Skip to main content

नयाँ तृष्णा

श्रम संस्कृती पार्टीद्वारा मेचीनगर–६ वडा समिति गठन

[adsforwp id="2511"]

 

मेचीनगर । श्रम संस्कृती पार्टीले झापाको मेचीनगर नगरपालिका वडा नं. ६ मा नयाँ वडा समिति गठन गरेको छ।

पार्टीको संगठन विस्तार तथा स्थानीय स्तरमा गतिविधि सशक्त बनाउने उद्देश्यका साथ गठन गरिएको समितिको अध्यक्षमा जनक बस्नेत चयन भएका छन्।

समितिको उपाध्यक्षमा लक्ष्मी सुब्बा, राजेन्द्र लगुङ र पवित्र राई चयन भएका छन् भने कोषाध्यक्षको जिम्मेवारी अञ्जिता राईलाई दिइएको छ। त्यसैगरी सचिवमा तरुण राई र सह–सचिवमा निनम राई चयन भएका छन्।

समितिका सदस्यहरूमा दिलिप पौडेल, कर्म तामाङ, रेनु राई, नवदीप आङ्देम्बे, पूजा राई तथा पेम्बा शेर्पा रहेका छन्।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै पार्टीका नेताहरूले वडा तहबाट संगठनलाई थप मजबुत बनाउँदै श्रमिक, किसान तथा आम नागरिकका हक–हितका पक्षमा सक्रिय रूपमा काम गर्ने विश्वास व्यक्त गरेका छन्।

पार्टीका अनुसार मेचीनगर–६ वडा समितिले स्थानीय जनतासँग प्रत्यक्ष समन्वय गर्दै संगठन विस्तार, जनचेतनामूलक कार्यक्रम तथा पार्टीका नीति–कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउनेछ।

नवगठित समितिले वडा स्तरमा पार्टीको उपस्थितिलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...