Skip to main content

नयाँ तृष्णा

कम्बोडियामा अवैध बसोबास गरिरहेका ६६ नेपालीलाई तत्काल स्वदेश फर्किन दूतावासको आग्रह

[adsforwp id="2511"]

 

काठमाडौं ।

थाइल्याण्डस्थित नेपाली दूतावासले कम्बोडियामा भिसा अवधि समाप्त भएपछि पनि अवैध रूपमा बसोबास गरिरहेका ६६ जना नेपाली नागरिकलाई तत्काल नेपाल फर्किन आग्रह गरेको छ। दूतावासले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित नेपालीहरूलाई कानुनी जटिलतामा पर्नुअघि स्वदेश फर्किन अनुरोध गरेको हो।

दूतावासद्वारा जारी सूचनाअनुसार विभिन्न उद्देश्यले कम्बोडिया पुगेका नेपाली नागरिक भिसा अवधि सकिएपछि पनि त्यहाँ बसिरहेको पाइएको छ। उनीहरूलाई स्वदेश फर्काउन कम्बोडिया सरकारले भिसा शुल्क तथा जरिवाना रकम मिनाहा गर्ने विशेष सहजीकरण व्यवस्था गरे पनि हालसम्म उनीहरू सम्पर्कमा नआएको जनाइएको छ।

दूतावासले ईमेल, फोन तथा ह्वाट्सएपमार्फत सम्बन्धित व्यक्तिहरूसँग सम्पर्क गर्ने प्रयास गरिए पनि सकारात्मक प्रतिक्रिया नआएको उल्लेख गरेको छ। सूचनामा नामावलीसहित ६६ जना नेपाली नागरिकको विवरण सार्वजनिक गर्दै तत्काल नेपाल फर्किन भनिएको छ।

दूतावासका अनुसार कम्बोडिया सरकारले हालै लागू गरेको कानुनी व्यवस्थाअनुसार भिसा अवधि नाघेर अवैध रूपमा बसोबास गर्ने विदेशी नागरिकलाई कडा कारबाही हुन सक्छ। नयाँ कानुनअनुसार पक्राउ परेमा आर्थिक जरिवानासँगै कारावास सजायसमेत हुन सक्ने चेतावनी दिइएको छ।

सूचनामा उल्लेख भएअनुसार सम्बन्धित नेपाली नागरिकलाई यथाशीघ्र कम्बोडिया छोड्न र नेपाल फर्किन आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ। साथै उनीहरूका परिवारजन, आफन्त तथा चिनजानका व्यक्तिलाई समेत सम्बन्धित व्यक्तिसम्म सूचना पुर्‍याइदिन अनुरोध गरिएको छ।

दूतावासले आगामी दिनमा कानुनी आधारबिना कम्बोडियामा बसोबास गरिरहेका नेपाली नागरिक पक्राउ परेमा त्यहाँको कानुनअनुसार कडा सजाय भोग्नुपर्ने अवस्था आउन सक्ने भएकाले समयमै स्वदेश फर्किन आग्रह गरेको छ।

वैदेशिक रोजगारी, अध्ययन वा अन्य प्रयोजनका लागि विदेश जाने नेपाली नागरिकलाई सम्बन्धित देशको अध्यागमन तथा भिसा नियमको पूर्ण पालना गर्न पनि दूतावासले अनुरोध गरेको छ। दूतावासका अनुसार भिसा अवधि सकिएपछि गैरकानुनी रूपमा बसोबास गर्दा भविष्यमा यात्रा, रोजगारी तथा अन्य कानुनी प्रक्रियामा समेत समस्या आउन सक्छ।

दूतावासले सार्वजनिक गरेको सूचीमा नेपालका विभिन्न जिल्लाका ६६ जना नागरिकको नाम समावेश छ। उनीहरूलाई तत्काल सम्पर्कमा आउन र स्वदेश फर्किने प्रक्रिया अघि बढाउन विशेष आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा,...
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...
प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...
अर्जेन्टिनाको समुद्र सुकेको होइन: भाइरल भिडियोको वास्तविकता के हो ?

अर्जेन्टिनाको समुद्र सुकेको होइन: भाइरल भिडियोको वास्तविकता के हो ?

काठमाडौँ — सामाजिक सञ्जालमा पछिल्लो समय अर्जेन्टिनाको समुद्र अचानक सुकेको, समुद्रको पानी हराएको तथा ठूलो प्राकृतिक विपत्ति आउन ला...