झापा । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, पीडितको संरक्षण तथा पुनर्स्थापना तथा मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति, २०८२ को प्रभावकारी कार्यान्वयनका विषयमा केन्द्रित अन्तरक्रिया कार्यक्रम शुक्रबार झापाको जिल्ला प्रशासन कार्यालयमा सम्पन्न भएको छ। मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति, झापाको आयोजनामा तथा महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालय र भद्रपुर नगरपालिकाको सहयोग तथा समन्वयमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले गर्नुभएको थियो भने भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा करिब तीन दर्जन सरकारी तथा गैरसरकारी संस्था, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्थानीय…
काठमाडौँ, सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न मिल्ने सेवा सुरु गरेको छ । राष्ट्रिय परिचयत्रप तथा पञ्जीकरण विभागले परीक्षणका रूपमा उक्त सेवा सुरु गरेको हो । विभागको राष्ट्रिय परिचयपत्रसम्बन्धी वेभसाइट https://citizenportal.donidcr.gov.np/ne मार्फत व्यक्तिको फोटो र अनलाइन ‘भेरिफिकेसन’ क्युआर कोडसहितको परिचयपत्र कार्ड डाउनलोड गर्न सकिनेछ । सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत बुँदा नं २ मा ‘विभागको प्रणालीबाट व्यक्तिको फोटो र क्युआर कोडसहितको राष्ट्रिय परिचयपत्र कार्ड सम्बन्धित व्यक्तिले नै डाउनलोड गर्ने प्रणाली निर्माण गर्ने’ उल्लेख थियो । राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त भएका नागरिकले नाम (नेपाली वा अङ्ग्रेजी), जन्ममिति र नागरिकता जारी मिति पेस गरी आफ्नो कार्ड डाउनलोड गर्न सक्ने…
३ असार, काठमाडौं । श्रम संस्कृति पार्टीको निरन्तर विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल भइरहेको थियो । छलफलका क्रममा मन्त्रीहरूले जवाफ दिइरहेका थिए । सो बीचमा श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका सांसद हर्कराज राई साम्पाङले मन्त्रीले जवाफ दिइसकेपछि पनि स्पष्टीकरण सोध्ने प्रयास गरेका थिए । तर, उनलाई सभामुख डोलप्रसाद अर्यालले रोके । यद्यपि श्रम संस्कृति पार्टीका सांसदहरूले भने वेल घेराउ गरे । त्यसपछि सभामुख अर्यालले कर्तव्य पालना गर्न सचेत गराए । ‘सभामुखको आदेशको पालना गर्नुपर्ने सबै माननीय सदस्यहरूको कर्तव्य हो । कर्तव्य पालना गर्नका लागि श्रम संस्कृति पार्टीका…
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि ५०० रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकले नयाँ नोटका संकेत नम्बर तथा सुरक्षण विशेषता समेत सार्वजनिक गरेको छ। राष्ट्रबैंकका अनुसार आजदेखि चलचल्तीमा आउने ५०० रुपैयाँका नोटको अगाडिपट्टि पाँच विशेषता रहनेछन्। १. नोटको मध्य खण्डमा प्रतिज्ञामूलक वाक्यांश राखिएको छ, ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५०० रुपैयाँ पाँच सय तुरुन्त पाइनेछ।’ २. नोटको बायाँतर्फ सगरमाथा हिमालको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको तल्लो खण्डमा सिरिज नम्बर ‘विक्रम सम्वत २०८२’ लेखिएको छ। पानीछापको बायाँतर्फ फरक क्षमता भएका (दृष्टिबिहीन) हरुले स्पर्श…
मोरङ । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८३÷०८४का लागि ४० अर्ब ४४ करोडको बजेट सार्वजनिक गरेको छ। सोमबार प्रदेशसभा बैठकमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले ४० अर्ब ४४ करोड ५८ लाखको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्। जसमा चालुतर्फ १३ अर्ब ९७ करोड ६३ लाख र पुँजीगततर्फ २० अर्ब ७५ करोड ९९ लाख बजेट विनियोजन गरिएको छ। यस्तै वित्तीय व्यवस्थापनतर्फ १५ करोड र स्थानियतह वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब ५६ करोड ३६ लाख बजेट विनियोजन गरिएको छ। यस्तै बजेटको स्रोततर्फ प्रदेशसरकारको आन्तरिक स्रोतबाट ५ अर्ब ५० करोड, राजस्व बाँडफाँटबाट १२ अर्ब ८७ करोड र वित्तीय समानीकरणबाट…
मेचीनगर । श्रम संस्कृती पार्टीले झापाको मेचीनगर नगरपालिका वडा नं. ६ मा नयाँ वडा समिति गठन गरेको छ। पार्टीको संगठन विस्तार तथा स्थानीय स्तरमा गतिविधि सशक्त बनाउने उद्देश्यका साथ गठन गरिएको समितिको अध्यक्षमा जनक बस्नेत चयन भएका छन्। समितिको उपाध्यक्षमा लक्ष्मी सुब्बा, राजेन्द्र लगुङ र पवित्र राई चयन भएका छन् भने कोषाध्यक्षको जिम्मेवारी अञ्जिता राईलाई दिइएको छ। त्यसैगरी सचिवमा तरुण राई र सह–सचिवमा निनम राई चयन भएका छन्। समितिका सदस्यहरूमा दिलिप पौडेल, कर्म तामाङ, रेनु राई, नवदीप आङ्देम्बे, पूजा राई तथा पेम्बा शेर्पा रहेका छन्। नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै पार्टीका नेताहरूले वडा तहबाट संगठनलाई थप मजबुत बनाउँदै…
काठमाडौं । विश्व फुटबलकै महाकुम्भ मानिने फिफा विश्वकप– २०२६ को ऐतिहासिक र भव्य शंखनाद आजबाट उत्तर अमेरिकामा हुँदैछ । पहिलोपटक कुल ४८ राष्ट्रहरूले आफ्नो देशको झण्डा र सपना बोकेर मैदानमा उत्रिन लागेको यसपटकको विश्वकप फुटबल इतिहासकै सबैभन्दा विशेष र कीर्तिमानी बन्ने भएको छ । अमेरिका, क्यानाडा र मेक्सिकोको संयुक्त आतिथ्यतामा आयोजना हुन लागेको यो ‘मेगा इभेन्ट’ केवल खेलमात्र नभई इतिहासकै सबैभन्दा विशाल महोत्सव बन्ने निश्चित छ । विगतको तुलनामा थप १६ टोलीहरू थपिँदै कुल १ सय ४ खेलहरूको रोमाञ्चक भिडन्त हुने यो प्रतियोगिताले विश्वकपको इतिहासमै नयाँ रेकर्ड कायम गर्नेछ । सन् १९९४ को आयोजक अमेरिका र दुईपटकको अनुभवी आयोजक…
२७ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्तिमा परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिने सहमतिमा श्रम संस्कृति पार्टीको असहमति जनाएको छ । ‘एउटाले गल्ति गर्छ अर्कोले जवाफ दिने भन्ने हुँदैन’, यस पार्टीका अध्यक्ष हर्क साम्पाङले भने । यही जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा नेपालले समेत भारको जमिन मिचेको भनेर दिएको अभिव्यक्तिमा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका छन् । यही विषयमा परराष्ट्रमन्त्रीले जवाफ दिने गरी संसद्को अवरोध खोल्न अनय विपक्षी दलहरू तयार भएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष राईले आफूहरूको असहमति रहेको बताएका हुन् ।
काठमाडौं । थाइल्याण्डस्थित नेपाली दूतावासले कम्बोडियामा भिसा अवधि समाप्त भएपछि पनि अवैध रूपमा बसोबास गरिरहेका ६६ जना नेपाली नागरिकलाई तत्काल नेपाल फर्किन आग्रह गरेको छ। दूतावासले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित नेपालीहरूलाई कानुनी जटिलतामा पर्नुअघि स्वदेश फर्किन अनुरोध गरेको हो। दूतावासद्वारा जारी सूचनाअनुसार विभिन्न उद्देश्यले कम्बोडिया पुगेका नेपाली नागरिक भिसा अवधि सकिएपछि पनि त्यहाँ बसिरहेको पाइएको छ। उनीहरूलाई स्वदेश फर्काउन कम्बोडिया सरकारले भिसा शुल्क तथा जरिवाना रकम मिनाहा गर्ने विशेष सहजीकरण व्यवस्था गरे पनि हालसम्म उनीहरू सम्पर्कमा नआएको जनाइएको छ। दूतावासले ईमेल, फोन तथा ह्वाट्सएपमार्फत सम्बन्धित व्यक्तिहरूसँग सम्पर्क गर्ने प्रयास गरिए पनि सकारात्मक प्रतिक्रिया नआएको उल्लेख गरेको छ। सूचनामा…