Skip to main content

नयाँ तृष्णा

कोशी प्रदेश सरकारले ल्यायो ४० अर्ब ४४ करोड बजेट

[adsforwp id="2511"]

मोरङ । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८३÷०८४का लागि ४० अर्ब ४४ करोडको बजेट सार्वजनिक गरेको छ।

सोमबार प्रदेशसभा बैठकमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले ४० अर्ब ४४ करोड ५८ लाखको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।

जसमा चालुतर्फ १३ अर्ब ९७ करोड ६३ लाख र पुँजीगततर्फ २० अर्ब ७५ करोड ९९ लाख बजेट विनियोजन गरिएको छ।

यस्तै वित्तीय व्यवस्थापनतर्फ १५ करोड र स्थानियतह वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब ५६ करोड ३६ लाख बजेट विनियोजन गरिएको छ। यस्तै बजेटको स्रोततर्फ प्रदेशसरकारको आन्तरिक स्रोतबाट ५ अर्ब ५० करोड, राजस्व बाँडफाँटबाट १२ अर्ब ८७ करोड र वित्तीय समानीकरणबाट ९ अर्ब १२ करोड प्राप्त हुने अनुमान गरिएको लिङ्थेपले बताए।

यस्तै सशर्त अनुदानबाट ५ अर्ब ९५ करोड, समपुरकबाट ६४ करोड, विशेष अनुदानबाट ५५ करोड, रोयल्टीबाट ४१ करोड, सोझै नगद भुक्तानीबाट २० करोड र नगद मौज्दातबाट ५ अर्ब प्राप्त हुने अनुमान गरिएको लिंथेपले बताए। कोशी सरकारले ल्याएको बजेटमा पूर्वाधार, स्वास्थ्य, खानेपानीलाई विशेष प्राथमिकतामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...