Skip to main content

नयाँ तृष्णा

मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति २०८२ प्रभावकारी कार्यान्वयनमा जोड

[adsforwp id="2511"]

 

झापा । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, पीडितको संरक्षण तथा पुनर्स्थापना तथा मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति, २०८२ को प्रभावकारी कार्यान्वयनका विषयमा केन्द्रित अन्तरक्रिया कार्यक्रम शुक्रबार झापाको जिल्ला प्रशासन कार्यालयमा सम्पन्न भएको छ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति, झापाको आयोजनामा तथा महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालय र भद्रपुर नगरपालिकाको सहयोग तथा समन्वयमा कार्यक्रम सम्पन्न भएको हो।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल

कार्यक्रमको अध्यक्षता झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले गर्नुभएको थियो भने भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा करिब तीन दर्जन सरकारी तथा गैरसरकारी संस्था, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्थानीय तह तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। नव अभियान नेपाल, माइती नेपाल, आफन्त नेपाल तथा असल मित्र नेपाललगायत संस्थाका प्रतिनिधिहरूले पनि कार्यक्रममा सहभागिता जनाएका थिए।

अन्तरक्रियाका क्रममा मानव बेचबिखन तथा ओसारपसारका वर्तमान चुनौती, रोकथामका उपाय, पीडितको उद्धार, संरक्षण तथा पुनर्स्थापनासम्बन्धी विषयमा विस्तृत छलफल गरिएको थियो। साथै, मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति, २०८२ लाई स्थानीय तहदेखि प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक समन्वय, साझेदारी र संस्थागत सहकार्यका विषयमा सहभागीहरूले सुझाव दिएका थिए।

सहभागीहरूले मानव बेचबिखन नियन्त्रणका लागि सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय तह तथा नागरिक समाजबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै नीतिका उद्देश्यहरू व्यवहारमा उतार्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमले मानव बेचबिखन विरुद्धको अभियानलाई अझ प्रभावकारी बनाउने तथा सरोकारवाला निकायहरूबीच समन्वय र सहकार्य अभिवृद्धि गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एस...
भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा,...
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...
प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...