएको छ।

धादिङ इसाई समाजले घटनाको निष्पक्ष छानबिन गरी दोषी पहिचान गर्न तथा इसाई समुदायलाई उचित न्याय दिलाउन सम्बन्धित निकायहरू—वडा कार्यालय, गाउँपालिका कार्यालय तथा इलाका प्रहरी कार्यालय—समक्ष आग्रह गरेको छ।

यसैबीच, संयुक्त नागरिक पार्टीले पनि घटनाको भर्त्सना गर्दै विज्ञप्ति जारी गरेको छ। पार्टीले नेपालको संविधानले प्रत्याभूत गरेको धार्मिक स्वतन्त्रताको अधिकारमाथि आघात पुग्ने गरी गरिएको यस्तो कार्य अस्वीकार्य रहेको जनाएको छ।

पार्टीका अनुसार नेपालको संविधान २०७२ को धारा २६ ले प्रत्येक नागरिकलाई आफ्नो धर्म वा आस्था अपनाउने, त्यसको अभ्यास गर्ने तथा संरक्षण गर्ने अधिकार सुनिश्चित गरेको छ। कुनै समुदायको धार्मिक आस्था र विश्वासमाथि प्रहार गर्नु तथा धार्मिक संरचना तोडफोड गर्नु संविधान र कानुनविपरीतको कार्य भएको पार्टीको भनाइ छ।

संयुक्त नागरिक पार्टीले घटनामा संलग्न व्यक्तिहरूलाई यथाशीघ्र कानुनी दायरामा ल्याई कारबाही गर्न र पीडित इसाई समुदायलाई न्याय दिलाउन नेपाल सरकार तथा सम्बन्धित निकायसँग माग गरेको छ।

स्थानीयस्तरमा धार्मिक सहिष्णुता, सद्भाव र आपसी सम्मान कायम राख्न सबै पक्षले संयमता अपनाउनुपर्ने आवश्यकता औंल्याउँदै दुवै संस्थाले घटनाको निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न जोड दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एस...
भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा,...
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...
प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...