Skip to main content

नयाँ तृष्णा

श्रम संस्कृती पार्टीद्वारा मेचीनगर–६ वडा समिति गठन

[adsforwp id="2511"]

 

मेचीनगर । श्रम संस्कृती पार्टीले झापाको मेचीनगर नगरपालिका वडा नं. ६ मा नयाँ वडा समिति गठन गरेको छ।

पार्टीको संगठन विस्तार तथा स्थानीय स्तरमा गतिविधि सशक्त बनाउने उद्देश्यका साथ गठन गरिएको समितिको अध्यक्षमा जनक बस्नेत चयन भएका छन्।

समितिको उपाध्यक्षमा लक्ष्मी सुब्बा, राजेन्द्र लगुङ र पवित्र राई चयन भएका छन् भने कोषाध्यक्षको जिम्मेवारी अञ्जिता राईलाई दिइएको छ। त्यसैगरी सचिवमा तरुण राई र सह–सचिवमा निनम राई चयन भएका छन्।

समितिका सदस्यहरूमा दिलिप पौडेल, कर्म तामाङ, रेनु राई, नवदीप आङ्देम्बे, पूजा राई तथा पेम्बा शेर्पा रहेका छन्।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै पार्टीका नेताहरूले वडा तहबाट संगठनलाई थप मजबुत बनाउँदै श्रमिक, किसान तथा आम नागरिकका हक–हितका पक्षमा सक्रिय रूपमा काम गर्ने विश्वास व्यक्त गरेका छन्।

पार्टीका अनुसार मेचीनगर–६ वडा समितिले स्थानीय जनतासँग प्रत्यक्ष समन्वय गर्दै संगठन विस्तार, जनचेतनामूलक कार्यक्रम तथा पार्टीका नीति–कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउनेछ।

नवगठित समितिले वडा स्तरमा पार्टीको उपस्थितिलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एस...
भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा,...
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...
प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...