म्याड्रिड, स्पेन: क्याथोलिक धर्मगुरु पोप लियो चौधौंले आफ्नो सात दिने आधिकारिक स्पेन भ्रमण सुरु गरेका छन्। शनिबार स्पेनको शाही दरबारमा आयोजित विशेष समारोहमा राजा फेलिप छैठौं र रानी लेटिजियाले उनको स्वागत गरे। भ्रमणको सुरुवातमै पोपले स्पेन सरकारको युद्धविरोधी नीति र आप्रवासी (शरणार्थी) हरूप्रति देखाएको सहयोगको प्रशंसा गरे। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले गाजा र इरानका विषयमा इजरायल र अमेरिकाको आलोचना गर्दै आएका छन्। पोपले स्पेनको शान्तिपूर्ण तथा अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्ने नीतिलाई सकारात्मक रूपमा उल्लेख गरे। स्पेनमा आप्रवासीको विषयमा राजनीतिक मतभेद भए पनि पोपले आप्रवासीहरूको पक्षमा बोल्दै उनीहरूलाई सहयोग गर्नुपर्ने आवश्यकता औँल्याए। यस अवसरमा पोपले स्पेनको क्याथोलिक चर्चभित्र भएका यौन…
काठमाडौँ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सरकारले विपक्षलाई निमिटयान्न पार्छु भन्नेतिर लाग्न नहुने बताएकी छन्। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री कार्कीले आफू शक्तिमा आइयो भनेर अर्को पक्षलाई पूरै निमिट्यान्न गराउनेतिर सरकार लाग्न हुने बताएकी हुन्। ‘पोलिटिकल पार्टीहरूको बीच राइवलरी हुन्छ। एक–आपसमा एकले अर्काको खोट देखाउँछन। नदेखाउने होइन। सत्ताधारीको विरुद्धमा प्रतिपक्षले जहिले पनि आवाज उठाउँछ। उसले त्यसका त्रुटीहरू देखाइरहन्छ। तर सभ्य भाषामा भन्ने हो भने त्यो एउटा मार्ग निर्देशन हो,’ कार्कीले भनिन्, ‘यो होइन कि जनताले मत दिएर आएको उसलाई त्यसको खुट्टा तानेर फालेर त्यसलाई ध्वस्त बनाएर त्यो गर्ने होइन।’ उनले प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का…
काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ । बुधबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा सभापति लामिछाने र प्रधानमन्त्री मोदीबिच भेटवार्ता भएको हो । भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत सभापति लामिछानेसँग भेटवार्ता भएको जानकारी दिएका छन् । रातोपाटीबाट,
१८ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि आज भारत प्रस्थान गरेका छन् । भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछाने केहीबेर अघि भारत प्रस्थान गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानसथलमा पत्रकारहरुले उनको प्रतिक्रिया लिन खोजेका थिए । तर लामिछानेले भारतबाट फर्किएपछि कुरा गर्ने भन्दै थप बताएनन् । सभापति लामिछानेसँगै रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, पत्नी निकिता पौडेल र प्रदीप आचार्य रहेका छन् । रास्वपा प्रवक्ता मनिष झाका अनुसार रविले जेठ १८ देखि २२ गते (जुन…
विशेष खोज, – होमराज राई, यो पृथ्वीको सबैभन्दा जिज्ञासु, सबैभन्दा चेतनायुक्त, र सायद सबैभन्दा विरोधाभासी प्राणी मानिस......!, । उसले आफ्नो बुद्धि, कल्पना, विज्ञान र अथाह इच्छाशक्तिको बलमा प्रकृतिलाई चुनौती दियो। उसले अन्धकार चिरेर प्रकाश निकाल्यो। समुद्र चिरेर महादेशहरू जोड्यो। आकाश नाप्यो, चन्द्रमामा पाइला टेक्यो, र अन्तरिक्षको असीम शून्यतामा आफ्नो अस्तित्वको छाप छोड्ने साहस गर्यो। उसले रोगहरूसँग युद्ध गर्यो, समयलाई घडीभित्र बाँध्यो, विद्युत् निर्माण गर्यो, परमाणुको रहस्य चिर्यो, कृत्रिम बुद्धिमत्तालाई जन्म दियो। उसले धर्म निर्माण गर्यो, दर्शन सिर्जना गर्यो, साहित्य लेख्यो, संगीतलाई आत्माको भाषा बनायो, र सभ्यतालाई इतिहासको महानतम उपलब्धिमा रूपान्तरण गर्यो। मानिसले पृथ्वीको स्वरूप नै बदलिदियो। तर एउटा सत्यको स्वरूप भने…
१३ जेष्ठ २०८३, बुधबार, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) प्रतिनिधिसभाको बैठकमा अनुपस्थित भएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्क साम्पाङले संसद् बैठक बहिष्कार गरेका छन् । आफूहरूले निरन्तर प्रधानमन्त्रीको जवाफ खोजिरहेको भन्दै उनले सभामुख डोल प्रसाद अर्यालको ध्यानाकर्षण गरे । सभामुखले हिजो पनि यो विषयमा कुरा भएको बताए । साम्पाङले प्रधानमन्त्री उपस्थित हुनुपर्ने अन्यथा आफूलाई बैठकबाट निकाल्नुपर्ने माग राखे । प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम २ मा प्रधानमन्त्री र मन्त्रीले प्रतिनिधिसभाको बैठकमा उठेका प्रश्नको जवाफ सात दिनभित्र दिनुपर्ने व्यवस्था छ । यसको पालना प्रधानमन्त्रीले नगरेको साम्पाङको भनाइ छ । यस्तोमा बरु आफूलाई नै संसद्…
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभा नियमावलीअनुसार रूलिङ गरेर प्रधानमन्त्री बालेन शाहलाई संसदमा ल्याउन आग्रह गरेका छन्। यदि प्रधानमन्त्रीलाई संसदमा ल्याउन नसक्ने हो भने नियमावलीकै व्यवस्था प्रयोग गरेर आफूलाई संसदबाट निकाल्न उनको आग्रह छ। आज प्रतिनिधि सभा बैठक सुरू भएलगत्तै उनले उठेर पर्चा देखाएका थिए। पछि सभामुख डिपी अर्यालले उनलाई बोल्न समय दिए। साम्पाङले प्रतिनिधि सभा नियमावली १५ को २ अनुसार प्रधानमन्त्रीलाई संसद आउन रूलिङ गर्नुपर्ने माग गरे। यदि रूलिङ नगर्ने हो भने नियमावलीकै ३१ को १ लागू गरेर आफूलाई सदनबाट बाहिर निकाल्ने आदेश दिनुपर्ने उनको माग थियो। ‘सभामुखले प्रधानमन्त्रीलाई रूलिङ गरेर ल्याउन सक्नु भएको…
१३ जेष्ठ २०८३, बुधबार, एजेन्सी । इजरायली सेनाले दक्षिण लेबनानका विभिन्न क्षेत्रममा हवाई आक्रमण गर्दा ३१ जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै अल जजीरा अरबीले मंगलबार भएकाे साेही आक्रमणमा परी अन्य ४० जना घाइते भएकाे जनाएकाे हाे । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार इजरायली सेनाले दक्षिण लेबनानका बुर्ज अल–शमाली, कोथरियात अल–रुज, हबुस, मारका र साला लगायतका सहर तथा गाउँहरूलाई निशाना बनाएर शृङ्खलाबद्ध रुपमा सैन्य आक्रमण गरेको थियो । विभिन्न स्थानमा गरिएका यी हवाई प्रहारका कारण ठूलो संख्यामा मानवीय क्षति भएको मन्त्रालयले जनाएकाे छ ।
९ जेष्ठ २०८३, शनिबार , अमेरिकाले ‘ग्रीन कार्ड’ प्राप्त गर्न चाहने विदेशी नागरिकका लागि आप्रवासन नियम थप कडा बनाएको छ। अब अमेरिकाभित्र अस्थायी रूपमा बसिरहेका विदेशी नागरिकले ‘ग्रीन कार्ड’का लागि आवेदन दिन आफ्नै देश फर्किनुपर्ने नीति लागू गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (युएससिआईएस) ले शुक्रबार नयाँ नीति सार्वजनिक गर्दै अमेरिकाभित्रबाटै बसाइँ स्थिति परिवर्तन गरेर स्थायी बसोबास अनुमति लिन नपाइने स्पष्ट पारेको हो। अमेरिकी गृह सुरक्षा विभागका अनुसार अस्थायी रूपमा अमेरिकामा रहेका विदेशी नागरिकले ‘ग्रीन कार्ड’ लिन आफ्नै देश फर्केर दूतावासमार्फत आवेदन दिनुपर्नेछ। विभागले यसलाई आप्रवासन कानुनको सही कार्यान्वयन भनेको छ। यसले ‘लुपहोल’ प्रयोग गरेर…
काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज सम्पन्न खेलमा नेपालले अमेरिकालाई १२२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा ३१८ रनको लक्ष्य पछ्याएको अमेरिका ४१ दशमलव दुई ओभरमा १९५ रन बनाउँदा अलआउट भयो । अमेरिकालाई अलआउट गर्ने क्रममा सन्दीप लामिछानेले तीन विकेट लिए । साथै ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र गुल्शन झाले दुई÷दुई विकेट लिए भने सोमपाल कामीले एक विकेट हात पारे । अमेरिकाका लागि सञ्जय कृष्णमूर्तीले सर्वाधिक ५६ रन बनाए । साथै नोथुष केन्जिगेले २९, शयान जहाङ्गिरले २७, शेहान जयसूर्याले २६, कप्तान शैतेजा मुक्कामुल्लाले २२ रनको योगदान दिए…