Skip to main content

नयाँ तृष्णा

भोटेकोशी बाढी : मृतकको सङ्ख्या ७८८ पुग्यो, अझै २,५०० जना सम्पर्कविहीन

[adsforwp id="2511"]

१४ भाद्र २०८३, आईतवार ,

काठमाडौं।

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि हालसम्म ७८८ जनाको ज्यान गएको छ। नेपाल प्रहरीले आइतबार दिउँसो ३ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै विभिन्न आठ जिल्लाबाट ७८८ जनाको शव फेला परेको जनाएको हो।

प्रहरीका अनुसार रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, चितवनमा २६४, तनहुँमा ३७, नवलपरासी पूर्वमा १९४ र नवलपरासी पश्चिममा १२० जनाको मृत्यु भएको छ।

यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्पछि अझै झन्डै २ हजार ५०० जना सम्पर्कविहीन रहेका छन्।

प्राधिकरणका अनुसार हालसम्म ८ हजार ७३० जनाको उद्धार गरिएको छ। उद्धार तथा खोजी कार्यलाई थप तीव्र बनाइएको जनाइएको छ।

विपद्का कारण विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ भने प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनर्स्थापनाको काम जारी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा,...
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...
प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...
अर्जेन्टिनाको समुद्र सुकेको होइन: भाइरल भिडियोको वास्तविकता के हो ?

अर्जेन्टिनाको समुद्र सुकेको होइन: भाइरल भिडियोको वास्तविकता के हो ?

काठमाडौँ — सामाजिक सञ्जालमा पछिल्लो समय अर्जेन्टिनाको समुद्र अचानक सुकेको, समुद्रको पानी हराएको तथा ठूलो प्राकृतिक विपत्ति आउन ला...