Skip to main content

नयाँ तृष्णा

सभामुखलाई साम्पाङले भने- कि प्रधानमन्त्रीलाई संसदमा ल्याउनुस्, कि मलाई निकाल्नुस्

[adsforwp id="2511"]

 

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभा नियमावलीअनुसार रूलिङ गरेर प्रधानमन्त्री बालेन शाहलाई संसदमा ल्याउन आग्रह गरेका छन्।

यदि प्रधानमन्त्रीलाई संसदमा ल्याउन नसक्ने हो भने नियमावलीकै व्यवस्था प्रयोग गरेर आफूलाई संसदबाट निकाल्न उनको आग्रह छ। आज प्रतिनिधि सभा बैठक सुरू भएलगत्तै उनले उठेर पर्चा देखाएका थिए।

पछि सभामुख डिपी अर्यालले उनलाई बोल्न समय दिए।

साम्पाङले प्रतिनिधि सभा नियमावली १५ को २ अनुसार प्रधानमन्त्रीलाई संसद आउन रूलिङ गर्नुपर्ने माग गरे। यदि रूलिङ नगर्ने हो भने नियमावलीकै ३१ को १ लागू गरेर आफूलाई सदनबाट बाहिर निकाल्ने आदेश दिनुपर्ने उनको माग थियो।

‘सभामुखले प्रधानमन्त्रीलाई रूलिङ गरेर ल्याउन सक्नु भएको छैन। नियमावलीको १५ को २ अनुसार प्रधानमन्त्रीलाई सदनमा जबाफदेही बनाएर ल्याउन सक्नुहुन्न भने ३१ को १ लागू गरेर मलाई यो सदनबाट निस्कासन गरेर यो सदनको गरिमा बढाइदिनू। निस्कासनको आदेश दिनुपर्‍यो,’ उनले भने।

सभामुख अर्यालले यस विषयमा हिजो पनि आफूले सदनमा जानकारी गराएको बताएका थिए।

‘संविधान, नियमावली र अभ्यास हेर्दा हलबाट सभामुखलाई रूलिङ गर्न निर्देशन दिने अभ्यास छ जस्तो लाग्दैन,’ सभामुखको भनाइ छ, ‘सभामुखले उचित ठानेमा त्यसको निर्णय लिने सभामुखको जिम्मेवारी होला।’

साम्पाङले नियमावली ३१ को १ लागू गर्न नसक्ने हो भने आफै सदनबाट निस्केर जाने भन्दै बैठक कक्षबाट बाहिर निस्केका छन्। ‘सभामुखले मलाई र प्रधानमन्त्रीलाई रूलिङ गर्न नसक्ने हो भने हार्दिक शुभकामना छ, म निस्किएँ है त,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...