Skip to main content

नयाँ तृष्णा

महिला प्रहरीमाथि हातपात गर्ने युवकलाई पाँच दिन हिरासतमा राख्न अनुमति

[adsforwp id="2511"]

९ भाद्र २०८३, मंगलवार,

काठमाडौं ।

महिला प्रहरीमाथि गालीगलौज तथा हातपात गरेको आरोपमा पक्राउ परेका एक युवकलाई पाँच दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ।

काठमाडौंको नयाँ बानेश्वरमा मंगलबार बिहान आकाशेपुल प्रयोग गरी बाटो काट्न आग्रह गर्दा पैदलयात्री राज कठायतले प्रहरीसँग विवाद गरेका थिए। सो क्रममा उनले गालीगलौज गर्नुका साथै महिला प्रहरीमाथि हातपात गरेको प्रहरीले जनाएको छ।

घटनालगत्तै प्रहरीले कठायतलाई नियन्त्रणमा लिएको थियो। उनीमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच दिनको म्याद थप गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाले जानकारी दिए।

प्रहरीका अनुसार कठायतमाथि दुईवटा कसुरमा अनुसन्धान भइरहेको छ। राष्ट्रसेवकलाई काममा बाधा पुर्‍याएको तथा अभद्र व्यवहार गरेको आरोपमा उनीमाथि अनुसन्धान अघि बढाइएको एसपी थापाले बताए।

जुम्लाको तातोपानी गाउँपालिका–२ स्थायी ठेगाना भएका २७ वर्षीय कठायत हाल काठमाडौं महानगरपालिका–३१ मा बस्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एस...
भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा,...
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...
प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...