Skip to main content

नयाँ तृष्णा

प्रधानमन्त्री बालेन नदेखेपछि हर्कले गरे संसद् बैठक बहिष्कार

[adsforwp id="2511"]

१३ जेष्ठ २०८३, बुधबार,

काठमाडौं ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) प्रतिनिधिसभाको बैठकमा अनुपस्थित भएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्क साम्पाङले संसद् बैठक बहिष्कार गरेका छन् ।

आफूहरूले निरन्तर प्रधानमन्त्रीको जवाफ खोजिरहेको भन्दै उनले सभामुख डोल प्रसाद अर्यालको ध्यानाकर्षण गरे । सभामुखले हिजो पनि यो विषयमा कुरा भएको बताए ।

साम्पाङले प्रधानमन्त्री उपस्थित हुनुपर्ने अन्यथा आफूलाई बैठकबाट निकाल्नुपर्ने माग राखे ।

प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम २ मा प्रधानमन्त्री र मन्त्रीले प्रतिनिधिसभाको बैठकमा उठेका प्रश्नको जवाफ सात दिनभित्र दिनुपर्ने व्यवस्था छ । यसको पालना प्रधानमन्त्रीले नगरेको साम्पाङको भनाइ छ ।

यस्तोमा बरु आफूलाई नै संसद् बैठकबाट निकाल्न उनले सभामुखलाई आग्रह गरे । केहीबेर सवालजवाफ भएपछि साम्पाङ बैठक कक्षबाट निस्किए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...
प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...
अर्जेन्टिनाको समुद्र सुकेको होइन: भाइरल भिडियोको वास्तविकता के हो ?

अर्जेन्टिनाको समुद्र सुकेको होइन: भाइरल भिडियोको वास्तविकता के हो ?

काठमाडौँ — सामाजिक सञ्जालमा पछिल्लो समय अर्जेन्टिनाको समुद्र अचानक सुकेको, समुद्रको पानी हराएको तथा ठूलो प्राकृतिक विपत्ति आउन ला...
किरात राई यायोक्खा झापाको अध्यक्षमा गणेशबहादुर राई पुनः निर्वाचित

किरात राई यायोक्खा झापाको अध्यक्षमा गणेशबहादुर राई पुनः निर्वाचित

बिर्तामोड । किरात राई यायोक्खा झापाको नवौँ जिल्ला अधिवेशनबाट गणेशबहादुर राई पुनः अध्यक्षमा निर्वाचित हुनुभएको छ। अधिवेशनले राईको ...